उर्जामन्त्रीले इतिहासमै नभएको काम गरे

१९ मंसिर ८१, बिहीबार

२० मंसिर, काठमाण्डौ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यकक्ष नै बनाएर नेपाल विद्युत् प्राधिकरणमा बस्न थालेपछि यसले अलचल उत्पन्न गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विद्युत् प्राधिकरणमा उर्जामन्त्री खड्काले कार्यकक्ष खोलेको विषयमा असन्तुष्टि जनाएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले मन्त्रीले इतिहासमै नभएको विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने काम गरेको भन्दै विरोध गरेको हो । उपाध्यक्ष अग्नि सापकोटाले भने ‘यसले प्राधिकरणको काममा अवरोध गरेको छ ।

Advertisement

बिचौलिया र भ्रष्टाचारी जोगाउने काम गरेको छ । यसका विरुद्धमा व्यवस्थित खबरदारी सभा गर्नेछौ ।’ विद्युत्को डेडीकेटेड र ट्रंक लाइनको वक्यौता उठाउने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ बीच टसल देखिरहेका बेला ऊर्जा मन्त्री खड्काले विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएका छन्।

विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री हुने भए पनि पहिलो पटक कार्यकक्ष बनाई आफैँ बस्न थालेका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका छन्।

Advertisement

प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्ने खोजेको प्राधिकरणका अधिकारी बताउँछन्। डेडिकेटेड र ट्रंकलाइनको विषयमा कुलमान घिसिङ र प्रधानमन्त्री, ऊर्जा मन्त्रीबीच टसल परेको थियो। सरकारको निर्णयपछि कुलमानलाई विद्युत्को बक्यौता नतिर्ने उद्योगीको लाइन काट्न रोकिएको छ ।

त्यसपछि कुलमानले बक्यौता नतिर्ने उद्योगीहरुको शेयर कारोबार र बैंक खाता रोक्का गर्न पत्राचार गरेका छन् । मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन्। त्यसयता लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ।

हाल प्राधिकरणले काटेको बिल टीडीएअनुसार भए नभएको अध्ययन गर्न मन्त्रालयले समितिमाथि समिति बनाएको छ। यस्तो अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकक्ष निर्माण गरिएको विषयले अहिले चौतर्फी बहस सिर्जना गरेको छ।

उर्जामन्त्रीले कुलमानलाई हटाउने उद्धेश्यसहित नै स्पष्टीकरण माग गरिसकेका छन् । तर जनसमर्थन प्राप्त कुलमानलाई चलाउने पक्षमा कांग्रेस देखिएको छैन् । यो छनक कुलमानका विषयमा अख्तियारमा छानविनका लागि पत्र लेख्ने लेखासमितिको बहसमा अर्जुननरसिंह केसी विपक्षमा उभिनुले संकेत दिइसकेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्रीको उद्धेश्यमा कांग्रेस बाधक बनिरहेको सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै माओवादीको बैठकले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ ।

सापकोटाका अनुसार प्रारम्भिक समीक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्त्वपूर्ण अवसरहरू प्रदान गरेको छ । ‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ ।

पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले भने, ‘ एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ  यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने माओवादीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

सम्बन्धित समाचार

Scroll to Top