×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

ओलीलाई झ्वाक चल्यो, भन्दिए अमेरिकाको बैंकको आधा सम्पत्ति मेरो

७ मंसिर २०८१
७ मंसिर , काठमाण्डौ ।
सरकार संचालन गरिहेको नेकपा एमालेले आज काठमाडौंमा आयोजित जागरण सभाको आयोजना गरी एमालेमाथि उठेका प्रश्नहरुको जवाफ दिएको छ ।  सभाका प्रमुख वक्ता रहेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सरकार, एमाले र ब्यक्तिगत रुपमा प्रधानमन्त्री ओलीमाथि उठेका प्रश्नहरुको जवाफ र्दिका छन् ।
ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।उनले बाहिर तिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे ।
उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु । तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु ।
त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेर बहादुर देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ । जनतालाई म भन्न चाहन्छु यस्ता कुनै भ्रममा नपर्नुहोस् । ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए ।
उनले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको भनाई छ । ओलीले मंसिर १७ गतेमा आफू नेतृत्वको टोली चीन भ्रमणमा निस्किने बताएका छन्।
उनले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने दाबीसमेत गरेका छन्। ‘मैले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने छु। भ्रमण कसरी सफल भयो भन्ने विषय फर्किएपछि थाहा हुनेछ। यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन। देशको भलाइका लागि भ्रमण हो,’ उनले भने।
उनले सत्तारुढ दल काग्रेससँगको विवादमा रहेको बीआरआईका विषयमा समेत  जवाफ दिएका छन् ।  उनले चिनियाँ परियोजना बीरआरआईलाई संकेत गर्दै अहिले देशको अवस्था कसैसँग ऋण लिने अवस्था नरहेको बताए । उनले एमालेमाथि लगाएका आरोपहरु खण्डन गर्न लायकको नरहेको भन्दै जनता भ्रममा नपर्ने बताए ।
ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको  पनि प्रष्ट पारे । उनले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरुलाई भने, ‘तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’
उनले अर्थतन्त्रलाई ध्यस्त बनाएर अराजकता मच्याउने प्रयास भइरहेको बताए ।  सहकारी प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेतर्फ लक्षित गर्दै उनले आफै सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्नै भन्दै कटाक्ष गरे । ओलीकै विरुद्ध कम्बोडियामा  ३२ अर्ब लगानी गरिएको छ भन्ने अफवाह फैलाएको अभियोगमा साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गाप्रसाईका लागि समेत उनले निक्कै समय खर्च गरे ।
उनले ढाटवादलाई लोकप्रियता भन्न नमिल्ने बताए । ट्रकमा थुनेर आगो लगाउने, बैंको ऋण नतिर्ने अराजकता नचल्ने भन्दै आफूले भ्रष्टचारीहरुको अनुहार नहेर्ने दोहोर्याए । कुलमान घिसिङ तर्फ लक्षित गर्दै ओलीले डेडिकेटेड लाइनको पैसा नउठाएर उद्योगको लाइन काट्नु षड्यन्त्र भएको बताए ।
कार्यक्रममा  नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको बताए  । उनले विभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालेले जागरण सभा आयोजना गरेको बताए ।
उनले एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए । सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए ।
त्यसको दोष समेत अहिले एमालेमाथि लगाउने काम भइरहेको पोखरेलले बताए । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराए । एमालेको सभाका कारण आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको थियो ।
Advertisement

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top