चीनले देखायो संसारकै खतरनाक जेट,अन्तरिक्षमा युद्ध लड्न सक्ने

२८ कात्तिक ८१, बिहीबार

२९ कार्तिक , एजेन्सी ।
चीनले हालै झुहाई एयर शोमा आफ्नो नयाँ अत्याधुनिक फाइटर जेटको अनावरण गरेको छ, जसले विश्वको ध्यान आकर्षित गरेको छ। चीनको दाबीअनुसार यो फाइटर जेट सुपरसोनिक गतिमा उडान भर्न सक्षम छ र पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमतासमेत राख्दछ ।

यसलाई “बैदी“ वा “ह्वाइट एंपरर“ नाम दिइएको छ र यो चीनको स्वामित्वमा रहेको एयरोस्पेस तथा रक्षा समूहले तयार गरेको हो । यो जेट हालसम्म केवल एक मोडेलको रूपमा प्रस्तुत गरिएको छ र यसलाई छठौं पुस्ताको फाइटर जेट भनिएको छ।

यो फाइटर जेट चीनको निकट–अंतरिक्ष क्षेत्रमा सैन्यीकरणतर्फको महत्त्वपूर्ण कदमको प्रतीक मानिन्छ। यसको डिजाइन अत्याधुनिक टेक्नोलोजीसँग मेल खान्छ जसमा स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीहरू रहेका छन्।

Advertisement

यसमा हावाबाट जमिनमा हमला गर्न सक्ने शक्तिशाली हतियारहरू, उन्नत ककपिट डिजाइन र अत्याधुनिक एवियोनिक्स प्रणाली पनि छन्। पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औं वार्षिकोत्सवको एक दिनपछि ग्वाङडोङ प्रान्तमा यो एयर शो सुरु गरिएको हो।

यसमा सुपरसोनिक गति र स्टिल्थ क्षमता रहेको छ । यो जेट उच्च गतिमा उड्नसक्छ, साथै दुश्मनको रडारबाट लुक्न पनि सक्षम छ। यस्तै लेजर र माइक्रोवेभ हतियार रहेका छन् । यसमा लेजर र उच्च शक्ति भएका माइक्रोवेभ हतियारहरू छन्, जसले पारम्परिक युद्ध र अन्तरिक्ष युद्धमा समेत हमला गर्न सक्ने क्षमता प्रदान गर्दछ।

Advertisement

अन्तरिक्ष क्षमता यसमा रहेको छ। यो फाइटर जेट पृथ्वीको वायुमण्डल बाहिर पनि सञ्चालन गर्न सक्षम हुने चीनको दाबी छ, जसले अन्तरिक्षीय युद्धमा समेत यसको उपयोग हुनसक्ने देखाउँछ। छठौं पुस्ताका फाइटर जेटहरू अहिले संसारभर विभिन्न देशहरूद्वारा विकास भइरहेका छन्।

चीन र अमेरिका दुबै यस क्षेत्रमा अगाडि बढिरहेका छन्। अमेरिका एसआर ७२ “डार्कस्टार“ परियोजना अन्तर्गत यस्तै क्षमताको जेट विकास गर्दैछ, जसलाई परम्परागत युद्ध र अन्तरिक्षीय सुरक्षा दुवैका लागि उपयोग गर्न सकिन्छ।

चीनसँग हाल पाँचौं पुस्ताका दुई प्रमुख फाइटर जेटहरू छन् जे– २० र जे– ३५। यद्यपि, विशेषज्ञहरूको विचारमा अमेरिकासँगको प्रतिस्पर्धाका लागि चीनले नयाँ प्रविधिहरू विकास गर्न आवश्यक छ।

पीएलएका पूर्व प्रशिक्षक सोंग झोंगपिंगका अनुसार छठौं पुस्ताका फाइटर जेटहरूको मापदण्ड अझै परिभाषित गरिएको छैन, जसका कारण यस प्रकारका विमानलाई पहिलो पटक विकास र तैनाथ गर्ने देशले भविष्यमा नयाँ मानकहरू स्थापित गर्न सक्छन् ।

यस नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठूलो उपलब्धि ल्याउन सक्छ र खास गरी अमेरिका , भारत जस्ता अन्तर्राष्ट्रिय सैन्य प्रतिस्पर्धामा चीनको स्थानलाई बलियो बनाउन सक्ने विश्लेषण गरिएको छ ।

झुहाईमा जारी वार्षिक एयर शोमा रुसी एसयू–५७ फेलान र चाइनिज जे–३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका छन् । दुबै विमान निर्यातको लागि बजारमा छन् र यिनीहरुले अमेरिकी एफ ३५ सँग प्रतिस्पर्धा गर्नेछन् ।

जसले पहिले नै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ र विश्वभरका वायु सेनाहरूको छनौटमा परेकोछ । रुस र चीनबीचको गहिरो सम्बन्धलाई देखाउनकै लागि अर्को देशको एयर शोमा रूसी विमानहरुले भाग लिएको यो पहिलो पटक हो।

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top