×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नेपालमा एआईका कस्ता नियम बनाउने ? सुझाव दिनुस्

२३ माघ २०८१

२३ माघ ,काठमाण्डौ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रयोगलाई दृष्टिगत गर्दै नेपाल सरकारले समेत एआई नीतिको मस्यौदा तयार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त मस्यौदा सार्वजनिक गर्दै ७ दिनको म्याद दिएर सुझावसमेत मागेको छ ।

Advertisement
Advertisement

नीतिको आवश्यकताबारे प्रष्ट्याउँदै मन्त्रालयले नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवद्र्धन गर्न र एआई प्रविधिको नियमन मार्फत उक्त प्रविधिवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न भनेको छ ।

यस नीतिले डाटाको सहज पहुँच, डाटा इकोसिस्टमको निर्माण, एआई साक्षारता तथा दक्षता अभिवृद्धि गर्दै दीर्घकालीन रूपमा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोग मार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सक्ने पनि विश्वास लिइएको छ ।

सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) नियमनका लागि संघमा ‘एआई नियमन परिषद्’ र प्रदेश तथा स्थानीय तहमा ‘समन्वय संयन्त्र गठन’को प्रस्ताव गरेको छ । ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदामार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार एआईसम्बन्धी नीतिको मस्यौदा सार्वजनिक गर्दै सरोकारावालासँग सुझाव माग गरेको हो । मस्यौदामा एआईको सुरक्षित प्रयोग एवं दिगो विकासका लागि कानुनी, संस्थागत र पूर्वाधार संरचना बनाइने उल्लेख छ ।

‘एआईको विकास र प्रयोगका लागि नैतिक दिशानिर्देश र अन्तर्राष्ट्रिय मान्यतासँग समेत अनुकूलन हुने गरी कार्य गर्न एक एआई नियमन परिषद् गठन गर्ने, एआईसम्बन्धी मुख्य निकायको रूपमा कार्य गर्न राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने,’ मस्यौदामा भनिएको छ, ‘प्रदेश र स्थानीय तहमा एआईसम्बन्धी समन्वय र सहकार्य गर्ने संयन्त्र निर्माण गर्ने ।’

संघ र प्रादेशिकस्तरका विश्वविद्यालय र अध्ययन तथा अनुसन्धान गर्ने निकायमा एआईको अध्ययन, अनुसन्धान र विकासका लागि एआई एक्सिलेन्स सेन्टर स्थापना गर्न प्रोत्साहन गर्नेसमेत मस्यौदामा उल्लेख छ ।

सरकारले गत असारमा पहिलोपटक एआईको प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको थियो । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झन्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको थियो ।

प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको थियो । सोही अवसधारणाअनुसार सरकारले एआईसम्बन्धी नीतिनिर्माण गर्न लागेको हो ।

नेपालमा एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवद्र्धन गर्न र एआई प्रविधिको नियमनमार्फत उक्त प्रविधिबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न एआईसम्बन्धी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा एआईको योगदान बढाउने लक्ष्य लिएको छ । एआईसम्बन्धी नीतिको मस्यौदामा नवप्रवर्तन, उद्यमशीलताको प्रवद्र्धन, विद्यमान संरचनाहरूको सबलीकरण तथा क्षेत्रगत समन्वय र सहकार्यमार्फत जिडिपीमा एआई क्षेत्रको योगदान बढाउने लक्ष्य राखिएको छ ।

मस्यौदामा एआई प्रणालीको विकास र सक्रिय, समावेशी तथा नैतिक प्रयोगबाट समुन्नत नेपालको निर्माण गर्ने दूरदृष्टि राखिएको छ । एआईको रूपान्तरणकारी सम्भावनालाई उपयोग गर्दै सामाजिक तथा आर्थिक वृद्धि हासिल गर्ने सरकारी ध्येय रहेको मस्यौदामा उल्लेख छ ।

प्रस्तावित नीतिमा सुरक्षित र दिगो एआई इकोसिस्टम बनाउन आवश्यक कानुन एवं मापदण्ड तर्जुमा गर्ने, एआईको अनुसन्धान, विकास, प्रयोग, नियमन र प्रवद्र्धन गर्न संस्थागत संरचना निर्माण गर्ने, एआईको विकास र प्रयोगका लागि आवश्यक डिजिटल पूर्वाधार निर्माण गर्नेलगायत रणनीति राखिएका छन् ।

एआईमार्फत हुन सक्ने मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र राष्ट्रिय स्वाधीनतामाथि हुन सक्ने सम्भावित चुनौतीको सामना गर्न र एआईको प्रविधि, पूर्वाधार, जनशक्ति आदिको विकास, प्रयोग र नियमनका लागि कानुन निर्माण गर्ने प्रस्तावित नीतिमा उल्लेख छ ।

विश्वव्यापी रूपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि हालसम्म नेपालमा यससम्बन्धी कुनै नीति र कानुन बनेको छैन । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरिका मुलुकहरूलाई प्रविधि, अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षा लगायतका क्षेत्रमा व्यापक प्रभाव पारिरहेको छ।

Advertisement

नेपालमा समेत एआईको प्रयोग बढ्दै गएको छ, जसलाई व्यवस्थित गर्न सरकार आर्टिफिसियल इन्टेलिजेन्स नीति बनाउने प्रक्रियामा जुटेको छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top