मस्कले गरे सिधै ओलीलाई कल, नेपालमा स्टारलिंक नल्याईनछाड्ने

९ मंसिर ,एजेन्सी ।

अमेरिकी डलर खर्बपति एलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्ने वातावरण बनाइदिन निर्णायक पहल गरेको छ । झण्डै २ वर्षदेखि नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक शुरु गर्ने इच्छा देखाइरहेका मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै संवाद गरेका छन् ।

नेपालमा स्टारलिंकले शतप्रतिशत लगानी गर्ने योजना बनाएको छ । तर, यसका लागि नेपालको कानून बाधक रहेको छ । त्यही बाधा फुकाउनका लागि मस्कले सिधै प्रधानमन्त्रीलाई भिडियो कल गरेका छन् । यसको पुष्टि स्वयम प्रधानमन्त्रीले सामाजिक संजालमार्फत गरिसकेका छन् ।

Advertisement

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग संवाद गरेको उनको सचिवालयले जानकारी दिएको छ । कानूनी जटिलता हटाउन स्टारलिंकले अमेरिकी दूतावास मार्फत लबिङ गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच संवाद भएको छ ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनका सबैभन्दा नजिकका किचन क्याबिनेट भित्र रहने मस्कको प्रधानमन्त्री ओलीसँगको संवादले सकारात्मक नतिजा दिने विश्लेषण गरिएको छ । यसअघि नै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै मस्कले अमेरिकी नेतृत्वको आडमा आफ्नो कम्पनीलाई विश्वभर फैलाउन सक्ने विश्लेषण गरिएको थियो ।

यस्तो अवस्थामा स्टारलिंक मस्कको निजी कम्पनी भएपनि कुनैपनि देशका लागि मस्कले गरेको प्रस्ताव अस्वीकार गर्नु अमेरिकी सरकारले गरेको प्रस्ताव अस्वीकार गर्नु जत्तिकै अवस्थामा पुगेको छ । नेपालमा आफ्नो बजारविस्तारका लागि स्टारलिंकले तयार पारेको डेमो प्रधानमन्त्री ओलीले हेरिसकेकाले यो संवादलाई अर्थपूर्ण मानिएको छ ।

कात्तिकको अन्तिममा स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो दिएको थिए ।

डेमो हेरेको केही दिनमा नै प्रधानमन्त्री ओली र खर्बपति मस्कबीच भिडियो संवाद भएको छ । स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित एक उपग्रहमा आधारित इन्टरनेट सेवा परियोजना हो । यसको मुख्य उद्देश्य पृथ्वीको कुनै पनि स्थानमा उच्च गतिको, भरपर्दो र सुलभ इन्टरनेट सेवा पु¥याउनु हो ।

स्टारलिंकले हजारौँ साना उपग्रहहरू पृथ्वीको सतहभन्दा ५ सय किलोमिटरको कक्ष (लो अर्थ अर्बिट) मा प्रक्षेपण गरेर नेटवर्क तयार गर्छ, जसले ग्रामीण, दुर्गम र पारम्परिक इन्टरनेट पहुँचबाट वञ्चित क्षेत्रहरूलाई इन्टरनेटमा जोड्न मद्दत गर्दछ ।

यसले परम्परागत इन्टरनेट सेवाको जस्तो तार वा केबलको आवश्यकता हटाएर सीधै उपग्रहमार्फत इन्टरनेट सिग्नल पठाउँछ । यो प्रणाली मौसमको अवस्था, भौगोलिक चुनौतीहरू र अन्य अवरोधहरूलाई बेवास्ता गर्दै विश्वभर छिटो र विश्वसनीय इन्टरनेट पु¥याउन सक्षम छ ।

स्पेस एक्सको फाल्कन ९ रकेटको मद्दतले अन्तरिक्षसम्म पु¥याइने स्टारलिंकका स्याटलाइटहरू सन् २०१९ बाट पठाउन सुरु भएको हो । एक पटकमा ६० वटासम्म स्याटलाइट पठाउन मिल्ने स्पेस एक्सका रकेटहरूले अहिलेसम्म झन्डै ४ हजारभन्दा बढी स्याटलाइटहरू अन्तरिक्षमा पु¥याइसकेको छ ।

