×

NEPAL TIMES UPDATES

Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026

चीन र इजरेलबीचको सम्बन्ध किन तितो हुँदैछ ?

२० कार्तिक २०८१

२० कार्तिक , विराटनगर।

सुपरपावर अमेरिकाको सुरक्षा कवचभित्र रहेर इजरायल यतिबेला सात मोर्चाहरुमा युद्ध लडिरहेको छ । गाजामा हमासविरुद्ध युद्धको घोषणादेखि नै मिडिल–ईस्टका कयौं देशहरु खुलेर बेंजामिन नेतन्याहूविरुद्ध अगाडि नआएपनि प्यालेस्टाइनी र लेबनानीहरुका लागि आवाज उठाइरहेका छन् ।

Advertisement
Advertisement

अब इरान र इजरायलबीच सिधा युद्ध सुरु हुने सम्भावना बढेका बेला अमेरिका त इजरायलको साथैमा छ अर्को महाशक्ति रुसले पनि आफ्नो कित्ताकाट गरेको छ । उ खुलेर इरानको पक्षमा छ। यस्तोमा महाशक्ति चीन भने अहिलेसम्म न्यूट्रल देखिएको छ, यद्यपि उसले प्लालेस्टानीहरुको ज्यान गइरहेकोमा आपत्ति जनाउँदै युद्ध अन्त्य गरिनुपर्ने बताएको छ ।

अमेरिका र रुसले कित्ताकाट गर्दा चीन र भारतजस्ता देशहरु भने अलग्गैजस्ता देखिएका छन् । यस्तोमा विशेषगरी चीनले इजरायलसंगको आफ्नो सम्बन्धलाई सुधार्न खासै महत्व नदिएको टिप्पणी भइरहेको छ । जबकी विश्वभरका देशहरुमा आर्थिक रूपले चीनमा निर्भर रहने र सुरक्षकालागि अमेरिकातर्फ हेरिने चलन बढीरहेको छ ।

यो स्थितिले कयौं देशहरुलाई एउटा कठिन अवस्थामा पारिदिएको छ । जहाँ उनीहरुले चीन वा अमेरिका बीच कुनै एकलाई चयन गर्नुपर्ने मुश्किल अवसरको सामना गर्नु परेको छ । यद्यपि, इजराइल यो क्याटागोरीमा आउँदैन ।

इजरायल, जो शत्रुहरुले भरिएको छिमेकी देशहरुले घेरिएको छ, आफ्नो राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिन्छ, जसको मतलब हो, उ सम्पूर्णरुपले अमेरिकामा निर्भर छ । यस्तै चीनका लागि अहिले नै मिडिल–ईस्टमा अमेरिकाको स्थान लिन सहज छैन ।

यद्यपि, पछिल्लो समय यहाँका देशहरुमा लगानी बढाएर र इरान र साउदी अरबबीचमा लामो समयदेखि तिक्त रहेको सम्बन्ध सुधार्न भने चीनले राम्रो भूमिका खेल्यो । खाडीका देशहरु र इरानसंग उसले सम्बन्ध सुधार्दै लगेको छ ।

उसको पछिल्लो भूमिकाले मध्यपूर्वमा चीनले आफ्नो पकड बढाउन खोजेको पनि देखिन्छ । तर अमेरिकाको इजरायलका लागि सिधा समर्थन उनीहरुको ‘विशेष सम्बन्ध’ को उपज हो, जबकि चीनसंग यस्तो कुनै “विशेष सम्बन्ध” छैन ।

तुलनात्मकरुपमा सम्भवतः इरानसंगको निकटताले पनि इजरायलको समर्थनमा अहिले चीन नदेखिएको हो । यद्यपि, चीन मिडिल–ईस्टमा एक नडुब्ने खालको एयरक्राफ्ट क्यारियर राख्न चाहान्छ। तर यो बेजिंगको प्राथमिकताहरुमा अलि तलै छ ।

खासमा अहिले चीनको ध्यान पूर्वी एशिया नै छ, विशेष गरेर ताइवानलाई फिर्ता लिनका लागि, जसलाई उसले एक विद्रोही प्रान्त मान्दछ । र टापुलाई चीनको मुख्य भूमिमा जोड्नले प्रयास गरिरहेको छ । भू–राजनीतिका अलावा, यो पनि तथ्य हो कि चीनको पोलिटिकल सिस्टम र त्यहाँ यहूदी प्रवासीहरुको कमीका कारण, चीन इजरायलीहरुका लागि खासै संवेदनशील नभएको एकथरीको विश्लेषण छ ।

