तिब्बत भूकम्पले नेपालमा ६ घर भत्किए, विद्यार्थी बेहोस

२२ पुस ८१, मंगलबार

२३ पुष , काठमाण्डौ।

चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएको बीबीसीले जनाएको छ । सबै मृतकको संख्या तिब्बतकै हो । चीनले भूकम्प प्रभावित क्षेत्रहरूमा १५०० उद्धार टोली, ड्रोन तथा हवाई सेना परिचालन गरेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।

Advertisement

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिणपश्चिम चीनको जिजाङ स्वायत्त क्षेत्रको एक काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पपछि ज्यान बचाउन र हताहतलाई कम गर्न सबै उद्धार प्रयासको आदेश दिएका छन्।

Advertisement

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले घाइतेहरूको उपचारका लागि सक्दो प्रयास गर्न आदेश दिएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

उनले प्रकोपहरू रोक्न, प्रभावित बासिन्दाहरूलाई ठीकसँग पुनस्र्थापित गर्न र त्यसपछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने प्रयास गर्न पनि आग्रह गरेका छन् । भूकम्प अनुगमन र प्रारम्भिक चेतावनीलाई सुदृढ पार्नु, आपतकालीन उद्धार आपूर्तिहरू तुरुन्तै बाँडफाँड गर्न, क्षतिग्रस्त पूर्वाधार मर्मतलाई द्रुत बनाउन, बासिन्दाहरूको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र जाडोमा सबैका लागि सुरक्षित र न्यानोको ग्यारेन्टी गर्नु आवश्यक रहेकोमा समेत जोड दिएको समाचारमा उल्लेख छ ।

भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा सामान्य क्षति पुगेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुगेको छ ।

कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको छ । उनका अनुसार ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ । ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ ।

प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका– ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुंगाकै सिद्धीचरण नगरपालिका चुहान छापका हिमाल कार्कीको घरमा आंशिक क्षति पुगेको छ ।

सोलुखुम्बुको थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ । संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ ।

प्रहरीका अनुसार, काठमाडौंको स्युचाटारमा एक व्यक्तिले छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीका अनुसार, छतबाट हाम फालेका व्यक्तिको दुवै खुट्टामा चोट लागेको छ ।

उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार, बारामा ११ विद्यार्थी बेहोस भएका छन् । तर, उनीहरूको अवस्था अहिले सामान्य छ । भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top