NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

सिरियामा कति थियो असदको सम्पत्ति ?देखियो विलासी जीवन

सोमवार मंसिर २४ , २०८१
Reading Time: 1 min read
A A
सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर, एजेन्सी ।

सिरियाका राष्ट्रपति बशर अल–असदको २४ वर्ष लामो शासन विद्रोही आक्रमणपछि देशबाट रुस भागेपछि अन्त्य भएको छ। हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा विद्रोहीहरूले असदलाई सत्ताच्युत गर्दै राजधानी दमास्कस कब्जा गरेका छन्।

असद भागेपछि दमास्कस र अलेप्पोमा रहेका उनका दरबारहरूमा भिडले आक्रमण गरÞ्यो। दरबारबाट विद्रोहीहरूले सेयर गरेका फोटो र भिडियोहरूले असदको विलासी कारहरूको संग्रह र विलासी जीवनशैली देखाएको छ ।

LS Auto

सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा मानिसहरू असदको दरबारभित्र हिँड्दै, तस्विर खिच्दै र असदको विलासी जीवनशैली हेरिरहेको देखाइएको छ। दरबारको एउटा ग्यारेजमा ल्याम्बोर्गिनी र फरारी जस्ता कारहरूसहित लक्जरी कारहरूको ठूलो संग्रह पनि देखिएकोछ ।

विद्रोहीहरूले अलेप्पोमा रहेको असदको घरमा पनि आक्रमण गरी उनको स्वामित्वमा रहेका सबै वस्तुहरू नष्ट गरेका छन् । सामाजिक संजालहरुमा पोस्ट गरिएका तस्बिरहरूमा असदको ग्यारेजमा क्लासिकदेखि सुपरकारहरू र दुर्लभ ५ पाङ्ग्रे क्याम्परहरूसम्म दर्जनौँ महँगो कारहरू पार्क गरिएको देखाइएको छ ।

उनको कार संग्रहमा ल्याम्बोर्गिनी डायब्लो, मेरेडेज–बेन्ज एसएलएस एएमजी र एसएल ६५ ब्ल्याक सिरिज, फरारी एफ ५०, अडि आर ८, टोयोटा एफजे क्रुजर्स, ल्याण्ड क्रुजर्स र नयाँ ल्याण्ड रोभर डिफेन्डर प्रमुख रहेको देखिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

बशर अल–असदका दरबारहरूको मुख्य आकर्षणहरू मध्ये एउटा उनको व्यापक कार सङ्ग्रह हो। विद्रोहीहरूले लडाकुहरू राष्ट्रपति दरबारमा प्रवेश गर्दा उनको विलासी जीवन पहिलोपटक देखेको दाबी गरेका छन्।

विद्रोहीहरूले असदका कारहरूको सङ्ग्रह प्रदर्शन गर्दै भनेका छन् कि यसले उनको विलासिताको र सामान्य सिरियालीहरूको गरिबीको बिचको भिन्नता देखाउँछ। दरबारमा प्रवेश गरेका मानिसहरूले फोटो र भिडियोमार्फत असद विलासितामा बस्थे भनेर देखाउन खोजेका छन्।

विद्रोहीहरूले एकातिर मानिसहरूले गरिबीको सामना गरिरहेको र अर्कातिर अल–असदले निरन्तर सम्पत्ति जम्मा गरिरहेको बताएका छन्। रुस भागेका असदको व्यक्तिगत सम्पत्ति करिब १.५ अर्ब अमेरिकी डलर रहेको अनुमान छ। यस्तै असद परिवारले सिरियाली अर्थतन्त्रको ६०–७५% हिस्सा नियन्त्रणमा राखेको बताइन्छ।

यसको आधारमा परिवारको कुल सम्पत्ति ६० देखि १२० अर्ब डलरसम्म हुन सक्ने अनुमान गरिएको छ। बशर अल–असदले दमास्कस विश्वविद्यालयबाट चिकित्सा विज्ञानमा स्नातक गरेपछि लण्डनमा नेत्र रोग विशेषज्ञको रूपमा अभ्यास गरेका थिए।

सन् २००० मा आफ्ना पिता हाफिज अल–असदको निधनपछि बशरले सत्ता सम्हालेका थिए। उनको शासनकालमा कठोर र दमनकारी नीतिहरू अपनाइएको थियो। अस्मा अल–असद उनकी पत्नी हुन् । जो लण्डनमा जन्मेकी र हुर्केकी हुन्। उनले कम्प्युटर विज्ञानमा स्नातक गरेकी छिन् ।

उनले सुरुमा बैंकिङ क्षेत्रमा काम गरेकी थिइन । बसर र अस्माका तीन सन्तान छन् । जसमा दुई छोरा हाफिज र करीम तथा एक छोरी—जैन रहेकी छन् । सन् २००१ मा जन्मिएका हाफिज, बशर अल–असद र अस्मा अल–असदका जेठा छोरा हुन्।

हाफिजले सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेका छन्। सन् २०१७ मा उनले ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सिरियाको प्रतिनिधित्व गरेका थिए। त्यसपछि उनी उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोस्थित मस्को स्टेट युनिभर्सिटीमा भर्ना भएका थिए।

यस्तै सन् २००३ मा जन्मेकी जैन बशर अल–असदकी एक्ली छोरी हुन्। जैनले पनि सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेकी छिन्। उनी उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोमा अध्ययन गरिरहेकी छिन्। २००४ मा जन्मिएका करीम, बशर अल–असदका कान्छा छोरा हुन्।

करीमले सिरियामा प्रारम्भिक शिक्षा पूरा गरेका छन्। उनी पनि उच्च शिक्षा प्राप्त गर्न रुसको मस्कोमा अध्ययन गरिरहेका छन्। हालैका घटनाक्रमपछि बशर अल–असद र उनको परिवार रुसको राजधानी मस्कोमा पुगेका छन् । जहाँ उनीहरूलाई राजनीतिक शरण दिइएको छ ।

परिवारका सबै सदस्यहरू—बशर, उनकी पत्नी अस्मा र तीन सन्तानहरू मस्कोमा सुरक्षित रहेको बताइएको छ। रुसी मिडिया एजेन्सीहरूले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै सिरियाका अपदस्थ राष्ट्रपति असद र उनको परिवार रुसको राजधानी मस्को पुगेको दाबी गरेका हुन्।

रिपोर्टअनुसार रुसले बसर अल असद र उनको परिवारलाई शरण दिएको छ। यसअघि आइतबार विद्रोहीहरुले सिरियाको राजधानी दमास्कस कब्जा गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।

Tags: #असदको सम्पत्ति#सिरिया

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.