नवाजकी #ले यूएईका शेखसँग हात मिलाउँदा बबाल, फतवाको माग

२४ पुष , एजेन्सी ।

शिकार खेल्नका लागि पाकिस्तान आएका युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँग पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले हात मिलाउने शैलीलाई लिएर पाकिस्तानमा हंगामा मच्चिएको छ।

पाकिस्तानमा मुख्य विपक्षी दल इमरान खानको पिटिआईसहित एमक्यूएम नेता अल्ताफ हुसेनले समेत उनको शैलीलाई लिएर कडा आपत्ति जनाएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरीको हात मिलाउनु गैर–इस्लामिक भनिएको छ। मरियम नवाजको एउटा फोटो सोसल मिडियामा भाइरल भएको छ। साथै मौलानाबाट मरियम नवाजविरुद्ध फतवा जारी गर्न माग गरिएको छ।

मरियम नवाजले आफ्ना काका शाहबाज सरिफसँगै पञ्जाब प्रान्तको रहिम्यार खान विमानस्थलमा युएईका राष्ट्रपतिलाई स्वागत गरेकी थिइन् । “सम्मानित मुफ्ती, विद्वान र इस्लामिक काउन्सिलका सदस्यहरू, कृपया मरियम नवाज विरुद्ध गैर–महरम व्यक्तिसँग हात मिलाएकोमा सर्वसम्मतिले फतवा जारी गर्नुहोस्“, एमक्यूएमका नेता अल्ताफ हुसेनले ट्विट गरेका छन्।

प्रिय मुफ्ती र विद्वान पाकिस्तानी जनता मरियम विरुद्ध सर्वसम्मतिले फतवा जारी हुने बेला तपाईँबाट सुन्नको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्। संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शिकार गर्न पाकिस्तान आएको उनले बताएका छन् ।

उनीहरूलाई पन्जाबभित्र जमिन पनि दिइएको छ र त्यहाँ शाही दरबार पनि बनाइएको छ। लन्डनमा निर्वासनमा बस्ने अल्ताफले मरियमको हात मिलाउँदा गम्भीर प्रश्न उठेको बताएका छन् । त्यो पनि जब सरिफ परिवारले आफूले शरियाको आधारमा शासन गरेको दाबी गर्छन्।

युएईका शासकसँग मरियम नवाजको हात मिलाउने उद्देश्य के थियो भनेर उनले प्रश्न गरेका छन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिसँग हात मिलाउनु इस्लामअनुसार सही हो कि होइन भनेर बताउन उनले पाकिस्तानी मुफ्तीहरूसँग पनि माग गरेका छन् ।

मुफ्तीले यसलाई होइन भनेभने उनीहरुलाई पाकिस्तानी महिलाको अपमान गर्ने कुनै अधिकार नरहने बताएका छन् । यस्तै इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का नेता शाहबाज गिलले युएई र पाकिस्तानबीचको सम्बन्धको प्रशंसा गरेका छन् ।

तर सरिफ परिवारको व्यवहारको आलोचना गरेका छन् । उनले सरिफ परिवारले कूटनीतिक नियम र प्रोटोकल उल्लङ्घन गरेको आरोप लगाएका छन् । मरियमको हात मिलाउने तस्वीरका विषयमा पाकिस्तानी सोसल मिडियामा बहस चलिरहेको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पाकिस्तानले दशकौँदेखि खाडी देशहरूबाट धनी शेखहरूलाई शिकार गर्न आमन्त्रित गर्दै आएको छ। बदलामा पाकिस्तानले धेरै पैसा कमाउँछ। यसका माध्यमबाट पाकिस्तानले खाडी देशहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउँछ।

खाडी देशका यी शेखहरू हुबारा चराको शिकार गर्न आउँछन् जसको मासु शारिरीक शक्ति बढाउनमा प्रभावकारी मानिन्छ। संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिले सेनाका जवान र हरेक विलासितापूर्ण वस्तु आफूसँगै ल्याएका छन्।

उनी आफ्नो पाकिस्तानी दरबारमा करिब एक हप्ता बस्नेछन्। इस्लाममा, विशेषगरी शरिया कानून अनुसार, महिलाहरूले परपुरुषसँग हात मिलाउनुलाई अनुमति दिइँदैन। यो नियम इस्लामी शिक्षाका केही विद्यालयहरूमा कडाइका साथ पालन गरिन्छ, जबकि अन्य ठाउँमा यसलाई फरक दृष्टिकोणबाट हेरिन्छ।

परपुरुषसँग हात मिलाउनुले अप्रत्यक्ष रूपमा निकटता ल्याउने भएकाले कतिपय विद्वानहरूले यसलाई अनुचित मान्छन्। केही हदीसहरूमा, महिलाहरूले परपुरुषसँग हात नथाप्नुपर्ने उल्लेख छ।

पैगम्बर मोहम्मदले समेत आफूले कहिल्यै पराई महिलासँग हात नथापेको कुरा उल्लेख गरिएको छ। तर केही आधुनिक इस्लामी विद्वानहरूले यो नियमलाई सांस्कृतिक सन्दर्भमा व्याख्या गर्दै, औपचारिक अवसरहरूमा हात मिलाउनु स्वीकार्य हुन सक्ने तर्क गरेका छन्। तर यसका लागि उनीहरूले नियत र सन्दर्भको महत्त्वमाथि जोड दिने गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top