कहिल्यै मिल्न नसक्ने प्रचण्ड–बाबुरामः मित्र कि शत्रु ?

१६ माघ ८१, बिहीबार

१७ माघ,काठमाण्डौ

कुनै बेलासंगै बाच्नेसंगै मर्ने कसम खादै बन्दुक बोकेर देशमा व्यवस्था परिवर्तन गरी जनताको अवस्था फर्ने भन्दै जङगल पसेका दुइ नेता बीचको सम्बन्धले नेपाली राजनितिमा निकै हलचल ल्याउने गर्छ । लामो समयदेखि दुई सहयोद्धा बीच प्रेम–घृणाको सम्बन्ध चल्दै आएको छ ।

जनयुद्धका यी सहयोद्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई अहिले फरक पार्टीको नेतृत्व गरिरहेका छन् । भारतपरस्त र राजापरस्तको आरोप लगाउँदै जुहारी खेलिरहेका प्रचण्ड–बाबुराम चुनवाङ बैठकमा एकताबद्ध भएका थिए ।

Advertisement

सोही बैठकबाट तत्कालीन माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभा निर्वाचनको नीति अगाडि सारेको थियो । जुन एजेण्डा सार्दा बाबुराम कारबाहीमा परेका थिए । प्रचण्ड र बाबुरामको अन्तरसंघर्ष र कारबाहीको सिलसिला सशस्त्र युद्धकालभरि पनि नचलेको हैन् ।

तर शान्ति प्रक्रियामा आइसकेपछि सोह्रखुट्टे, नयाँबजारमा एउटै घरमा डेरा बसेका प्रचण्ड र बाबुरामको सम्बन्ध लामो समय टिक्न सकेन । प्रचण्डको बुझाइमा बाबुराम एकदमै अप्ठ्यारा नेता हुन् भने बाबुरामको बुझाइमा प्रचण्ड अवसरवादी र बेइमान हुन् ।

बुधबार मात्रै नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै बाबुरामले प्रचण्डलाई लक्षित गर्दै भने, ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे ।

सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरुबाट ठगिएको चाँही हो । ’कोही साथीहरू त्यसैमा खाऊँ, पिऊँ, मस्ती गरौं भन्नेमा हुनुहुन्छ । प्रचण्डजी पनि त्यसैमा हुनुहुन्छ । नेपालीमा एउटा भनाइ छ, बरु भात छोड्नु तर, साथ नछोड्नु ।

तर यी दुई नेता बीचमा चाँही यो भनाइ सार्थक हुन सकेन् । चुनवाङ बैठकको समझदारी र एकताको बलमा पहिलो संविधानसभाबाट माओवादी मुलुककै सबैभन्दा ठूलो शक्ति बने पनि माओवादीको पालुङटार प्लेनमले चुनवाङ बैठकका निर्णयलाई चुनौती दिँदै विद्रोहको लाइन लिएको थियो ।

पार्टीभित्र लाइन फरक परेपछि त्यतिबेलैबाट बिजारोपण भएको प्रचण्ड–बाबुरामको झगडा अन्ततः राजनीतिक डिभोर्समा गएर टुंगिएको थियो । आरोप–प्रत्यारोप र खिसीटिउरीका श्रृङ्खला पार गरेर आएका नेताहरूले सार्वजनिक मञ्चबाट एकले अर्को अतिशयोक्तिपूर्ण प्रशंसा मात्रै गरिरहेका छैनन्, पत्यारै नलाग्ने ‘त्याग’ पनि गर्ने गरेका छन् ।

‘अब प्रचण्डसँग लत्रिएर बस्दिनँ’ भन्दै २०७२ मा आफैंले चार दशक बढी जीवनको ऊर्जा खर्चिएर बनाएको पार्टी परित्याग गरेका बाबुरामले ७९को निर्वाचनमा आफूले लड्दै आएको गोर्खाको चुनाव क्षेत्रनै प्रचण्डका लागि त्याग गरिदिए ।

तर केही महिना भित्रै आफ्नो त्यागले बाबुरामलाई भत्भती पोल्न थालेको थियो । बाबुरामले निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर उनीसँगको सम्बन्धलाई फेरि नयाँ सिराबाट गास्न खोजेका थिए । निर्वाचनपछि पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

