NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

भीम रावलले बनाउने भए आफ्नै घर, नयाँ पार्टी घोषणा गर्ने

सोमवार पुस १५ , २०८१
Reading Time: 1 min read
A A
संकटमा रावलः सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ पुष , काठमाण्डौ।

नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्व नेता डा. भीम रावलले बुधबार पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

त्यसपछि एमाले नेतृत्वको कडा आलोचना गरेका रावलले पार्टी गठनको तयारी स्वरुप राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । रावलले गैरकम्युनिष्ट पार्टी बनाउने बताएका छन्। सोमबार उनलाई निवासमै भेट्न पुगेका सदूरपश्चिमका प्रदेश सांसद डा. तारा जोशी र कांग्रेस विपी पार्टीका नेता कर्ण मल्लसँगको भेटमा उनले सो कुरा खुलाएका छन्।

LS Auto

डा. रावलले आफूले देशव्यापी संगठन विस्तार गरेर नयाँ पार्टी बनाउने भन्दै मिलेर जाने प्रस्ताव समेत राखेका छन्। कांग्रेस पृष्ठभूमि र अन्य राजनीतिक दलबाट आउने नेताहरुलाई समेत मान्य हुने पार्टीको नाम राख्ने रावलको भनाई रहेको डा. जोशीले बताएका छन् ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी छ । आज बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् ।

२०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् । यसअघि रावलले एमालेबाट निष्कासित एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए ।

आफू निकटहरुसँग छलफलमा रहेको भन्दै उनले भनेका थिए, ‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ ।

त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।’ रावलले पाँच दशक एमालेमा बिताएका थिए। तर, केहीदिनअघि बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्य नरहनेगरी कारबाही गरेको छ। कारबाहीपछि रावलले देशभरका नेता÷कार्यकर्तासँग छलफल गरेर नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।

रावलले आफूमाथि भएको कारबाही पार्टीको नभएर पार्टी अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गरेका छन् । चितवनमा भएको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेसँगै रावलले ओलीको निशानामा पर्दै आएका थिए ।

पछिल्लो समय एमाले विधान, सिद्धान्तमा चल्नुको साटो ओली क्लबका रुपमा चलेको भन्दै रावलले खबरदारी गर्दै आएका थिए । रावलले १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ओलीलाई चुनौती दिएका थिए भने नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए ।

कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानूनमा स्नातक गरेका छन् ।

रावलको परिवारमा पत्नी संजीत रावल र विवाहित दुई छोराहरु छन् । उनका छोरा डा. प्रभात रावल र डा. प्रशान्त रावल छन् । प्रभात चिकित्सक र प्रशान्त इन्जिनियर हुन् । २०३० सालबाट विद्यार्थी राजनीतिमा लागेका रावल पटक पटक जेल परेका थिए ।

उनले तत्कालीन नेकपा मालेका नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता प्राप्त गरेका थिए । अनेरास्ववियु एकताको पाँचौंको संस्थापक मध्येका एक नेता रावल विदेश विभागको प्रमुख समेत बने । विद्यार्थी आवाज र स्टुडेण्डट्स भ्वाइसको सम्पादक बने ।

पार्टीले चलाएको पत्रिकाको सम्पादक बनेका उनी २०४८ सालपछि नेकपा एमालेको प्रचार विभागको सदस्य बने । २०४७ सालमा नेकपा मालेका तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने ।

उनी २०४८ सालमा अछामबाट चुनाव लडेर पराजित भए । २०५१ सालमा भने निर्वाचित भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटनराज्यमन्त्री बने । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने ।

२०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भए । २०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए । २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने । २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री बने ।

२०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए । उनले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बलियो पकड बनाएका छन् । उनका विभिन्न अध्ययन र साहित्यिक कृति प्रकाशित छन् ।

Tags: #नयाँ पार्टी घोषणा गर्ने#भीम रावल

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.