×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

सिद्धबाबा सुरुङमार्गमा ‘ब्रेक थ्रु’, कहिले गुड्छन् गाडी ?

११ माघ २०८१

११ माघ , काठमाण्डौ।

ठूलाठूला पहाडका टाकुरा एकैछिनमा झिलिमिली सुरुङमार्गबाट छिचोलेको अनुभव धेरै नेपालीले विदेशी भूमिमा गरिसकेका छन् । उनीहरुको पनि अपेक्षा छ सबै नेपालीले घटौंसम्म यात्रा गर्नुपर्ने नागबेली सडकको साटो यस्तै सुरुङमार्गबाट सहजै छिटोछरितो रुपमा यात्रा गर्न सकुन् ।

Advertisement
Advertisement

अनि चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला र ? विदेशी भूमिमा सुरुङको विकास लामो समय अघिदेखि नै भए पनि नेपालमा भने ब्यवस्थित रुपमा ढिलो गरी यसको शुरुवात गरिँदैछ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअलरूपमा ब्रेक थ्रु गरेका हुन् ।

प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् । भर्चुअल सम्बोधनमा उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताए ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ’, प्रधानमन्त्रीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ ।

हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।’ कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

नेपाल सरकार र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग बनाउने ठेक्का सम्झौता भएको थियो।

आज १ किलोमिटर ८९ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको हो। ३ वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो। सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।

२०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी उक्त सुरुङमार्गको ठेक्का लगाएको थियो। आयोजनाका अनुसार सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी गुड्न अझै एक वर्ष बढी लाग्नेछ।

सुरुङमार्गको कुल भौतिक प्रगति ४०.१८ प्रतिशत हुँदा वित्तीय प्रगति ३९.९० प्रतिशत छ। सुरुङमार्गको काम २०८३ सालमा सक्ने योजना आयोजनाको रहेको छ।यसअघि गएको वैशाख ३ मा देशकै मुख्य गौरवको आयोजनाका रुपमा रहेको नेपालकै पहिलो आधुनिक सुरूङ मानिएको नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ मार्गको ब्रेक थ्रु भएको थियो ।

यसको ब्रेक थ्रु तत्कालीन पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । त्यसको ठीक २३ दिन पछाडिनै उनैले देशको अर्काे प्रमुख गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्गको ‘ब्रेक थ्रु’को स्वीच थिचेका थिए ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसाली वागमती नदी हुँदै वागमती सिंचाई आयोजनामा पु¥याउने छ ।

प्रचण्डले वैशाख ३ गते ब्रेक थ्रु गरेको नागढुंगा सुरुङ मार्ग भने दुई हजार ६८८ मिटर लामो रहेको छ । यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।

यो सुरुङमार्गको काम अहिले अन्तिम चरणमा छ । नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ कुल २२ अर्ब रूपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले ठेक्का लिएको थियो ।

आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। यसको सिलान्यास भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए । सुनकोशी मरिण डाइभर्सन भने चिनियाँ प्राविधिकहरुले बनाइरहेका छन् ।

यसबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ। विसं २०८४ को असोजसम्म आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

२०७६ चैतमा बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ ।’ पछि नागढुंगामा बन्ने सुरुङमार्ग शिलान्यास गर्दा पनि उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका थिए ।

नागढुङ्गा र सिद्धबाबा मात्रै होइन काठमाडौं तराई–मधेश दू््रतमार्ग (फाष्ट ट्रयाक) मा तीनवटा सुरुङमार्ग रहेका छन् । नेपाली सेनाले निमार्ण गरिरहेको यो द्रूतमार्गमा महादेवडाँडा ३.३५ किलोमिटर, धोन्द्रै १.३७ किलोमिटर र लेनडाँडा १.४ किलोमिटरका ३ वटा सुरुङमार्ग निर्माण हुनेछन् ।

फाष्ट ट्राकमा पर्ने सुरुङमार्ग र त्यहाँ बनाइने पुल निर्माणका लागि ४३ अर्ब ६६ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको सेनाले बताएको छ । यस्तै धरान–धनकुटा सुरुङमार्गमा पनि तीनबटा सुरुङमार्ग बन्ने योजना छ ।

अपर तामाकोशीमार्गमा चीन जोड्नका लागि सुरुङमार्ग निमार्ण गरिने छ। विपी राजमार्ग खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङमार्ग निर्माण गरिनेछ भने काडमाडौंको टोखा–छहरे–गुर्जभंज्याङ, वेत्रावती–स्याफ्रबेशी सुरुङमार्ग बनाइनेछ ।

कुलेखानी–भीमफेदी सुरुङमार्ग समेत आयोजनमा रहेको छ । बिज्ञहरु भने नेपालमा मानव निर्मित सुरुङको प्रयोग ४ सय वर्ष पहिल्यै पाल्पाको अर्गलीबाट सुरु भएको दाबी गर्छन् । नेपाल टनेलिङ एशोसियसनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो हो ।

एशोसिएसनका अनुसार नेपालमा अहिलेसम्म करिब २५१ किलोमिटर सुरुङ बनिसकेको छ । तर, यीमध्ये सुरुङ मानिसका लागि नभएर जलविद्युत आयोजनामा बनेका हुन् । नेपालमा पहिलो हाईड्रो सुरुङ रुपन्देहीको तिनाउमा बनेको थियो ।

तिनाउ जलविद्युत आयोजनाका लागि सन् १९७४ मा यो सुरुङ खनिएको थियो । नेपालमा पहिलोपटक पाल्पामा मानिसद्वारा नै सिचाइ सुरुङ खनिएको विश्वास गरिन्छ । १.५ किलोमिटर लामो यो सुरुङ ४ सय वर्ष पुरानो हो ।

नेपालको पहिलो सुरूङमार्ग (रोड टनेल) भने हेटौंडा–पथलैया सडक खण्डको चुरियामाईमा खनिएको थियो । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको प्रमाणहरु छन् । यो सुरुङमार्गलाई एसियाकै पहिलो भनेर पनि दावी गरिन्छ ।

नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । विज्ञकहरुका अनुशार सुरुङ खानेपानी, सिँचाई लगायतका परियोजनामा निर्विकल्प हुन्छ भने सडक परियोजनामा आर्थिक तथा वातावरणीय लाभको लेखाजोखा गरेर बनाउनुपर्ने हुन्छ ।

महंगो भन्दै सुरुङ प्रविधिमा जान अल्मलिए विकासको गतिमा नेपालले फड्को मार्न थप समय कुर्नुपर्नेछ । नेपालकै कर्णालीवासीले अझैपनि गाडी चढ्न घटौ हिड्नु पर्ने बाध्यता एकातिर छ भने पहाड चढेर बेसी झर्ने पुरानो सोचलाई अब सुरुङ प्रविधिले विस्थापन गर्र्नुपर्ने आवाज बुलन्द हुँदै गएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top