×

NEPAL TIMES UPDATES

Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026

विश्वकप २०३० खेल्ने ६ देशको टुंगो,आयोजक कुन कुन हुन् ?

३० मंसिर २०८१

३० मंसिर ,एजेन्सी ।

आगामी सन् २०३० को पुरुष विश्वकप फुटबल प्रतियोगिता युरोप, दक्षिण अमेरिका र अफ्रिका गरी ३ महादेशका ६ राष्ट्रहरूमा आयोजना हुँदैंछ । फिफाका अनुसार यसले खेलाडी र खेलप्रेमीहरूका लागि एउटै प्रतियोगितामा बेग्लै मौसम र बेग्लै वातावरण प्रदान गर्नेछ ।

Advertisement
Advertisement

फिफाले यसले खेलाडी र प्रत्यक्ष रूपमा सहभागी हुने समर्थकका लागि नयाँ स्वाद दिने विश्वास समेत लिएको छ । आगामी विश्वकपका आयोजक राष्ट्रहरू मोरोक्को, स्पेन, पोर्चुगल, उरुग्वे, अर्जेन्टिना र पाराग्वे रहेका छन् ।

दक्षिण अमेरिकाका चार राष्ट्र अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वेले सन् २०२३ मा संयुक्त रूपमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेका थिए । फिफाले यही वर्षको अक्टोबरमा मोरोक्को, पोर्चुगल र स्पेनलाई पनि प्रतियोगिता आयोजना गर्न दिने निर्णय लिएको थियो ।

सन् २०२१ मा स्पेन र पोर्चुगलसँगैं युक्रेनले पनि प्रतियोगिता आयोजना गर्न प्रस्ताव राखेका थिए । तर युक्रेनमाथि रुसले हमला गरेपछि युक्रेनको स्थानमा अफ्रिकी राष्ट्र मोरोक्कोले अवसर पाएको हो । स्पेनले सन् १९८२ को विश्वकप आयोजना गरिसकेको छ भने मोरोक्को र पोर्चुगलले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्ने भएका छन् ।

प्रतियोगिताको आयोजक राष्ट्रहरू सिधै छनोट हुने प्रावधान रहेको छ । यस हिसाबले मोरोक्को, स्पेन, पोर्चुगल, उरुग्वे, अर्जेन्टिना र पाराग्वे सिधै छनोट हुनेछन् । यी ६ राष्ट्रहरू सिधै प्रतियोगितामा छनोट हुँदा बाँकी आवश्यक संख्यामा छनोट विभिन्न ६ महादेशतर्फ सहभागी राष्ट्रहरू प्रतिस्पर्धाबाट विश्वकपमा पुग्नेछन् ।

विश्व आयोजना हुने २० रंगशाला मध्ये स्पेनका ११ वटा रंगशालामा खेलहरू संचालन गरिनेछ । प्रतियोगिताका धेरैजसो खेलहरू स्पेनमै हुनेछ । स्पेनको सर्वाधिक चर्चित तथा विश्वको ठूलो रंगशाला बार्सिलोनास्थित नउ क्याम्प र रियल मेड्रिडको बर्नबाउसमेत समावेश छन् ।

नउ क्याम्पको दर्शक क्षमता १ लाख ५ हजार संख्या हो यस्तै, पोर्चुगलका तीन रंगशालाहरू स्पोर्टिङ सीपीको इस्टाडियो जोसे एल्भालाडे, बेनफिकाको इस्टाडियो डा लुज र पोर्टोको इस्टाडियो डो ड्रागाओमा खेलहरू गरिनेछ ।

यस्तै उत्तरी अफ्रिकी राष्ट्र मोरोक्कोमा ६ रंगशालाहरू छन् । यो सँगै विश्वकप पहिलो पटक उत्तर अफ्रिकामा संचालन हुनेछ । सन् २०३० को विश्वकप हुँदा विश्वकपको अवधि एक सय वर्षमा पुग्नेछ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गरेको थियो ।

विश्वकपको शतवार्षिकीको अवसर भएकोले सन् २०३० को विश्वकपका शुरूवाती खेलहरू दक्षिण अमेरिकामा आयोजना हुने भएको हो । पहिलो विश्वकपको उपाधि उरुग्वेले जितेको थियो । उरुग्वेले फाइनलमा अर्जेन्टिनालाई हराएको थियो ।

यस हिसाबले शुरूवाती खेलहरू पहिलो विश्वकपका फाइनलिस्ट राष्ट्र उरुग्वे र अर्जेन्टिनामा गर्न लागेको हो । यस्तै, दक्षिण अमेरिकी फुटबल महासंघ (कनमेबोल) को मुख्य कार्यालय पाराग्वेमा भएको हिसाबले पनि यो देशमा पनि खेल संचालन गर्न लागिएको हो ।

कनमेबोल विश्वमा सबैभन्दा पुरानो महादेशीय फुटबल महासंघ हो । यस शतवार्षिकी विश्वकप प्रतियोगितामा ४८ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । २०३० सम्म एआई, भर्चुअल रियलिटी र अत्याधुनिक प्रसारण प्रविधिले दर्शकको अनुभवमा नयाँ स्तर ल्याउने अपेक्षा छ ।

यस्तै स्मार्ट स्टेडियमहरूको प्रयोगले दर्शकहरूको सवारी व्यवस्थापनदेखि पर्यावरणमैत्री ऊर्जा प्रयोगसम्ममा फोकस गर्नेछ। यो विश्वकप तीन महादेशमा आयोजना हुने हुँदा व्यापारिक अवसरहरू, पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा उल्लेखनीय प्रभाव पर्ने साथै आयोजक देशहरूका लागि आर्थिक र सांस्कृतिक लाभदायक हुने अपेक्षा गरिएको छ ।

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top