कम्पनीको लबिङमा नै सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्याटेलाइटमार्फत इन्टरनेट सेवा दिने प्रबन्ध मिलाउने घोषणा समेत गरेको थियो । यद्यपी स्टारलिंकलाई आफ्नो सेवा नेपालमा विस्तार गर्न चुनौती छ । हालसम्म विश्वका एक सय भन्दा धेरै देशमा स्याटलाइटमार्फत दूरसञ्चार सेवा विस्तार गरिसकेको स्टारलिंकले शतप्रतिशत लगानी गर्न पाए नेपालमा पनि आउने स्पष्ट पारेको छ ।

तर विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण अघि बढ्न सकिरहेको छैन । नेपालको दूरसञ्चारसम्बद्ध कानुनले भने इन्टरनेट सेवा दिन इन्टरनेट सेवा प्रदायक कम्पनीकै रुपमा दर्ता हुनुपर्ने र तोकिएको शर्त पुरा गरेर लाइसेन्स लिएर सेवा शुल्क बुझाउनुपर्नेसहितका व्यवस्था गरेको छ ।

सन् २०२४ मा ६.६ अर्ब डलर आम्दानी गर्ने दाबी कम्पनीको छ । ६ बर्षअघि स्थापना भएको स्टारलिंक अहिलेसम्म अल्बानिया, फिजी, घाना, मडागास्कर, इण्डोनेसिया, दक्षिण सुडान, यमन, जिम्बाबे लगायतका न्यून आय भएकादेखि उच्चआय भएका अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अष्ट्रेलियालगायतका विश्वका ११२ भन्दा बढी देशमा पुगिसकेको र विश्वभर ४० लाखभन्दा बढी ग्राहक बनाइसकेको स्टारलिंकको वेबसाइटमा उल्लेख गरिएको छ ।

स्टारलिंकले १ गिगाबाइट प्रतिसेकेन्डसम्मको डाउनलोड गति उपलब्ध गराउन सक्छ जसमार्फत ग्रामीण क्षेत्रहरूमा भिडियो स्ट्रिमिङ, गेमिङ र भिडियो कलजस्ता धेरै डाटा खपत हुने एपहरू सजिलै सञ्चालनमा ल्याउन सकिन्छ । स्टारलिंकले भू–स्थिर कक्षमा घुम्ने परम्परागत उपग्रहभन्दा निकै तल ’लो अर्थ अर्बिट(एलईओ)’मा आफ्नो उपग्रह राख्ने गर्छ ।

परम्परागत उपग्रहहरू करिब ३६ हजार किलोमिटरको उचाइमा घुम्छन् भने स्टारलिंकका उपग्रहहरू जम्मा ५५० किलोमिटरको उचाइमा रहेकाले डाटा प्रसारण गति छिटो हुन्छ र ’लेटेन्सी’ निकै कम हुन्छ ।

स्टारलिंकको इन्टरनेट सेवाको मूल्य घरायसी प्रयोजनका लागि मासिक १२० डलर (करिब १६ हजार रुपैयाँ) पर्छ भने ५० जीबीदेखि ५ टीबीसम्मका विभिन्न श्रेणीका प्याकेजका लागि मासिक ५० डलर (करिब ६ हजार ७ सय रुपैयाँ) देखि ५ हजार डलर (करिब ६ लाख ७० हजार रुपैयाँ) सम्म मूल्य तोकिएको छ ।

सरकारी र संस्थागत स्तरमा सेवा विस्तार गर्न सकिने सम्भावना रहे पनि व्यक्तिगत प्रयोगका लागि यो निकै महँगो छ । तर नेपालका धेरै दुर्गम र ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पु¥याउन हालको तार, टावर वा मोबाइल नेटवर्क स्थापना गर्नु कठिन र महँगो हँदा स्टारलिंककोताररहित स्याटेलाट स्टारलिंक प्रमुख विकल्प हुने विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top