NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

‘पूर्णबहादुरको सारंगी’ हटाएर पुष्पा, रिसायो पूर्णबहादुरको टिम

आइतवार मंसिर २३ , २०८१
Reading Time: 1 min read
A A
‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल,दर्शकले आँशु थाम्नै सकेनन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ मंसिर, काठमाण्डौ।

नेपाली चलचित्र उद्योगमा कीर्तिमान माथि कीर्तिमान बनाएको सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’ भोलिदेखि सिनेमा हलबाट हट्ने भएको छ। विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ सोमबारदेखि प्रदर्शन नहुने निर्माण कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

बिहीबारबाट दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली सिनेमा हलमा प्रवेश पाएपछि ‘पूर्णबहादुरको सारंगी’ को सो घटेको थियो। हलमा राम्रै चलिरहे पनि निकै कम सो दिएर नजरअन्दाज गरेकाले हलबाट उत्रार्ने निर्णय गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

LS Auto

‘अहिले भने हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठिक त्यही अवस्थामा आइपुगेका छौँ। पूर्ण बहादुरको सारंगीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको नजरअन्दाजको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो। मंसिर २४ सोमबार गतेदेखि देशभरका सिनेमा घरहरूमा पूर्ण बहादुरको सारङ्गी अब प्रदर्शनमा आउने छैन।’

कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ। यस फिल्मले नेपालमा ५० करोड र विदेशमा २५ करोडमाथि कमाइ गरेको छ। एक महिनादेखि नेपाली बक्सअफिस ‘पूर्णबहादुरको सारंगी’ कै कब्जामा थियो ।

यस फिल्मले आक्रामक व्यापार गर्दा विदेशी फिल्मसमेत छायामा परे। ‘सिंघम अगेन’ र ‘भुलभुलैया २’ जस्ता फिल्महरुले कम सो पाए। अझ भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज हुन सकेन। यस्तै, फिल्म ‘केटी हराएको सूचना’ ले पनि रिलिज मिति सार्नुपरेको थियो।

तर, कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले भने राम्रै साथ पायो। मंसिर ७ बाट विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ हलमा लागेको थियो। यसको व्यापार भने औसत छ।

यी दुवै फिल्मको दाँजोमा हलमा पाँचौँ हप्तामा पनि ‘पूर्णबहादुरको सारंगी’ को सो बढी थियो । तर बिहीबारदेखि भने यसका लागि दक्षिण भारतइि चलचित्र पुष्पा २ बाधक बन्यो । बिहीबार प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले नेपालका हलहरु कब्जा गरेको छ ।

हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली चलचित्रहरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् । देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ ।

बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ । क्यूएफएक्सले बिहीबारका लागि ‘पूर्णबहादुरको सारंगी’लाई जम्मा १० शो दिएको थियो भने आईएनआईले जम्मा ३ शो दिएको थियो ।अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा दर्ज भएको छ।

व्यापारमा मात्रै होइन, ‘पूर्णबहादुरको सांरगी’ समावेश गीतहरू उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ गीत युट्युबमा डेढ करोडमाथि भ्युज पाउँदा ‘काँधेकुरी’ पनि करोड नजिक छ । यस फिल्ममा पश्चिम पहाडको गाइने समुदायका बाबुछोराको कथा छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुषाल, भोलाराज सापकोटा लगायतको अभिनय छ।

Tags: #नेपाली चलचित्र उद्योग#पूर्णबहादुरको सारंगी

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.