×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘भाटभटेनीले एमाले कार्यालय बनाउनु आत्मघाती’

२८ आश्विन २०८१

२८ असोज,काठमाण्डौ।

सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुरमा बनाउने पार्टी कार्यालयको निर्माण विवादमा परेको छ । भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने गरी शिलान्यास गरिएपछि एमालेभित्रैबाट यसको विरोध सुरु भएको छ ।

Advertisement
Advertisement

स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने भनी गरिएको शिलान्यासले साढे ५ लाख सदस्यको शिर झुकाएको भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेकी छन् ।

कीर्तिपुरमा एमाले केन्द्रीय कार्यालय भवन व्यवसायीबाट निर्माण गराउने कुरा भविष्यमा पार्टीका लागि आत्मघाती हुने उनले चेतावनी समेत दिएकी छन् । उनले पार्टीमा छलफल, निर्णय नभएको र जानकारी समेत नभई गरिएको यो कार्यले २८ लाख एमालेका मतदाताको समेत अपमान भएको बताएकी छन् ।

सामाजिक संजालमा पाण्डेले भनेकी छन्, साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौँ ।

एमाले कार्यालयका लागि जग्गा उपलब्ध गराएका गुरुङले नै एक वर्षभित्र भवन बनाएर हस्तान्तरण गर्ने भनिएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ ।

एमाले पार्टी कार्यालय बन्ने सो जग्गा भने भाटभटेनीका संचालनक मीनबहादुर गुरुङले दान दिएका हुन् । कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताएका छन् ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

यसअघि नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने गतवर्ष नै निर्णय गरेको थियो । महासचिव शंकर पोखरेलले नै ‘पार्टी सदस्यहरुबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने बताएका थिए । संगठन विभागका अनुसार एमालेको संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्।

तर अहिले मीनबहादुरले नै कार्यालय बनाइदिने भएपछि यसको विरोध भइरहेको छ । सरकार संचालन गरिरहेको पार्टीले नाफामुलक ब्यापारिक घराना त्यो पनि विगतमा बालुवाटार जग्गा प्रकरणमा जोडिएका ब्यक्तिको उपहारस्वरुप पार्टी कार्यालय निर्माण हुनुलाई धेरैले नैतिक प्रश्नका रुपमा उठाउदै विरोध जनाउदै आएका छन् ।

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त तुल्याएपछि एमाले भाडाको घरमा बस्दै आएको छ। यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।

सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो।

अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ। केन्द्रीय कार्यालय चाहिँ त्यहाँबाट सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पु¥याइएको थियो। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो।

यद्यपि यो पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भोगचलन दिएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो। भूकम्पले भत्काएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो।

त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष र माधव कुमार नेपाल महासचिव थिए। दुवै जना प्रधानमन्त्री र परराष्ट्रमन्त्री भएर सरकारमा गएकाबेला वामदेव गौतम कार्यवाहक महासचिव थिए। उनैको नेतृत्वमा त्यो भवन बनेको थियो। बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गा रहेको एमालेले बताएको छ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top