×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

‘पूर्णबहादुरको सारंगी’ हटाएर पुष्पा, रिसायो पूर्णबहादुरको टिम

२३ मंसिर २०८१

२३ मंसिर, काठमाण्डौ।

नेपाली चलचित्र उद्योगमा कीर्तिमान माथि कीर्तिमान बनाएको सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’ भोलिदेखि सिनेमा हलबाट हट्ने भएको छ। विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ सोमबारदेखि प्रदर्शन नहुने निर्माण कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

Advertisement
Advertisement

बिहीबारबाट दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले नेपाली सिनेमा हलमा प्रवेश पाएपछि ‘पूर्णबहादुरको सारंगी’ को सो घटेको थियो। हलमा राम्रै चलिरहे पनि निकै कम सो दिएर नजरअन्दाज गरेकाले हलबाट उत्रार्ने निर्णय गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।

‘अहिले भने हामी कात्तिक १५, १६ र १७ गते जुन अवस्थामा थियौँ, ठिक त्यही अवस्थामा आइपुगेका छौँ। पूर्ण बहादुरको सारंगीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयावधिमा देखिएका चुनौतीहरू र हाम्रो चलचित्रलाई केही सिनेमा घरहरूबाट गरिँदै आएको नजरअन्दाजको व्यवहारले यस निर्णयलाई अपरिहार्य बनाएको हो। मंसिर २४ सोमबार गतेदेखि देशभरका सिनेमा घरहरूमा पूर्ण बहादुरको सारङ्गी अब प्रदर्शनमा आउने छैन।’

कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड बनाइसकेको छ। यस फिल्मले नेपालमा ५० करोड र विदेशमा २५ करोडमाथि कमाइ गरेको छ। एक महिनादेखि नेपाली बक्सअफिस ‘पूर्णबहादुरको सारंगी’ कै कब्जामा थियो ।

यस फिल्मले आक्रामक व्यापार गर्दा विदेशी फिल्मसमेत छायामा परे। ‘सिंघम अगेन’ र ‘भुलभुलैया २’ जस्ता फिल्महरुले कम सो पाए। अझ भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज हुन सकेन। यस्तै, फिल्म ‘केटी हराएको सूचना’ ले पनि रिलिज मिति सार्नुपरेको थियो।

तर, कात्तिक ३० गतेबाट रिलिज भएको नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले भने राम्रै साथ पायो। मंसिर ७ बाट विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ हलमा लागेको थियो। यसको व्यापार भने औसत छ।

यी दुवै फिल्मको दाँजोमा हलमा पाँचौँ हप्तामा पनि ‘पूर्णबहादुरको सारंगी’ को सो बढी थियो । तर बिहीबारदेखि भने यसका लागि दक्षिण भारतइि चलचित्र पुष्पा २ बाधक बन्यो । बिहीबार प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ ले नेपालका हलहरु कब्जा गरेको छ ।

हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली चलचित्रहरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् । देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ ।

बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ । क्यूएफएक्सले बिहीबारका लागि ‘पूर्णबहादुरको सारंगी’लाई जम्मा १० शो दिएको थियो भने आईएनआईले जम्मा ३ शो दिएको थियो ।अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा दर्ज भएको छ।

व्यापारमा मात्रै होइन, ‘पूर्णबहादुरको सांरगी’ समावेश गीतहरू उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ गीत युट्युबमा डेढ करोडमाथि भ्युज पाउँदा ‘काँधेकुरी’ पनि करोड नजिक छ । यस फिल्ममा पश्चिम पहाडको गाइने समुदायका बाबुछोराको कथा छ।

Advertisement

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा विजयसहित अञ्जना बराइली, मुकुन भुषाल, भोलाराज सापकोटा लगायतको अभिनय छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top