×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

इजरेलले भन्यो, विपिन गाजामै छन् तर रिहा कहिले ?

१७ माघ २०८१

१७ माघ, एजेन्सी ।

युद्धविरामको सम्झौताअनरुप आज प्यालेष्टिनी सशस्त्र समूह हमासले थप ८ बन्दी रिहा गर्दैछ । हमासले आज थप तीन इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ ।

Advertisement
Advertisement

पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।

गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।

तर इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ । हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन् ।

आज रिहा हुने सूचीमा नेपाली बन्धक परेका छैनन् । द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’

सामाजिक संजालमा विपिनको नाम समेत रिहा हुने सूचीको ५८ औं नम्बर रहेको भन्दै सार्वजनिक गरिएको भनिएपनि अन्तर्राष्ट्रिय समाचार संस्था रोर्यटसले इजरायलले कुनै आधिकारिक सूची सार्वजनिक नगरेको बताएको छ ।

यसबारे थप आधिकारिक पुष्टि हुन बाँकी छ। इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ । यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन् ।

यस क्रममा हमासले आज तेस्रोपटक बन्धक रिहा गर्न लागेको हो । यसअघि दुईपटक गरेर हमासले ७ बन्धक तथा बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरिसकेका छन् । गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण गरेको हो ।

इजरायली जवाफी आक्रमणमा ४७ हजारभन्दा बढी गाजाबासी मारिएका छन् । इजरायली आक्रमणमा हमासका पनि हजारौँ लडाकु मारिए । हमासका सैन्य प्रमुख यह सिन्वर पनि इजरायली आक्रमणमा मारिए ।

Advertisement

यो १५ महिने युद्धका क्रममा हमासको हतियार भण्डार समाप्त भएको छ । तर, युद्धविराम भएसँगै गाजा क्षेत्रमा हमासको उपस्थिति देखिएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top