तर, प्रचण्डको खोलो तरेपछि लौरो विर्सने प्रवृत्तिका कारण बाबुरामसँगको सम्बन्धमा फेरी शत्रुतामा नै वदलियो । बाबुरामले पार्टीको नामलक्षित परिकल्पना गरेको समाजवादी मोर्चा नै प्रचण्डले हाइज्याक गरिदिए ।

प्रचण्डले २०८० असारमा बाबुराम विनाको समाजवादी मोर्चाको घोषणा गरेपछि बाबुराम पार्टी एकता र वैकल्पिक शक्तिको सपनाबाट झल्यास ब्युँझिएका थिए । यद्यपि समाजवादी मोर्चाबाट बाबुराम उछिट्टिनुमा प्रचण्ड मात्रै होइन उपेन्द्र यादव समेत तगारो बनेका थिए ।

बाबुरामले प्रचण्डबाट भोगेको यो मात्रै अन्तिम चोट होइन । उनकै सहअध्यक्ष महिन्द्रराय यादव समेत अहिले माओवादी कित्तामा छन् । उनले समूह माओवादीसँगको एकताको अन्तिम घडीमा रहेको छ । त्यसयता बाबुराम प्रचण्डलाई चुनाव क्षेत्र छाड्नु आफ्नो गल्ती भएको पटक पटक बताउने गरेका छन् ।

बाबुरामको प्रवृति व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर लाग्ने अवसरवादीहरूको खेलौना भएको जस्ता आरोप प्रचण्डले लगाउने गर्छन् । तर प्रचण्ड र बाबुराम दुबै अस्थिर छबि भएका नेता हुन् ।

अतिमहत्वाकांक्षाबाट प्रचण्ड र बाबुराम दुबै अछुतो छैनन् । उतार–चढावमय प्रचण्ड र बाबुरामको यही सम्बन्धमा दुवैको व्यक्तिगत महत्वाकाङ्क्षाले चिसोपन थप्दै आएको छ । प्रचण्डलाई एउटा आरोप लाग्छ उनी आफ्नो स्वार्थ पुरा गर्न जोसँग पनि मिल्न तयार हुन्छन ।

प्रचण्डले कसलाई कतिबेला धोका दिन्छन अत्तोपत्तो हुँदैन । जनयुद्धको सहयात्री बाबुराम भट्टराई, मोहन बैद्यदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधवकुमार नेपालसम्मलाई प्रचण्डले धोका दिएका छन् ।

प्रचण्डको धोकाबाट ओली पनि अछुतो छैनन् । यसमा पनि एउटै यात्रामा हिडेका भट्टराईलाई प्रचण्डले सबैभन्दा ठूलो चोट दिएका छन् । माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ता संकटमा परेको बेला भट्टराईले एकजुट हुन खोजे पनि प्रचण्डको प्रवृत्तिले मिल्न दिँदैन ।

यसैले बाबुरामले निष्कर्ष निकालेका छन्, पुरानाहरुसँगको सहकार्य सफल र उपयोगि भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

पार्टीका प्रमुख नेताहरु बीचको झगडाले नेता कार्यकर्ताले मात्र हैन देश र जनताले समेत दुःख पाइरहेका छन् । २०४६ सालको प्रजातन्त्र स्थापनापछि प्रमुख दल नेपाली कांग्रेसमा दुइ नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला बीचको झगडा नै यो देशको समुन्नती र स्थायी सरकारका लागि वाधक बन्न पुग्यो ।

त्यसपछि गिरिजाप्रसाद र शेरवहादुर देउवा बीचको टकरावले लोकतन्त्र नै खतरामा पुग्यो । तत्कालीन नेकपा एमालेका माधवकुमार नेपाल र केपी शर्मा ओली हुन् या वामदेब गौतम, प्रजातन्त्र पछि खुलेका दलहरु भित्रै एकले अर्कालाई सक्ने प्रयास हुँदा दलहरु नै सकिएका इतिहास साक्षी छन् ।

नेपालको राजनीतिमा नेताहरूबीचको प्रतिस्पर्धा स्वाभाविक हो, तर पार्टीभित्रको द्वन्द्वले सम्पूर्ण देशले क्षति व्यहोर्दै आएको छ। अब राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्थिरता र समृद्धिको बाटो पहिल्याउने कि इतिहासकै गलत क्रमलाई निरन्तरता दिने? यही प्रश्न नेपाली जनताका लागि आज पनि अनुत्तरित छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top