NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा

शुक्रबार माघ २५ , २०८१
Reading Time: 1 min read
A A
भोज खान सरकारी गाडी चढेर गएपछि मन्त्रीले दिइन् राजीनामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ माघ , काठमाण्डौ ।

नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक दलका उच्च नेता, सांसद र पूर्वसंवैधानिक निकायका प्रमुखहरूसम्म राज्यबाट सुविधासम्पन्न सेवा प्राप्त गर्छन्। कानूनी रूपमा सीमित व्यक्तिलाई मात्र सचिवालय, यातायात, आवास, भत्तासहितका सुविधा दिनुपर्ने भए पनि, यी सेवाहरू अपव्यय गर्ने प्रवृत्ति संस्थागत भइसकेको छ।

सचिवालयका कर्मचारी, पारिवारिक सदस्य र राजनीतिक आस्थावान व्यक्तिहरूले समेत सरकारी सवारी साधन निजी काममा प्रयोग गरिरहेका प्रशस्तै उदाहरण छन्। संघीयताको आगमनपछि स्थानीय तह र प्रदेश सरकारमा झनै यो प्रवृत्ति जरा गाडेर बसेको छ।

LS Auto

सरकारी सवारी साधनहरू कार्यालय प्रयोजनका लागि भनेर उपलब्ध गराइन्छन्, तर तिनको व्यापक दुरुपयोग व्यक्तिगत र पारिवारिक काममा भइरहेको छ। सार्वजनिक पदधारण गरेका नेताहरूले अनावश्यक सेवा सुविधा लिने मात्र होइन, ती सुविधाहरू आफू अनुकूल चलाउँछन्।

यति मात्र होइन, नेपालका नेताहरू नैतिकता र आचारसंहिताका विषयमा पटक्कै चिन्तित देखिँदैनन्। सामाजिक सञ्जालदेखि संसद् र सडकसम्म उनीहरूका सुविधाभोगी प्रवृत्तिको आलोचना भइरहे पनि, उनीहरू पदमा टाँस्सिइरहन सफल हुन्छन्।

सत्तामा रहुञ्जेल त नेताहरूले सेवा सुविधा भोग गर्छन् नै, तर पदबाट हटेपछि पनि उनीहरूको यही प्रवृत्ति परिवर्तन हुँदैन। तर, अष्ट्रेलियाबाट आएको एउटा खबरले भने नेपालमा लोप भइसकेको नैतिकता र सादगीको संस्कृतिलाई पुनः स्मरण गराएको छ।

अष्ट्रेलियाकी एक मन्त्रीले व्यक्तिगत पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा उपयोग गरेको स्वीकार गर्दै, नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएकी छन्।

उनको यो निर्णयले देखाउँछ— सार्वजनिक पदमा बस्नेहरूको पहिलो कर्तव्य नैतिकता, पारदर्शिता र जवाफदेहिता हो। नेपालमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेहरूको संख्या असंख्य छ, तर जिम्मेवारी लिने साहस गर्ने कोही छैनन्।

यदि नेपालका नेताहरूमा थोरै मात्र नैतिकता बाँकी भएको भए, सायद आधाजसो पद खाली भइसक्थे होलान् । अस्ट्रेलियाकी यातायात मन्त्री जो हेल्यानले मन्त्री पदबाट राजीनामा दिएकी छिन्। मन्त्री जो हेल्यानले गत जनवरी २५ मा हन्टर भ्यालीमा आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा लिएकोमा क्षमा माग्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफु र आफ्ना आफन्तका लागि सरकारी चालक सुविधा लिएकोमा चौतर्फी आलोचना भएको थियो । उनले अस्ट्रेलियाका जनता र करदाताको अवमूल्यन गरेको आरोप समेत लाग्यो ।

मन्त्री हेल्यानले आफूले गल्ती गरेको स्वीकार गर्दै भनेकी छन्– ‘मानिस पूर्ण हुँदैनन् , मैले गल्ती गरेँ , अघिल्लो सरकारभन्दा हामीले राम्रो गर्नुछ त्यसकारण म राजीनामा दिन्छु।’ उनीमाथि आफ्ना बच्चालाई खेलकुद मैदानसम्म लैजान सरकारी चालक सुविधा लिएको पनि आरोप लागेको थियो ।

मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् । अब उनी न्यु साउथ वेल्सको राज्य संसदमा पछिल्लो पंक्तिमा बसेर सांसदको भूमिका रहने सञ्चारमाध्याहरुले जनाएका छन् ।

अष्ट्रेलियन मन्त्रीको यो कदम नेपालका नेताहरूका लागि पाठ हुन सक्छ। सार्वजनिक सेवा भनेको विशेषाधिकार होइन, जिम्मेवारी हो। सुविधा र सत्ताको लोभमा पदमा लिसोजस्तै टाँस्सिरहने होइन, गल्ती गरेपछि स्वीकारेर किनारा लिन सक्ने हिम्मत पनि देखाउनुपर्छ।

तर प्रश्न उठ्छ —नेपालमा कहिले आउने होला यस्ता दिन, जब नेताहरूले सुविधाको दुरुपयोगको हिसाब दिनेछन् ? जब उनीहरूले पदलाई सुविधा होइन, जिम्मेवारी ठान्नेछन् ? अष्ट्रेलियामा एक मन्त्रीले सरकारी गाडीको सानो दुरुपयोग गर्दा राजीनामा दिन्छिन्, तर नेपालमा राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई उन्मुक्ति दिने परिपाटी कहिलेसम्म कायम रहने?

नेपालका नेताहरूले नैतिकता र पारदर्शिताको कुरा गर्ने गर्छन्, तर व्यवहारमा त्यसको दूरदराजसम्मको छायाँ पनि देखिँदैन। देशमा सानातिना गल्तीमा राजीनामा दिने राजनीतिक संस्कार स्थापित भए मात्र, नेपालमा भ्रष्टाचार, अनियमितता र अनैतिक सुविधाभोगी प्रवृत्तिमा सुधार आउन सक्छ। नेपालका नेताहरूलाई अष्ट्रेलियन मन्त्रीको यो सानो घटना एक ठूलो पाठ बन्न सक्छ, यदि सिक्न चाहने इच्छा छ भने!

Tags: #अष्ट्रेलियाली मन्त्रीको झापड#नैतिकता हराएका नेपाली नेता#भोज खान सरकारी गाडी चढेर गएपछि

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ?

बुधबार कार्तिक १९ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.