केहीगरी चीन इजरायलको समर्थनका लागि तयार भयो भने पनि उ त्यसो गर्ने स्थितिमा छैन । किनभने २०१२ मा अमेरिकाको एशियातर्फको झुकावपछि चीनमाथि भू–राजनीतिक दबाव थप बढेको छ ।हिन्द–प्रशान्त वा एसिया प्रशान्तमा चीनलाई रोक्नकालागि अमेरिका, जापान, भारत र अस्ट्रेलिया एकजुट भएका छन् ।

यसको परिणामस्वरूप, संख्याको मामिलामा विश्वको सबैभन्दा ठूलो नौसेना भएपनि, चीन अहिले पनि समुन्द्रमा आफ्नो नियन्त्रण कायम गर्नकालागि निकै पर छ र उसको नौसेना पूर्वी एशियामा मात्रै सीमित छ । जबसम्म यो स्थिति बदलिदैन, चीनले आफ्नो ध्यान अन्त लगाउने पनि देखिदैन ।

अर्को, उमाथि देशहरुले आरोप पनि लगाउने गरेका छन् कि चीनले खासै निष्पक्षता पनि देखाउँदैन भनेर । जस्तो गतवर्ष ७ अक्टूबरमा हमासद्वारा इजरायली नागरिकहरुमाथि गरिएको हमलाको बावजूद, चीनले हमासको निंदा गरेको छैन ।

उसले हमासलाई एक आतंकवादी संगठनका रूपमा पनि सम्बोधन गरेको छैन । आजसम्म, चीनले हमासको आलोचना गर्नबाट परै रहेको छ ।“चीन नागरिकहरु विरुद्धको हिंसाको कडा निन्दा गर्छ” जस्ता बयान उसले जारी गर्ने गरेको छ ।

जसले हमासले इजरायलमा गरेको हमलामा नागरिहरु मारिएको मात्रै होइन र इजरायलले गाजामा गरेको हमलामा नागरिकहरुको ज्यान गएको कुराको पनि आलोचना गरेको बुझिन्छ । अर्थात उसले हमास र इजरायल दुवैको आलोचना गर्ने गरेको छ ।

जबकी हमास, जो मुस्लिम ब्रदरहुडको एक शाखा हो, यसलाई अरब देशहरुले खुला हृदयले स्वागत गरेका छैनन् । यस्तोमा चीनले हमासको खुलेर आलोचना नगर्नु पनि छलफलको विषय बन्ने गरेको छ । अर्को यसो गर्नु पछाडी दुई कुरामध्ये एक हुनसक्छ ।

या त चीन अरब देशहरुलाई चिढ्याउन चाहादैन र कुनै जोखिम लिन चाहादैन या, चीनले हमास अरब विश्वमा मात्रै होइन बरु गाजामा पनि अलोकप्रिय रहेकोमा ध्यान दिदैन, जहां उसले युद्ध पहिला शासन गरिरहेको थियो ।

जे कारण भएपनि, अन्त्यमा ७ अक्टूबरको हमलपछि चीनको मौनताले इजरायललाई निकै रुष्ट बनाइदिएको छ । जसले चीन–इजरायल सम्बन्धमा पनि गिरावट आइरहेको छ, जसलाई केहीले अहिलेसम्मकै तल्लो स्तर मानिरहेका छन् ।

यस्तोमा जब चीनले गाजामा इजरायली कारवाहीका लागि सिधा आलोचना गर्न सुरु गर्यो, तर सो दौरान उसले हमासद्वारा गरिएको बर्बरतामा मौनता साध्यो र इजरायलमा भएको हमललाई लिएर हमासको नामसम्म लिएन, यस्तोमा इजरेली अधिकारीहरु भन्छन्, यो स्पष्ट भयो कि चीन अब तटस्थ छैन ।

इजरायलतर्फको यो भनाइले बास्तवमै चीन र इजरायलबीचको सम्बन्ध निकै तल खस्किएको बुझ्न सकिन्छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top