×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

युक्रेनको ऊर्जा ग्रिडमा रूसको भीषण आक्रमण

१४ मंसिर २०८१

१४ मंसिर, एजेन्सी।

रुसले युक्रेनमा भीषण आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको छ । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको र यसले क्षति पु¥याउँदा १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको खबरमा उल्लेख छ ।

रुसले रातभरि कयौं स्थानमा मिसाइल र ड्रोनबाट आफ्ना ऊर्जा पूर्वाधारमा आक्रमण गरेको युक्रेनले बताएको हो । ‘युक्रेनको ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,’ युक्रेनी ऊर्जा मन्त्री हरमन हालुशचेन्कोले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेका छन् ।

रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिट्सकोले बताए । बिहीबार बिहान युक्रेनी वायुसेनाले रुसले देशका विभिन्न स्थानमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनी बिजुली संयन्त्र (पावर प्लान्ट) लाई लक्ष्य गरी भएको आक्रमणलाई रुसले लिएको बदलाका रूपमा व्याख्या गरेका छन् ।

पुटिनले भने, ‘गत साता युक्रेनले अमेरिका र बेलायतले दिएको हतियारले रुसमा हमला गरेको थियो । त्यसैको जवाफमा रुसले बुधबार राति ९० वटा मिसाइल र १०० ड्रोनले युक्रेनमा आक्रमण गरेको हो।’

रुसले युक्रेनको राजधानी किभका महत्त्वपूर्ण ठाउँलाई पनि निशाना बनाएको पुटिनले बताएका छन् । यसअघि युक्रेनी वायुसेनाले रुसले आफ्नो पावर प्लान्टलाई लक्ष्य गरी आक्रमण गरेको बताएको थियो ।

युक्रेनी राष्ट्रपतिले क्लस्टर हतियारको विशेष प्रयोग गरेर नागरिक र उर्जा प्रणालीलाई लक्षित गर्नका लागि हो, भनेका छन् । तर, पुटिनले बेलायत, अमेरिकालगायत आपूर्तिकर्ताले दिएका हतियार प्रयोग गरिरहेको युक्रेनविरुद्ध ९० क्षेप्यास्त्र र १०० ड्रोन लञ्च गरिएको जनाएका छन् ।

यस्तै पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की पनि दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् । पुटिनले अभिव्यक्ति दिएको केही घण्टामै रुसले युक्रेनको उर्जा ग्रीडलाई लक्षित गरेर लगातार आक्रमण गरेको हो ।

युक्रेनले २०२२ फेब्रुअरीको आक्रमणपछि पहिलो पटक गएको हप्ता मात्रै रुसी क्षेत्रमा अटाकम्स र स्टोर्म श्याडो क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण गरेको थियो । मध्यपूर्वको तनाव व्यवस्थापन उन्मुख भएका बेला रुस युक्रेन युद्धमा झन् उत्कर्षमा पुगेको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध शुरू गरेयता युक्रेनमा विस्फोटक युद्ध सामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अरु धेरै घाइते भएका छन् । विशेषज्ञहरूका अनुसार किभ र मस्को दुवैले झण्डै तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूदको प्रयोग गरेका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top