×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रुस–चीनको बीचमा भिलेन बन्दै ट्रम्प

२८ कार्तिक २०८१

२८ कार्तिक , एजेन्सी ।

अमेरिकी चुनाव जितेर दोस्रो पटक राष्ट्रपति बन्न गइरहेका डोनाल्ड ट्रम्पले एक पटक फेरि अन्तर्राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न गराइदिएका छन् । यस पटक उनको मुख्य निशानामा परेको छ, रुस र चीनबीचको बढ्दो निकटता । यदी अमेरिकाले रूस र चीनबीच दरार उत्पन्न गराउन सक्यो भने, यसले अमेरिकालाई विश्व राजनीतिमा फाइदा पुग्ने ट्रम्पको धारणा छ ।

Advertisement
Advertisement

पछिल्लो पटक, डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच फोन कलको खबरहरु आएका थिए । तर क्रेमलिनले यसलाई खारेज गरिदिएको छ । तर वाशिंगटन पोस्टका अनुसार, ट्रम्पले ७ नोभेम्बरमा पुटिनसंग कुरा गरे र उनलाई यूक्रेनमा कुनै पनि प्रकारको हमलामा बृद्धि नगर्न भनेका थिए ।

साथै उनले पुटिनलाई यूरोपमा वाशिंगटनको ठूलो संख्यामा सैन्य उपस्थिति रहेको पनि स्मरण गराएको वाशिंगटन पोष्टले लेखेको थियो । पुटिन, ट्रम्पबीच चाहे फोनवार्ता भएको हो वा होइन, यदी दुईबीच कुनै पनि, भलै अप्रत्यक्ष म्यासेजकै आदनप्रदान भएको भए त त्यसले अमेरिकाको पश्चिमी सहयोगीहरु र रूसको पूर्वी प्रमुख साझेदार चीनका शी जिनपिंगले गंभीरता पूर्वक यसलाई लिएको हुनुपर्छ ।

अहिलेमात्रै होइन गत केही महिनाहरुदेखि नै यस्ता संदेशहरु निकै आदान–प्रदान भएको ठानिएको छ । क्रेमलिनले अस्वीकार गरेपनि पुटिनकोे कथित फोन कलका दिन उनले ब्याक सीको सोची रिसोर्टमा भाल्दाई डिस्कशन क्लब थिंक ट्यांकको वार्षिक बैठकमा एक लामो भाषण दिएका थिए ।

उनको भाषण र पछि दर्शकहरुका प्रश्नमा उनको जवाफ पश्चिम विरोधी थिए, जुन आश्चर्यजनक भने होइन । र उनले आत्मविश्वासका साथ भने कि एक नयाँ विश्व व्यवस्था अब “वास्तविक निर्माणको चरण” मा छ । तर, साथै पुटिनले ट्रम्पको प्रशंसा पनि गर्दै उनलाइ “साहसी व्यक्ति” भने र आफूले ट्रम्पको कुनै पनि प्रस्तावमा विचार गर्ने बताए ।

जसले अमेरिका–रूस सम्बन्धलाई पुनर्बहाली गर्न र यूक्रेनी संकटलाई अन्त्य गर्न काम गर्नेछ । त्यसपछि उनले रूस र चीनबीचको सम्बन्धमा निकै समय कुरा गरे । यहाँ उनको ध्यान नयाँ अमेरिकी राष्ट्रपतिभन्दा धेरै आफ्नो पुराना साथी चिनियाँ राष्ट्रपति शी जिनपिंगमा थियो ।

यसको कारण ट्रम्पको एक संदेशमा लुकेको छ जुन उनले पुटिन र शीलाई दिएका थिए । ट्रम्पले ३१ अक्टूबरमा भएको एक क्याम्पेन ईभेन्टमा टकर कार्लसनसंग भनेका थिए, कि उनी रूस र चीनलाई “अलग” गर्नका लागि काम गर्नेछन् । ट्रम्पले इशारा गरेका थिए कि दुवै “स्वाभाविक दुश्मन” हुन ।

किनभने रूससंग विशाल क्षेत्र छ जसलाई चीन आफ्नो जनसंख्याका लागि चाहान्छ । रूस र चीनबीच साइबेरियामा लामो भूमि सीमामा क्षेत्रीय विवादको इतिहास रहेको छ । यो १९६० कोे दशकमा चीन–सोभियत विभाजनको हिस्सा थियो, जुन १९७० को दशकमा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनका पालामा चीनका साथ अमेरिकाको सम्बन्धको शुरुआतभन्दा पहिला भएको थियो।

निक्सनको विपरीत, ट्रम्पले बेजिंगको साटो मस्कोका साथ अमेरिकाको सम्बन्धलाई फेरि स्थापित गर्ने प्रयास जारी राखेका छन् । अहिलेको अवस्थामा रूस र चीनका बीच यस्तो विभाजनको कल्पना गर्नु मुश्किल छ तर ट्रम्पको रूस र चीनबीच असहमतिको फाइदा उठाउने इच्छालाई पूर्णरुपमा अवास्तविक पनि मान्न सकिदैन ।

अगाडीबाट हेर्दा खेरी पुटिन र शी जिनपिंग एक–अर्काको निकै नजिकै देखिन्छन् । तर रूस र चीनको सम्बन्धको गहिराइमा गएर हेर्ने हो भने थाहा हुन्छ कि यो मुख्य रूपले उनीहरुको वर्तमान नेताहरुका बीचको सम्बन्ध हो र यसमा अन्य गठबंधनहरु जस्तै गहिराइ कै कमी छ ।

रूसमा चीनप्रति जनता र नीति निर्माताहरु दुवैका बीच निकै असन्तुष्टि छ । रुसीहरुलाई मध्य एशियामा चीनको बढ्दो भूमिकालाई लिएर चिन्ता छ र उनीहरु लामो समयदेखि विवादित सीमाहरुमा संभावित झगडाहरुलाई लिएर पनि चिन्तित छन् ।

कयौं मानिसहरु यो कुराले पनि रुष्ट छन् कि अब मस्को बेजिंगको जूनियर पार्टनर बन्न थाल्यो भनेर । यी सबै मुद्दहरु यस्ता हुन सक्छन्, जसको प्रयोग गरेर ट्रंपले रूस र चीनबीच दरार पैदा गर्न सक्छन् । तर धेरै कुराहरु पुटिनले यसमा रूसका लागि फाइदा देख्छन् कि देख्दैनन् भन्ने कुरामा पनि निर्भर रहन्छ ।

पश्चिमी देशहरुले यो कुरामा ध्यान केंद्रित गर्न पर्नेछ कि ट्रंपको यूक्रेन नीति कस्तो हुनेछ र यसको यूक्रेन र पश्चिमी देशहरुमा कस्तो असर पर्नेछ । ट्रंपको रुस–चीनलाई अलग गर्ने यो रणनीतिमा पनि विशेषज्ञहरुको राय पनि बाँझिएको छ ।

केही मान्छन् कि ट्रंपको यो रणनीति सफल हुनसकछ, अन्य केहीको भनाइ छ कि रूस र चीनबीचको सम्बन्ध यति बलियो भइसकेको छ कि त्यसलाई तोड्न मुश्किल हुन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा ट्रंपको यो नयाँ चालले कति उपलब्धि हासिल गर्न त्यो त आउने समयले नै बताउने छ तर एउटा कुरा तय छ कि ट्रंपले एक पटक फेरि सबैको ध्यान आफ्नातर्फ खिचेका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top