×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान

१२ आश्विन २०७५

विराटनगर, असोज ११
विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका मानिसहरु खाद्यान्न, लत्ताकपडा लगायतका घरायसी सामग्री किन्न दैनिक त्याहा पुग्ने गरेका छन् ।

दशै लाग्ने तरखरसगै यतिबेला सिमापारीको बजार जोगबनी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भरीभराउन हुने गरेको छ । अन्य समयमा पनि निकै चहल पहल हुने जोगबनी बजारका मुख्य ग्राहक भने नेपाली उपभोक्ता हुने गरेका छन् ।

Advertisement
Advertisement

जोगबनी बजार नेपाली उपभोक्ताले भरी भराउन भएपनि सिमावर्ती बजार विराटनगर लगायतका पूर्वका ठूला शहरका बजारमा भने अहिलेसम्म दशैको लागि किनमेलको रौनकता देखिदैन । ७ किलोमिटिर दक्षिणको सिमापारीको बजार जोगबनी नेपाली उपभोक्ताको कारण भिडभाड हुदा विराटनगर बजार भने सुनसान देखिन्छ ।

नेपाली बजार भन्दा सस्तो

नेपाली बजारको तुलनामा भारतीय सिमावर्ती बजार जोगबनीमा विशेष गरी किनमेल गर्ने सबै वस्तुहरु त्यहाँ निकै सस्तो पाइन्छ । सस्तो मूल्यमा सामान पाइने भएकाले नेपाली उपभोक्ता समय खर्चेर निकै टाढाटाढा बाट समेत किनमेलमा लागि जोगबनी पुग्ने गरेका छन् ।

सुनसरीको तरहराबाट समान खरिदका लागि जोगवनी बजार आएकी रमिला विकले नेपाली बजारको तुलनामा निकै सस्तो मुल्यमा खाख्यन्न,लत्ताकपडा र धरायसी सामानहरु पाइने भएकाले आफुहरु जोगवनी बजारमा किनमेलका लागि आउने गरेको बताइन् ।

विकले भने जस्तो नेपाली उपभोक्ता भारतीय जोगबनी बजारमा किनमेलका लागि पुग्ने क्रमसगै विराटगरका कुनै पनि पसल राम्रोसँग चल्न सकेका छैनन् ।जसका कारण नेपाली व्यापारीहरु लामो समयदेखि मारमा पदै आएका छन् ।

किन जान्छन, सिमापारीको बजार नेपाली उपभोक्ता ?

सिमावर्ती नेपाली बजार विराटनगर र सिमापारीको बजार जोगबनीमा उपभोग्य सामाग्रीहरु प्रतिकेजी न्युनतम १० रुपैयादेखि १ सय रुपैयासम्मको मुल्य अन्तर हुने गरेको पाइन्छ । सिमापारीको जोगबनी बजारमा मनसुली चामल प्रति वोरा (२५) केजीको रु १ हजार २ सय ५० रहेको छ भने विराटनगरमा सोही चामलको मुख्य उतिनै परिणमको तौलमा १ हजार चार सय रुपैया रहेको छ । यसैगरी अन्य उपभोग्य वस्तुमा पनि जोगवनी र विराटनगरमा निकै मूल्य अन्तर रहेको छ ।

ठूलो डिपार्टमेन्ट स्टोरमा उपभोक्ताको आकर्षण वढदै

पछिल्ला समय पुर्वी नेपालका ठुला शहर विराटनगर,धरान ,इटहरी,दमक,विर्तामोड लगायतका शहरमा खुलेका ठुला डिपार्टमेन्ट स्टोरमा नेपाली गा्रहकको मोह बढेको देखिन्छ । ठूला डिपार्टमेन्ट स्टोरले नेपाली उपभोक्तालाई सिमापारीको बजार जोगबनी र पानीटंयाकी जानलाई केही हदसम्म भएपनि रोकेको छ । याँहाका डिपार्टमेन्टमा विहानदेखि साँझ अबेरसम्म ग्राहकहरुको भिडले भरिन्छ ।

उपभोक्ताहरुको आकर्षण र प्रवाह जोगबनीतिरै भएपनि ठूलो लगानीमा खुलेका डिपार्टमेन्टले जोगबनी र पानी ट्याकीबाट ठुला डिपार्टमेन्ट स्टोरमा केही हदसम्म भएपनि उपभोक्ताको यूर्टन गर्न सफल भएका छन् ।

यद्यपी विराटनगरका जनताहरुको जोगबनी मोह भने अझै हटेको भने छैन । झोलामा सामान ल्याउन भन्सार नियम खुकुलो भएपछि जोगबनी ’प्यार’ अझैसम्म कायम छ । भन्सार शुल्क धेरै भएका केही आइटममा जोगबनीको भन्दा कम मूल्यमा दिन नसकिने भएकोले केही उपभोक्ताहरुको भिड उतै केन्द्रित भएको विराटनगरका ब्यापारी स्वीकार गर्छन्।

ठगिदै नेपाली उपभोक्ता

सिमापारीको बजार भनेर चिनिने जोगबनी र पानीटं्याकीमा नेपाली उपभोक्ता सस्तोको नाममा ठगिने गरेका छन् । किनमेलका लागि जोगबनी र पानीटंयाकी बजार पुग्ने नेपाली उपभोक्ता कम गुणस्तरका सामाग्री खरिददेखि कम तौल,मिसावट खाद्यय सामाग्री र प्लोस गरिएका खाद्यय सामाग्री खरिद गरी ठगिने गरेका छन् । उनीहरुलाई कतिपय व्यपारीले कपडामा समेत नापमा समेत ठग्ने गरेको छन् ।

विराटनगरका उपभोक्ता कमलराज दाहालले जोगबनी किनमेलका लागि जाने नेपाली उपभोक्ता प्याकेट गरिएका सामानदेखि खुल्ला विक्रीका सामानसमेतमा ठगिने गरेको बताए । नेपाली उपभोक्ताले जोगबनी र पानी टंयाकी बजारबाट ल्याएको खाध्य सामाग्री कम गुणस्तरीय भएपनि त्यसबारेमा अनुसन्धान गर्ने र उजुरी गर्ने ठाँउ समेत नहुदा नेपाली उपभोक्ता थप मारमा पर्ने गरेको दाहालको भनाई छ ।

विराटनगरस्थित क्वालीटी स्टोरका सञ्चालक कमल अग्रवालले जोगबनी बजारमा प्राय कमशल खाध्य सामाग्री विक्रीका लागि राखिने गरेको बताए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख निमांश अधिकारीका अनुसार पहिलेको तुलनामा नेपाली उपभोक्ता किनमेलका लागि जोगबनी बजार पुग्ने क्रम अहिले कम भएको छ । नेपाली उपभोक्ता किनमेलका लागि जोगवनी जाने क्रममा उनीहरुले खरिद गर्ने सामाग्री ठुलो मात्रमा दैनिक भित्रिने गरेको छ ।त्यसको लेखाजोखा भने भन्सार कार्यालयमा रहने गरेको छैन ।

Advertisement
Advertisement

भन्सार कार्यालयले न्युन बिल बिजकिकरण १ हजारसम्मको छुट दिएको छ तर नेपाली उपभोक्ता जोगबनी बजार किनमेल गरी फर्कदा ५ हजारसम्मको सामान खरिद गर्न भन्सार कार्यालयले छुट दिएको छ । ठूलो संख्यामा नेपाली उपभोक्ता दैनिक सिमापारीको बजार जोगबनी किनमेलका लागि जादा ठूलो मात्रामा नेपाली पैसा समेत विदेशिने गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top