×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

लुम्बिनीको अपराजित यात्रामा ब्रेक, चितवनको दोस्रो हार

२५ मंसिर २०८१

२५ मंसिर, काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित दर्ता गराएको छ। यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो।

लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ। यसअघि चितवन कर्णालीसँग ६ विकेटले पराजित भएको थियो । लुम्बिनीले दिएको १६८ रन पछ्याएको चितवनले २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो।

चितवनलाई रोक्ने क्रममा लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए। उनले चितवनका विपिन रावललाई ५ रन, सोहिल तन्विरलाई १ रन, रवी बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गरे। लोफ्टी इटनलाई १४औं ओभरमा एलबिडब्लूको धरापमा पार्नुअघि रोहितले अरु ब्याटरलाई क्याच गराए।

चितनवका लागि ३१ रन जोडेका लुक बेन्केस्टाइनलाई अभिसेष गौतमले आउट गरे। २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनलाई गौतमले उन्मुक्त चन्दबाट क्याच गराए। चितनवका कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएपछि लुम्बिनी पहिलो जित नजिक पुगेको थियो।

कुशललाई साद बिन जफरले अभिसेषबाट १७औं ओभरमा क्याच गराए। त्यसअघि रेमन्ड सिमन्सले ओपनर सन्तोष कार्की र अमरसिंह रटेउलालाई क्रमशः १० र ८ रनमा आउट गरे। रिजन ढकाल १५ रन र नरबहादुर सार्की २२ रनमा नटआउट रहे।

बलिङमा रोहितले चार विकेट लिँदा १७ रन मात्र दिए। रेमन्ड सिमन्सले २ विकेट लिए। साद बिन जफर र अभिसेष गौतमले १–१ विकेट लिन सफल भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडैल र साद बिन जफरले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको तेस्रो बलमा चितवनका रिजन ढकालको बलमा क्याच हुनुअघि रोहितले ८० रन जोडे। रोहितले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

उनले साद बिन जफरसँग पाँचौं विकेटका लागि ११४ रनको साझेदारी गरे। जफरले पनि अर्धशतक प्रहार गरे। उनले ३५ बलमा ५२ रन जोडे। त्यसका लागि जफरले ४ चौका र १ छक्का प्रहार गरे। अनी अन्तिम बलमा रनआउट भए।

खेलमा रोहितले चार पटक जीवनदान पाएका थिए। उनको क्याच लिन चितवनका बलर पटक–पटक चुकेका थिए। जारी एनपिएलमा रोहित सर्वाधिक रन प्रहार गर्ने ब्याटरको शीर्ष स्थानमा छन्। उनले पाँच खेलमा दुई अर्धशतकसहित २६१ रन जोडेका छन्।

लुम्बिनीले राम्रो सुरुवात भने गर्न सकेन। ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा चितवनका दायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले एक रनमै बोल्ड गरे। दुई बलपछि उन्मुक्त चन्दलाई रिजनले विपिन रावलबाट क्याच गराए।

ओपनिङ ब्याटर अर्जनु साउदले १५ रन बनाए। १२ बलमा १ चौका र १ छक्का प्रहार गरेका साउदलाई रन्जित कुमारले कप्तान कुशल मल्लबाट सातौं ओभरमा क्याच गराए। अर्को ओभरमा टम मुर्स १० रन जोडेर आउट भए।

बलिङमा चितवनका रिजन ढकालले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। आजको दोस्रो खेलमा अहिले पोखरा र कर्णालीबीचको खेल जारी छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top