×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

२५ कार्तिक २०८१

२५ कार्तिक , विराटनगर ।

मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ ।

Advertisement

यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालिन शितल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ । मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर माटोबाट निर्मित कलात्मक मूर्तिसहित लोकगीतको भाकामा झुम्मिदा सन्ध्याकालिन शरद ऋतुको शितल वातावरणलाई मनमोहक बनाइरहेको छ ।

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलका चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ ।

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भन्ने गरिन्छ । सामा चकेवामा श्रीमान—श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुँगालाई डढाउने गरिन्छ ।

बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउछन् । यसका साथै आफ्नो भाईको पुरुषार्थको गीतकै माध्यमबाट प्रशंसा समेत गर्ने गर्दछन् । कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छिन् ।

भाईले घुँडामा राखेर सबै मूर्ती तोड्छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाईलाई चिउरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् । यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ ।

सामा चकेवा पर्वलाई भाई बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको छ । पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ ।

यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेसको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको कतिपयको भनाई छ ।

Advertisement

भगवान कृष्णका छोरा साम्ब र छोरी श्यामाबीचको स्नेहको प्रतिकको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्व श्यामा र साम्ब बीचको अगाध स्नेहकै स्मरणमा मिथिलाञ्चलमा मनाइने गरिन्छ । सामा चकेवा पर्वको विषयमा पद्यमपुराण, स्कन्दपुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top