×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रवि पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गर्दै

२२ पुष २०८१

२२ पुष , काठमाण्डौ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा आज पनि जिल्ला अदालत कास्कीमा प्रतिवादी पक्षको बहस सुरु भएको छ । आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

Advertisement
Advertisement

जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस सुरु गरेका हुने । यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।

यसअघि लिला पछाईं र छविलाल जोशीका कानुन व्यवसायीलेहरुले सहकारीको पूरक अभियोगपत्र हदम्याद नाघेपछि दर्ता भएकोले खारेज हुनुपर्ने माग गरेका छन् । छविको पक्षमा बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले जोशीको पक्षबाट बहस गर्दै सहकारी ऐन अनुसार पूरक अभियोग ३५ दिने हदम्याद नाघेर आएकाले अभियोगपत्र नै बदर हुनुपर्ने माग राखेका हुन् ।

पहिलो अभियोग २०८० असोज १८ गते दर्ता भएको थियो । उक्त मुद्दामा थप प्रतिवादी रहेको र पुनः अनुसन्धान हुनुपर्ने भन्दै पीडितहरूले पूरक जाहेरी दिए । प्रहरीले पूरक जाहेरीकै आधारमा अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको हो ।

उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पुस ५ गते र ७ गते अभियोगपत्र दायर गरेको छ । पूरक अभियोगपत्र हदम्याद भन्दा ढिलो आएकोले बदर गर्नुपर्ने थापाको जिकीर छ । ‘पहिलो अभियोग दर्ता गर्दा १९ जना प्रतिवादी थिए ।

उक्त अभियोगभन्दा फरक तथ्य पछि फेला परेको छैन । मुद्दामा अनुसन्धान प्रक्रियामा नयाँ तथ्य फेला परे कसैलाई प्रतिवादी बनाउन सकिने उल्लेख छ । त्यो पनि ३५ दिनभित्रको हदम्याद उल्लेख छ,’ उनले भने, ‘यो पहिले नै उठिसकेको मुद्दा हो । नयाँ फ्याक्ट होइन, पूरक अभियोग चलाउनुपर्दैन । हदम्यादको हिसाबले पूरक अभियोग बदर हुनुपर्छ ।’

उनले पैसा लगेर मासिएको भनिएको गोर्खा मिडिया र नेचर हब्स जस्ता कम्पनीहरूलाई प्रतिवादी नबनाइएको भन्दै प्रश्न गरे । तर अभियोगपत्रमा दुवै कम्पनीलाई प्रतिवादी बनाइएको छ । थापाले राजनीतिक प्रतिशोध राखेर मुद्दा दायर भएको बताए ।

‘सहकारीबाट ऋण लिन नियमावली अनुसार सदस्य हुनुप¥यो । त्यो भित्र नभएको मान्छेले ऋण खाने कुरै भएन,’ उनी भन्छन्, ‘अभियोगपत्र नै गलत मनसायका साथ आयो । राजनीतिक प्रतिशोध राखेर आयो।’ उनले अदालतमा विचाराधीन मुद्दामा संसदीय छानविन विशेष समितिको औचित्यमाथि समेत प्रश्न उठाएका छन् ।

उनले बदलनियत राखेर यो मुद्दा हालिएको र प्रतिवादीविरुद्ध जालसाझी गरिएको तर्क गरेका थिए । उनले पोखरा महानगरको प्रतिवेदनपछि किन गोर्खा मिडियालाई प्रतिवादी नबनाइएको भन्दै प्रश्न उठाएका छन् ।

छवि पक्षका २ जनाले आइतबार बहस गरेका छन् । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने छन् ।

रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् । उनीहरुले रवि निर्दाेष रहेको तर्क अदालत समक्ष प्रस्तुत गर्नेछन् । रवि पक्षको बहस सम्भवत भोलिसम्म लम्बिने सम्भावना रहेको छ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

आजै काठमाडौंको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत रवि छविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन्।

Advertisement

सहकारी पीडितहरूको सर्वत्र आन्दोलन चलिरहेका बेला आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताएका छन् । अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीले बताउँदै आएका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top