×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

उपनिर्वाचनमा कहाँ कुन दलले जिते ?

१७ मंसिर २०८१

१७ मंसिर ,काठमाण्डौ।

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १६ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ५ वडाध्यक्षमा कब्जा जमाएको छ ।

Advertisement
Advertisement

त्यसैगरी नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ । त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।

कांग्रेसले जितेका स्थान

१.बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा

२.हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुन प्रसाद तिवारी

३.मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ४.भीमदत्त नगरपालिका ६ प्रकाश चन्द

५.ठाकुरबाबा नगरपालिका ४ अमिन थारु

६.गढी गाउँपालिका ६ तेतर साहु

७.रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,

८.ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक

९.सानीभेरी गाउँपालिका ५ मोती राम खत्री

१०.कीर्तिपुर नगरपालिका १ इच्छा कुमार महर्जन

११.पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा

१२.लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु

१३.दुहुँ गाउँपालिका ५ धन सिंह कुँवर

१४.कुसे गाउँपालिका ७ खम्ब बहादुर सिँह
१५.राजपुर नगरपालिका ६ मा समसे आलम

१६ कीतिपुर ४ मा राजेन्द्र बाँनियाँ

नेकपा एमाले जितेका स्थान

१.दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही

२.बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी

३.शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान

४.रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ

५.मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ

६.सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन

७. दुल्लु नगरपालिका–१३ लालबहादुर शाही

माओवादी केन्द्र

१.ककनी गाउँपालिका २ कृष्ण घिमिरे

२.त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई

३.धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट

४.गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर

५.पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध यसअघि नै)

६. मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी

७. नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने

जसपा नेपाल

१. डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह

२.डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१.काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी

१.रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव

नेमकिपा

१. तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
स्वतन्त्र

१.कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली

अहिलेसम्म ३६ स्थानको अन्तिम नतिजा आइसकेको छ । बाँकी ५ स्थानको नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी ५ स्थानमध्ये पाँच स्थानको मतगणना जारी छ । दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको मत गणना केहीबेरमा सुरु हुने बताइएको छ ।

नतिजा आउन बाँकी स्थान

१.कीर्तिपुर नगरपालिका मेयर, काठमाडौँ

२.बेलका वडा नम्बर ९, उदयपुर

३.गौरीशंकर उपाध्यक्ष, दोलखा

४.सार्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला

५.पुथउत्तरगंगा गाउँपालिका वडा नम्बर २, रुकुमपूर्व

कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिएका हुन्। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन्। एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४६५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४१८ मत पाएका छन्। नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका २ उम्मेदवार उपनिर्वाचनमा विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को उपनिर्वाचनमा माओवादी उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका छन् ।

विजयी उनले १ सय ८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मत मात्र ल्याए। कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्र पाए। उपनिर्वाचनमा विजयी झाँक्री २०७९ को आम निर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने ८२ मत मात्र ल्याएर तेस्रो स्थानमा थिए।

त्यसबेला एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायालाई १ सय २ मत प्राप्त भएको थियो। गत स्थानीय तहको निर्वाचनमा विजयी एमाले र निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारलाई पछि पार्दै झाँक्री अहिले माओवादीबाट विजयी भएका हुन्।

उपनिर्वाचनमा यसअघि मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेस छाडेर माओवादी बनेका उम्मेदवार नमोनारायण माझी विजयी भइसकेका छन्। माओवादी केन्द्रबाट विजयी माझी २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका उनी दोस्रो स्थानमा रहँदै पराजित भए। गत भदौमा मात्र उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए।

उनलाई माओवादीले यो उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो। यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा निकै ठूलो मतान्तरसहित उनी विजयी भएका हुन्। ६ हजार ९ सय ६९ मतसहित माओवादीका माझी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाएका छन्।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top