निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य

कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ ।

ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।

घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धान प्रगति शून्य जस्तै छ ।

Advertisement

‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन’, कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले भन्नुभयो– ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन।’ उहाँले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गर्नुभयो ।

अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोलीले पनि सघाइरहेको छ ।गत भदौ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धीरु बस्नेतको संयोजकत्वमा समिति पुनर्गठन गरी फेरि अनुसन्धानका लागि कञ्चनपुरमा रहेको छ ।

Advertisement

तर यो समितिले पनि अहिलेसम्म ठोस प्रमाण पनि जुटाउन सकेको छैन । प्रहरीले हत्याराको कुनै सुइँको पाउन सकेको छैन ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top