×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

चन्द्रमामा चीनले अब उडाउने छ हेलिकप्टर

२२ माघ २०८१

२२ माघ ,एजेन्सी ।

चीन एआईको मामिलामा अमेरिकाभन्दा अगाडी दौडिरहेको देखिदै छ । प्रविधिसंगै अतंरिक्ष गतिविधिहरुमा पनि चीनले सघन रुपमा काम गरिरहेको छ । यसैक्रममा चन्द्रमा पनि चीनको प्रगति उल्लेख्य भएको देखिएको छ ।

Advertisement
Advertisement

खासमा चन्द्रमालाई लिएर चीनले ठूलो योजना बनाएको छ । उसले अब आगामी वर्ष नै चंद्रमाको सबैभन्दा टाढाको क्षेत्रमा उडान भर्ने रोबोट पठाउने योजना बनाइरहेको छ । जसले चन्द्रमामा जम्मा भएको पानीको खोज गर्नेछ ।

यदि चीन यसमा सफल भयो भने चंद्रमामा खोजका लागि यो महत्वपूर्ण कडी हुन सक्छ । उड्ने खालको चीनको ‘फ्लाइंग डिटेक्टर’, चांग’ई–७ मिशनको हिस्साका रुपमा चंद्रमाको दक्षिणी ध्रुवमा पठाइने छ ।

यो मिशनको उद्देश्य भनेको चीनले आगामी पाँच वर्षमा चन्द्रमामा अंतरिक्ष यात्रीहरुलाई पठाउने जनाएको छ । त्यसलाई सहयोग गर्ने यसको उद्येश्य हो ।खासमा चीन अंतरिक्षका अमेरिकासहित अन्य देशहरु मध्येमा प्रमुख खेलाडी बन्ने प्रयासमा लागेको छ ।

जुन वैज्ञानिक दृष्टिकोणले पनि चीनका लागि फाइदाजनक छ साथै संसाधनहरु र राष्ट्रिय सुरक्षाका लागि पनि आवस्यक छ । यद्यपि पानी फेला पर्नु चंद्रमामा कुनै नयाँ कुरा भने होइन । गत वर्ष चांग’ई–५ मिशन अन्तर्गत चिनियाँ वैज्ञानिकहरुले चन्द्रमाको माटोमा पानी खोजेका थिए ।

यसअघि अमेरिकी अंतरिक्ष एजेंसी नासा र भारतीय अंतरिक्ष यानले पनि चन्द्रमामा पानी भएको दाबी गरिसकेका छन् । तर,वैज्ञानिकहरु ठान्दछन् कि चंद्रमाको सुदूरको सतहमा रहेका खाडलहरुमा बरफ छन् जुन भविष्यको मिशनमा पानीको स्रोत बन्न सक्छन् ।

यस्तोमा चीनले चंद्रमाको दक्षिणी ध्रुवमा एक बेस बनाउने तयारी गरिरहेको छ । चिनियाँ अंतरिक्ष एक्सपट्र्सका अनुसार त्यहाँ रहेका गहिरा खाडलहरुमा पानी रहेको अधिक संभावना छ । सीएनएनको रिपोर्टका अनुसार चीनको लूनर एक्सप्लोरेशन प्रोजेक्टका डिजाइनर वू भेरेनले भनेका छन् कि यो उड्ने खालको डिटेक्टरले एक वा दुई खाडलहरुको अन साइट जांच गर्नेछ।

किनभने बरफ पत्ता लागेमा एक त स्पेस अभियानहरुको लागत कम हुनेछ यस्तै मानव जीवनलाई चंद्रमा विस्तार गर्न पनि सहयोगी बन्नेछ । कयौं एक्सपट्र्सको भनाइ छ कि चन्द्रमामा रहेको पानीको प्रयोग कयौं कारकहरुमा निर्भर रहने छ, जस्तो कि पानीको मात्रा र त्यसको रसायनिक संरचना ।

चीनको राष्ट्रिय अंतरिक्ष प्रशासनले हालैका वर्षहरुमा एकपछि अर्को कयौं चंद्रमा मिशनहरुलाई अंजाम दिएका छन् । गत वर्ष पनि चन्द्रमाको टाढाको क्षेत्रमा चीन पुगेको थियो । यस मिशनका माध्यमले चीन नै पहिलो देश बन्यो जसले चंद्रमामा सबैभन्दा टाढाको क्षेत्रबाट स्याम्पल लिएर फर्किएको थियो ।

Advertisement

चीनको अबको लक्ष्य २०३० सम्म मानिसहरुलाई चन्द्रमामा पठाउनु रहेको छ । यसअघि २०२६ मा चांग’ई–७ मिशन पठाइने छ, जसले दक्षिणी ध्रुवको सबैभन्दा विस्तृत सर्वेक्षण गर्नेछ । यसमा ल्याण्डर, रोवर र फ्लाइंग डिटेक्टर सामेल हुनेछन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top