NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार बिहिबार अशोज ३० , २०८२
२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ? बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ? बिहिबार अशोज ३० , २०८२
रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ? बिहिबार अशोज ३० , २०८२
जेनजी आ न्दो ल न भ ड्का उन टिओबीको हात रहेको प्रहरीको प्रारम्भीक अनुसन्धान बिहिबार अशोज ३० , २०८२
Next
Prev

समाचार

नेपालमा एआईका कस्ता नियम बनाउने ? सुझाव दिनुस्

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ माघ ,काठमाण्डौ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रयोगलाई दृष्टिगत गर्दै नेपाल सरकारले समेत एआई नीतिको मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त मस्यौदा सार्वजनिक गर्दै ७ दिनको म्याद दिएर सुझावसमेत मागेको छ ।

नीतिको आवश्यकताबारे प्रष्ट्याउँदै मन्त्रालयले नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवद्र्धन गर्न र एआई प्रविधिको नियमन मार्फत उक्त प्रविधिवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न भनेको छ ।

यस नीतिले डाटाको सहज पहुँच, डाटा इकोसिस्टमको निर्माण, एआई साक्षारता तथा दक्षता अभिवृद्धि गर्दै दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोग मार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सक्ने पनि विश्वास लिइएको छ ।

सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) नियमनका लागि संघमा ‘एआई नियमन परिषद्’ र प्रदेश तथा स्थानीय तहमा ‘समन्वय संयन्त्र गठन’को प्रस्ताव गरेको छ । ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदामार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार एआईसम्बन्धी नीतिको मस्यौदा सार्वजनिक गर्दै सरोकारावालासँग सुझाव माग गरेको हो । मस्यौदामा एआईको सुरक्षित प्रयोग एवं दिगो विकासका लागि कानुनी, संस्थागत र पूर्वाधार संरचना बनाइने उल्लेख छ ।

‘एआईको विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग समेत अनुकूलन हुने गरी कार्य गर्न एक एआई नियमन परिषद् गठन गर्ने, एआईसम्बन्धी मुख्य निकायको रूपमा कार्य गर्न राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने,’ मस्यौदामा भनिएको छ, ‘प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य गर्ने संयन्त्र निर्माण गर्ने ।’

संघ र प्रादेशिकस्तरका विश्वविद्यालय र अध्ययन तथा अनुसन्धान गर्ने निकायमा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि एआई एक्सिलेन्स सेन्टर स्थापना गर्न प्रोत्साहन गर्नेसमेत मस्यौदामा उल्लेख छ ।

सरकारले गत असारमा पहिलोपटक एआईको प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको थियो । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झन्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको थियो ।

प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको थियो । सोही अवसधारणाअनुसार सरकारले एआईसम्बन्धी नीतिनिर्माण गर्न लागेको हो ।

नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवद्र्धन गर्न र एआई प्रविधिको नियमनमार्फत उक्त प्रविधिबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न एआईसम्बन्धी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा एआईको योगदान बढाउने लक्ष्य लिएको छ । एआईसम्बन्धी नीतिको मस्यौदामा नवप्रवर्तन, उद्यमशीलताको प्रवद्र्धन, विद्यमान संरचनाहरूको सबलीकरण तथा क्षेत्रगत समन्वय र सहकार्यमार्फत जिडिपीमा एआई क्षेत्रको योगदान बढाउने लक्ष्य राखिएको छ ।

मस्यौदामा एआई प्रणालीको विकास र सक्रिय, समावेशी तथा नैतिक प्रयोगबाट समुन्नत नेपालको निर्माण गर्ने दूरदृष्टि राखिएको छ । एआईको रूपान्तरणकारी सम्भावनालाई उपयोग गर्दै सामाजिक तथा आर्थिक वृद्धि हासिल गर्ने सरकारी ध्येय रहेको मस्यौदामा उल्लेख छ ।

प्रस्तावित नीतिमा सुरक्षित र दिगो एआई इकोसिस्टम बनाउन आवश्यक कानुन एवं मापदण्ड तर्जुमा गर्ने, एआईको अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवद्र्धन गर्न संस्थागत संरचना निर्माण गर्ने, एआईको विकास र प्रयोगका लागि आवश्यक डिजिटल पूर्वाधार निर्माण गर्नेलगायत रणनीति राखिएका छन् ।

एआईमार्फत हुन सक्ने मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र राष्ट्रिय स्वाधीनतामाथि हुन सक्ने सम्भावित चुनौतीको सामना गर्न र एआईको प्रविधि, पूर्वाधार, जनशक्ति आदिको विकास, प्रयोग र नियमनका लागि कानुन निर्माण गर्ने प्रस्तावित नीतिमा उल्लेख छ ।

विश्वव्यापी रूपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि हालसम्म नेपालमा यससम्बन्धी कुनै नीति र कानुन बनेको छैन । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरिका मुलुकहरूलाई प्रविधि, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षा लगायतका क्षेत्रमा व्यापक प्रभाव पारिरहेको छ।

नेपालमा समेत एआईको प्रयोग बढ्दै गएको छ, जसलाई व्यवस्थित गर्न सरकार आर्टिफिसियल इन्टेलिजेन्स नीति बनाउने प्रक्रियामा जुटेको छ।

Tags: #आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)#नेपालमा एआईका कस्ता नियम#सरकारले एआईसम्बन्धी नीति बनाउने

लोकप्रीय

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२

विचार

थप समाचार

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने
खेलकुद

ताजा समाचार

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा
अन्तर्राष्ट्रिय

रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?

बिहिबार अशोज ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

विश्वकप छनोटको च्याम्पियन बन्न अब नेपाललाई कसैले रोक्न नसक्ने

छनोट जिते सबै खेलाडी मालामाल, जनही साढे १९ लाख पुरस्कार

बिहिबार अशोज ३० , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

ईःलाई नयाँ पार्टीको अध्यक्ष बनाउन बालेन तयार! कटाक्ष कि सुझाव ?

बिहिबार अशोज ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.