NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

कीर्तिपुर नपुगेका ओलीले बालुवाटारमा एनपिएलको ट्रफी उचाले

आइतवार पुस ७ , २०८१
Reading Time: 1 min read
A A
कीर्तिपुर नपुगेका ओलीले बालुवाटारमा एनपिएलको ट्रफी उचाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ पुष , काठमाण्डौ ।

पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टस्ले उचालेको छ। पहिलो च्याम्पियन बनेकोमा जनपुरलाई सबैले बधाई दिइरहेका छन् भने दुई पटक पराजित गरेको जनकपुरविरुद्ध उपाधि भिड्न्तमा पराजित हुन पुगेको सुदूरपश्चिम रोयललाई शान्त्वना दिइरहेका छन् ।

तर एनपिएलको खेलका दौरान जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाइएको भन्दै सामाजिक संजालमा मधेसमाथि नश्लीय र साम्प्रादायिक व्यवहार भएको भन्दै सामाजिक संजाल तातेको छ।

यो प्रकरणमा नेताहरुले पनि आफ्नो प्रतिक्रिया दिइरहेका छन् । त्यस्ता नाराजुशुल लगानेविरुद्ध कारबाही गर्न मधेशी आयोगले गृह प्रशासनलाई सिफारिस गरेको छ। पुस ४ गते भएको खेलमा एउटा उदण्ड र अराजक समूहले जनकपुर बोल्टसप्रति देखाएका नश्लीय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै पनि तवरले अग्राह्य रहेको ठम्याइ आयोगको छ।

‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टीएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ। कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता–संस्कृति–प्रथा–परम्परा–सोच–व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ,’ आयोगले विज्ञप्ति निकालेर भनेको छ।

संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ।

अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ। एनपिएलमा जनकपुरका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाए।

जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको छ,’ आयोगले भनेको छ। तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ। यही प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कारबाहीको माग गरेका छन् ।

सामाजिक संजालमार्फत गगनले भनेका छन्, जनकपुर बोल्टस्का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।

सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। नो इफ नो बट । यस्तै जनमत पार्टीका संयोजक सिके राउतले जनकपुर बोल्टसले जित हासिल गरेपछि युवाको दुवै हात भाचिने गरी गरिएको आक्रमणको भत्र्सना गरेका छन् ।

यो आक्रमणलाई राजनीतिक आन्दोलनप्रति जोड्नु पर्नेमा जोड दिँदै उनले मधेसी समुदायलाई रंगभेदविरुद्धको एकताका लागि आह्वान गरेका छन् । सामाजिक संजालमार्फत उनले भनेका छन्, कुटाइ खाए पछि, धोती मर्सिया शिसीबोतल गाली पाए पछि मात्रै याद आउँछ राज्यको नश्लवाद र रंगभेद? नेपालका शासक र राज्य कति नश्लीय छ, कति रंगभेदी छ भनेर हामीले विगत दशकमा बुझाउँदै आएका छौं र त्यसको विरूद्ध संघर्ष पनि गर्दै आएका छौं। मंसीर १० गते राष्ट्रव्यापी रूपमा मनाउने गरिएको ’रंगभेदविरूद्धको एकता दिवस’ होस् कि संसद्मा रंगभेदी विभेद गर्ने विरूद्ध कानून ल्याउन दर्ता गरिएको संकल्प प्रस्ताव होस्, जनमत पार्टीले हरेक मोर्चामा संघर्ष गर्दै आएको छ। जहाँ संसद्, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी र शासकवर्ग सबै नश्लीय छ, त्यहाँ संघर्ष एउटा पार्टीले गर्दैमा पुग्दैन। अधिकार र आत्मसम्मान कसैले दिएर पाइने होइन, आफैंले संघर्ष गरेर विजय हासिल गरेरै लिने हो जसरी जनकपुर बोल्ट्सले विजय हासिल गर्दै एनपिएल जितेको छ। त्यसको लागि राजनैतिक चेतना चाहिन्छ, राजनैतिक अग्रसरता चाहिन्छ, एकता चाहिन्छ, आन्दोलन चाहिन्छ।

उनले थ पभनेका छन्, तर अचेलका युवा पिढीमा जानेरै शासकले के भरिदिएको छ ’तिम्रो नेता खराब÷राजनीति खराब÷आफू कमाएर खाने अरूलाई किन मान्ने ?’ आदि। र युवाहरू पनि टिकटिक र रिल बनाउँदै, खेलमा भूल्दै, र अन्तिममा फ्री भिजा खोज्दै विदेश जान्छन्।

उनले आफूहरुको राजनीतिक आन्दोलनमा साथ नदिइएको गुनासो समेत गरेका छन् । अक्षरा सिंहको कार्यक्रम राख्यो भने लाखौं युवा ओर्लिन्छन्, क्रिकेटको खेल हेर्न पैसा तिरेर लाखौं आउँछन्, तर राजनैतिक अधिकारको लागि यही काठमाडौंमा नै कार्यक्रम राख्यो भने २०–३० जना आउने गर्छन्।

अनि भन्छन् रंगभेद भयो, सम्मान भएन, अधिकार पाइएन। उनले भनेका छन् । उनले अधिकार र आत्मसम्मान पाउनका लागि लड्नु पर्ने, संघर्ष गर्नुपर्ने, शासकसँग खोसेर विजय हासिल गर्नु पर्ने बताएका छन् ।

यसैबीच एनपिएलको फाइनलमा कीर्तिपुर नपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई सम्मान गरेका छन् । आइतबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले टिम क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिए । विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भनेका छन्, “तपाईंहरू हिरो हो । नायक र महानायक हो । म तपार्ईंहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ । आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान गरिएको उनले सुनाए । सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका निम्ति गर्नुपर्ने प्रयास निरन्तर हुने उनले अवगत गराए। विदेशी खेलाडी नेपाल आउँदा र यहाँको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने बताए ।

सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको विजय हासिल गरेको थियो ।

Tags: #जनकपुर बोल्टस#बालुवाटारमा एनपिएलको ट्रफी

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.