प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

२५ कात्तिक ८१, सोमबार

२६ कार्तिक, काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कडाइ हुँदा सोमबार विराटनगरका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाट विराटनगर हुँदै धरान जाने क्रममा यस्तो अवस्था देखिएको हो ।

आज विहानैदेखि विराटनगरको एयरपोर्ट भित्र जान समेत सर्वसाधारणलाई विगत भन्दा कडाइ गरिएको थियो । एयरपोर्ट बाहिर प्रत्येक मिटरमा जसरी प्रहरी तैनाथ गरिएको थियो । त्यसक्रममा सडकमा रोकिएका सिटी सफारी र एकल सवारी चालकलाई समेत सडकमा नरोकिन प्रहरीले निर्देशन दिइरहेका थिए ।

प्रधानमन्त्री ओली धरान स्थित बिपि कोइराला विज्ञान तथा स्वास्थ्य प्रतिष्ठानमा आयोजना हुन गइरहेको दीक्षान्त समारोहमा सहभागि हुन विराटनगर हुँदै आएका हुन् । सोमबार बुद्ध एयरको विमानमा काठमाडौंबाट विराटनगर आएका प्रधानमन्त्री ओली विराटनगर विमानस्थलमा अवतरण गर्नुभन्दा ४५ मिनेट अगाडिदेखिनै सुरक्षा निकायले विमानस्थल आसपास सुरक्षा व्यवस्थामा कडा गरेका थिए ।

जसका कारण विराटनगरका सडकमा मात्रै होइन् विराटनगरबाट काठमाडौँ उड्ने तयारीका साथ विमानस्थल पुग्न लागेका सर्वसाधारणलाई समेत आधा किलोमिटर टाढा नै आ–आफ्ना सवारी साधनबाट उत्रिएर आफै सामान बोकेर हिँड्दा विमानस्थल पुग्न सास्ती खप्नु प¥यो ।

साना साना बालबालिकासहित काठमाडौं हिडेका आमाहरु समेत सवारीबाट उत्रिएर पैदलै विमानस्थल जान बाध्य भएका थिए । यस विषयमा मोरङ प्रशासनले भने प्रशासनिक कर्तव्य मात्रै पालना गरेको बताएको छ भने कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रधानमन्त्रीको सुरक्षाको विगतकै प्रोटोकल अनुशारै सुरक्षा व्यवस्था अपनाइएको बताएको छ।

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्री ओलीको विरोध हुँदै आएको छ । यो क्रम पछिल्लो समय साफ महिला च्याम्पियनसिपको क्रममा दशरथ रंगशालामा देखिएको थियो । जहाँ प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

नेपालले फाइनलमा बंगलादेशसँग उपाधि भिड्न्तमा हार व्यवहोरेपछि सामाजिक संजालमा समेत प्रधानमन्त्रीमाथि आक्षेप लगाउदै आलोचना भएको थियो । यो घटनामा भने प्रतिपक्ष दल रास्वपाको भूमिका रहेको आक्षेप लागेको छ ।

यसअघि गौरा पर्वको अवसरमा काठमाडौकै टुंडिखेलमा प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिविरुद्ध नाराबाजी भएको थियो । जसको आरोपमा तीन युवालाई पक्राउ गरी ४ दिन हिरासतमाख राखेर ९,९ हजार जरिवानासहित धरौटीमा छाडिएको थियो ।

युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए ।

त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’ विरोधका स्वर र असुरक्षाको डरले प्रधानमन्त्रीलाई नेपालमा मात्रै होइन अमेरिकामा समेत पछ्याएको थियो ।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका क्रममा नेपालीहरुसँगको अन्तरक्रियाको कार्यक्रम असुरक्षाकै कारण स्थगित भएको सूचना त्याहा स्थित नेपाली वाणिज्यदूताबासले नै जारी गरेको थियो ।

यी विरोधका स्वरहरुले प्रधानमन्त्री सहभागि हुने कार्यक्रमहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने गरिएको छ । विरोध हुने डरले नै इन्द्रजात्राको अवसरमा काठमाडौंका मेयर बालेन्द्र शाह बालेनको तस्विर अंकित टिसर्ट लगायका युवाहरुलाई विरोश गर्ने शंकाको घेरामा राखी प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने भन्दै बाहिरने क्रममा अत्यन्त छोटो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीलाई स्वागत गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top