×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

आरजु राणा र वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता

१४ मंसिर २०८१

१४ मंसिर,काठमाण्डौ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चिनियाँ विदेश मन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छिन् । चीनको छन्दु सहरमा यो भेटवार्ता हुनेछ । यसका लागि राणा हिजो नै चीनको छन्दु पुगेकी छन् । वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो चीन प्रस्थान गरेकी थिइन् ।

Advertisement

मन्त्री राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले स्वागत गरेका थिए । उनले आज छेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासको भ्रमण पनि गरेकी छन् ।

उनले वाणिज्य दूतावासका कर्मचारीहरु संग अन्तरक्रिया गरेको समेत बताएकी छन् । आगामी वर्ष औपचारिक द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा दुवै सरकारले संयुक्त रूपमा घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२५’ को पृष्ठभूमिमा नेपाली पर्यटन प्रवर्द्धनका लागि जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्न सम्भाव्यता खोज्न महावाणिज्य दूतावासलाई निर्देशन दिइएको उनले बताएकी छन् ।

चिनियाँ बजारमा चिया, कफी, औषधी र सुगन्धित जडीबुटी जस्ता नेपाली उत्पादनको प्रवद्र्धन गर्ने र छेन्दुमा रहेका सम्भावित नेपाली खानेकुराको पहिचान गर्न पनि निर्देशन दिइएको उनले बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरुप उनी चीन गएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा पर्सि शनिवार काठमाण्डौ फर्कनेछन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग यही मङ्सिर १७ गतेदेखि २१ गतेसम्म फेरि चीन भ्रमण गर्नेछिन् । ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।

आरजु र चिनियाँ विदेशमन्त्रीबीच आज हुने भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका बेला हस्ताक्षर गर्ने तयारी गरिएको भनिएको ’बेल्ट एन्ड रोड इनिशटिभ’ (बीआरआई) कार्यान्वयनको खाकासम्बन्धमा चर्चा हुने ठानिएको छ ।

यद्यपि उक्त खाकामा सत्ताधारी दलहरू र नेपालभित्रै सहमति जुट्छ कि जुट्दैन भन्ने अझै निश्चित हुन सकेको छैन । मन्त्रीहरूले बताएअनुसार प्रधानमन्त्रीको चीन भ्रमण र भ्रमण दल स्वीकृत गरेको बिहीवारको मन्त्रिपरिषद् बैठकले समेत उनको चीन भ्रमणका एजेन्डाहरू स्वीकृत गरेको छैन ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भने, “एजेन्डाबारे छलफल जारी नै छ । विभिन्न संयन्त्रहरू र छलफल गर्ने निकायहरूमा छलफल भइरहेको छ ।

एजेन्डा के बन्छ भन्नेबारे फेरि मन्त्रिपरिषद्को बैठक बसेर नै तय हुन्छ।“ बिहीवार चीन प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री राणाले काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएकी थिइन् ।

त्यस क्रममा उनले बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौतालाई लिएर सत्ताधारी दलबीच कुनै मतभिन्नता नरहेको दाबी गरिन् । उनले भनिन्, “यो मतभिन्नता मिडियाले बनाएको हो । पार्टीमा जति पनि नेताहरू हुनुहुन्छ, उहाँहरूले एकरूपताका साथ यस (बीआरआई) लाई अघि बढाउने भन्ने हाम्रो टीमले कुरा गरिरहनुभएको छ ।

त्यस्तो मतभिन्नता भन्ने भएको छैन।“ सञ्चारकर्मीहरूले उनलाई ’यसै पटक बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुनछ त?’ भनेर सोधेका थिए । त्यसको उत्तर दिँदै उनले भनिन्, “परराष्ट्र नीतिमा दुई देशबीच कुनै पनि कुरा हुँदा दुवै पक्षले आफ्नो कुरा राख्ने काम हुन्छ र त्यसमा धेरै वार्ता हुन्छन्। अब के हुन्छ हेरौँ।“

Advertisement

यता परराष्ट्र मन्त्रालयले पनि आज हुने दुई देशका परारष्ट्रमन्त्रीहरूको भेटवार्तामा द्विपक्षीय हितबारे छलफल हुने जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुई नेताबीच दुई देशबीचको पारस्परिक हितका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणबारे विस्तृत छलफल हुने छ।“

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top