×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

पश्चिम नेपालमा दुई हप्तामा ८ भूकम्प, नेपालमा किन भूकम्प गईरहन्छ ?

१६ पुष २०८१

१६ पुष ,काठमाण्डौ।

बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

Advertisement
Advertisement

यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो। पुस लागेयता मात्रै पश्चिम नेपालमा ३ म्याग्निच्युडमाथिका ८ भूकम्प गएका छन्। आज बिहान बैतडीमा भूकम्प गएसँगै १५ दिनभित्र पश्चिम नेपालमा ३ म्याग्निच्युडभन्दा माथिका भूकम्प ८ पटक गएको हो।

योसमेत पुस लागेयता पश्चिम नेपालमा आठवटा भूकम्प गइसकेका छन्। सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो भने लगत्तै पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको÷चर्काएको थियो। यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने फेरि आज बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा भूकम्प मापन केन्द्रले रेकर्ड गर्न सक्ने खालका भूकम्प औसत रूपमा दैनिक १० पटकसम्म जान्छ।

भूकम्प मापन केन्द्रले २ म्याग्निच्युडमाथिका भूकम्प रेकर्ड गरे पनि भूकम्प मापन केन्द्रले विवरणमा समेट्ने गरेको छ। अधिकारीका अनुशार भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा हेर्दा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा अवस्थित छ।

हाम्रो काठमाडौं उपत्यका पनि हिमालय क्षेत्र नजिकै पर्छ। त्यसैले काठमाडौं उपत्यका पनि भूकम्पको जोखिम क्षेत्रमै अवस्थित छ। दक्षिणतिर अवस्थित इन्डियनप्लेट र उत्तरतिर अवस्थित युरेसिनय प्लेटको बीचमा नेपाल अवस्थित छ।

वैज्ञानिकहरुका अनुसार यी दुई प्लेटको बीचमा पहिला समुन्द्र थियो भन्ने छ। करिब पाँच करोड वर्ष पहिला यी दुई प्लेट आपसमा जुधेका थिए। त्यतिबेला दक्षिणतिर अवस्थित समुन्द्र हरायो। त्यतिबेला इन्डियन प्लेट युरेसियम प्लेटको मुनी छिर्यो।

त्यो छिर्ने क्रम आजपर्यन्त जारी छ। नेपालको हिमालय क्षेत्रको मुनी प्रतिवर्ष करिब दुई सेन्टिमिटरका दरले इन्डियन प्लेट युरेसियम प्लेटभित्र छिरिरहेको छ। त्यसरी एउटा प्लेट अर्को प्लेटमुनी छिर्दा जमिनबीच टकराव सिर्जना हुन्छ।

छिर्न खोज्ने प्लेट त सजिकै भित्र छिर्न सक्दैन। चट्टानहरुको अवरोध छिचोल्दै छिर्नुपर्ने हुन्छ। चट्टान त्यसरी छिर्ने र रोक्ने प्रक्रियाले टकराव सिर्जना हुन्छ। त्यो टकराव जब एउटा बिन्दुमा पुग्छ अनि चट्टानहरु फुट्न थाल्छन्। एताउता चिप्लिन्छन्।

त्यतिबेला त्यसको शक्ति भूकम्पको रुपमा पृथ्वीको सतहमा निस्कन्छ। चट्टानहरुले एकअर्काको दबाब थेगुन्जेल भूकम्प जाँदैन। जब दबाब थेग्न सक्दैनन् र चट्टान फुट्न थाल्छन्, अनि त्यो शक्ति भूकम्पको रुपमा बाहिर आउँछ।

पृथ्वीभित्रका दुई प्लेटबीचको त्यो शक्ति भूकम्पको रुपमा क्षिण भएपछि मात्रै त्यो ठाउँ पहिलाको अवस्थामा फर्किन्छ। नेपाल अथवा हिमालय क्षेत्रमा भूकम्प जानुनको कारण यहि हो। भूकम्पविद् अधिकारीका अनुशार पश्चिम नेपालमा ठूलो अथवा महाभूकम्प नगएको करिब पाँचसय वर्ष भएको छ ।

रेकर्डअनुसार वि.सं.१५०५ पछि पश्चिम नेपालमा महाभूकम्प गएको छैन। यसकै आधारमा पश्चिम नेपालमा महाभूकम्प जाने शक्ति पृथ्वीको गर्भमा संचित भएर बसेको उनको भनाइ छ । वि.सं.१९९० साल माघ २ गते पूर्वी नेपाल केन्द्रविन्दु भएर ८.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

Advertisement

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। पछिल्लो समय नेपालमा ठूला भूकम्प पूर्वी र मध्य नेपालमा मात्रै गएका छन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top