×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

बार्सिलोना जान मेसी दोधारमा

२४ आश्विन २०८१

२४ असोज , एजेन्सी ।
स्पेनिस महारथी क्लब बार्सिलोनाले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई सधैंभरि आफूसँगै राख्न चाह्यो । सन् २००५ देखि सन् २०२१ सम्म १६ वर्ष क्याप नोउबाट खेलेका मेसी पनि बार्सिलोना छोड्ने मनसायमा थिएनन् । तर, परिस्थितिले मेसीलाई बार्सिलोनासँग छुट्टाएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पु¥यायो ।

बार्सिलोनाबाट बिदा हुँदै गर्दा गहभरि आँशु पारेका मेसी परिवारलाई लिएर फ्रान्सको राजधानी पेरिस पुगेका थिए । क्लबको आर्थिक समस्याले गर्दा तीन वर्षअघि उनलाई स्पेन छोडेर बाहिर जान बाध्य पारेको थियो। पेरिसमा पूर्वसहकर्मी नेयमार जुनियर तथा विश्वकप विजेता किलियन एम्बाप्पेसहित मैदान उत्रिने गरेका मेसी त्यहाँ पनि लामो समय टिक्न सकेनन् ।

Advertisement

दुई वर्षमै मेसीले पेरिसबाट बिदाइको हात हल्लाए । पिएसजीबाट पनि बिदा भएका उनी अमेरिकी क्लब इन्टर मियामीका लागि व्यवसायिक फुटबल खेलिरहेका छन् । यति हुँदाहुँदै पनि मेसीसँगको पुनर्मिलनको आशा बार्सिलोनाले कहिल्यै त्यागेको छैन ।

र, यसबीचमा सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसीलाई आगामी महिना डाक्ने भएको छ । ३७ वर्षीय मेसीलाई आगामी नोभेम्बर महिनाका लागि बार्सिलोनाले बोलाउन आँटेको हो । यो निमन्त्रणा खेलाडी टोलीमा सामेल हुन होइन।

स्पेनको रिलेभोको एक रिपोर्टअनुसार, मेसीलाई क्लबको १२५औं वार्षिकोत्सव मनाउन नोभेम्बरको अन्त्यमा बार्सिलोनामा फर्कन निमन्त्रणा दिइनेछ। क्याटालन्सले क्लबले आफ्नो स्थापनाको १२५औं वार्षिकोत्सव मनाउन नोभेम्बर २९ मा एक कार्यक्रमको आयोजना गर्दैछ।

जसमा मेसीसहित अरू दिग्गज खेलाडीहरूलाई क्लबको इतिहासमा उनीहरूको योगदानस्वरूप बोलाइन आँटिएको हो । तर, मेसी बार्सिलोना फर्किने विषयमा भने दोधारमा छन् । किनकि, यसै मिति इन्टर मियामीको एमएलएस कप प्लेअफ अभियानको बीचमा पर्छ, जसले मेसीलाई एमएलएस कप फाइनलको एक हप्ताअघि युरोप जान र फर्कन असम्भव बनाउन सक्छ।

तथापि, व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने दिग्गजहरूलाई बार्सिलोनाको वार्षिकोत्सव समारोहमा बजाइने भिडियो सन्देशहरू रेकर्ड गर्न अझै पनि निमन्त्रणा दिइनेछ।आगामी हप्ताचारवटा प्लेअफको जितले २०२४ सपोर्टर्स शिल्ड विजेता इन्टर मियामीपहिलो पटक एमएलएस कप उचाल्नेयोजनामा छ ।

बार्सिलोनाको जुनियर क्लबदेखि नै स्पेन बसेका उनले क्याटलान क्लबका लागि सबै प्रतियोगिता मिलाएर ७७८ खेल खेल्दा ६७२ गोल गरेका छन्, जुन क्लबको इतिहासमा सर्वाधिक हो।उनले बार्सिलोनामा रहँदा ३०३ गोलमा पास मिलाएका छन्, यो पनि क्लबको रेकर्ड हो।

मेसीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जिते भने चार पटक च्याम्पियन्स लिग जिते । स्पेनमै रहँदा मेसीले ६ पटक बालोन डि’ओर जितेका थिए भने ६ पटक युरोपियन गोल्डेन ‘शु’ जिते । सन् २०११–१२ को सिजन ५० गोल गरेर उनी एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका थिए ।

सन् २०१२ मै एक क्यालेन्डर वर्षमा ९१ गोल गरेर उनी सर्वाधिक गोलकर्ता बने । मेसीको नेतृत्वमा बार्सिलोना विश्वकै सर्वश्रेष्ठ क्लबहरूमध्ये एक बनेको थियो भने उनको खेल शैलीले बार्साको ‘टिकि–टाका’ फुटबल प्रणालीलाई परिभाषित गर्न मद्दत गरेको थियो ।

मेसीको बार्सिलोनामा बिताएको वर्षहरूले क्लबको इतिहासमा एक स्वर्ण युगको प्रतिनिधित्व गर्छ। मेसीको प्रभाव केवल तथ्यांकमा मात्र सीमित छैन, उनले क्लबको पहिचान र खेल दर्शनलाई आकार दिन महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top