×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंकामा बाँदरको चटक, देशभर बिजुली काटियो

२८ माघ २०८१

२८ माघ,  एजेन्सी ।

रामायणकालमा लंकादहन गरेका पवनपुत्र हनुमानका सन्तानले फेरि श्रीलंकालाई अन्धकारमा डुबाइदिएका छन् । आइतबार बिहान ११ बजेदेखि देशभर बिजुली आपूर्ति ठप्प भएको छ र यसको कारण अरू कोही नभई बाँदरहरू नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

Advertisement
Advertisement

कोलम्बोस्थित एक प्रमुख ऊर्जा केन्द्रमा एउटा बाँदर पसेर मुख्य ग्रिड ट्रान्सफर्मरमा अव्यवस्था सिर्जना गरेपछि देशभर बत्ती निभाउन बाध्य हुनुपरेको हो। यस घटनाले श्रीलंकाली प्रशासनलाई ठूलो चुनौती खडा गरेको छ।

बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ । एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताएका छन् ।

स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् । इन्जिनियरहरूले हरेक सरकारहरूलाई वर्षौदेखि पावर ग्रिडको स्तरोन्नति गर्न चेतावनी दिइरहेको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताइएको छ ।

२०२२ मा आर्थिक सङ्कटको समयमा श्रीलङ्कामा चरम लोडसेडिङ देखिएको थियो । श्रीलंकामा बाँदरहरू धार्मिक र सांस्कृतिक रूपमा सम्मानित छन्। प्राचीन रामायण कथाका कारण यहाँका मानिसहरू बाँदरलाई हनुमानका सन्तान मान्ने गर्छन्।

तर, पछिल्लो समय बाँदरहरूकै कारण श्रीलंकाका जनता हैरान बनिरहेका छन्। सरकारले बाँदर नियन्त्रण गर्न विशेष योजना ल्याउने तयारी गरिरहेको बताइएको छ। तर, यस घटनाले “लंका जलाउने हनुमानका सन्तानले अहिले बिजुली निभाए“ भन्ने ट्रोल बनिरहेको छ ।

श्रीलङ्कामा बाँदरको संख्या करिब २५ देखि ३० लाख रहेको अनुमान गरिएको छ। बाँदरहरूको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक क्षति पुगेको भन्दै किसानहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

यस समस्याको समाधानका लागि श्रीलङ्काका कृषिमन्त्रीले टोक मकाक प्रजातिका एक लाख बाँदरहरूलाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना घोषणा गरेका थिए। तर, यो योजनाले पशु अधिकारकर्मीहरूको विरोध सामना गर्नुपरेको छ।

उनीहरूले यी बाँदरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने आशंका व्यक्त गरेका छन्। उता कोलम्बोस्थित चिनियाँ दूतावासले पनि श्रीलङ्काबाट बाँदर आयात गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top