×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026
Playing
वि*ष्फोट नभएका ‘बं*कर ब*स्टर’ र हजारौं युएस–इज*रेली *हति*या*र इरा*न*मा फेला|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारले कसरी दिन्छ सहकारीमा डुबेको पैसा?परिवारबाट भएपनि भराइने || Nepal Times
Apr 27, 2026
Playing
चट्याङले बाबुछोराको मृ*त्यु, ४ जना घाइते|| Nepal Times
Apr 27, 2026
Playing
इरानी विदेशमन्त्रीले पुटिनलाई भेट्दै, हजारौं अमेरिकी बम बरामद|| Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासीका १२ सय ७२ वटा घर भत्काइए,५ सय ७८ परिवार सम्पर्कमा|| Nepal Times
Apr 27, 2026
Playing
बालेन सरकारको एक महिना : विवाद कम प्रशंसा बढी || Nepal Times
Apr 27, 2026
Playing
बालेनको १०० कार्यसूचीः ९८ काम सुरू, ८ वटा पूरै सकिए || Nepal Times
Apr 26, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-13-2083 || Nepal Times
Apr 26, 2026

नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त

१४ फाल्गुन २०८१

१४ फागुन, काठमाण्डौ ।

नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच आज साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र प्रतिक्षाको विषय बनेको छ । घरेलु मैदानमा जारी च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र म्यानमार मैदानमा उत्रिदैछन् ।

Advertisement
Advertisement

यो खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तुलनात्मकरुपमा म्यानमार बलियो टोली हो । उ वरीयतामा नेपालभन्दा ४८ स्थान माथि रहेको छ । यद्यपि आज म्यान्मारलाई पराजित गर्दै नेपाल इतिहास रच्ने दाउमा रहेको छ ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो । यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए ।

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए । लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका कमजोरी सुधार गर्दै आजको खेलमा टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन् । लिग चरणमा म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो । नेपालले भने यी दुई प्रतिद्वन्द्वीविरुद्ध समान १–० को जित निकालेको हो ।

नेपाल र म्यानमारबीचको खेल भने २–२ को बराबरीमा रोकिए पनि म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो । नेपाल भने गोल संख्याको आधारमा दोस्रो स्थानमा रह्यो । नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन् ।

सन् २०१८ मा एसियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए । उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाउनुपरेको थियो ।

त्यसकै अर्को वर्ष नेपालले दोस्रो लेग खेलेको थियो । तर, उक्त खेलमा भने म्यानमारले ३–१ को सानदार जित हासिल ग¥यो । उक्त खेलमा भने निरु थापाले एक मात्रै गोल गरेकी थिइन् । लगत्तै भारतमा भएको नादेज्दा कपमा पनि यी दुई टोली आमुन्नेसामुन्ने भएका थिए ।

तर, उक्त खेलमा म्यानमारले ३–० को एकपक्षीय जित हासिल ग¥यो । त्यसयता नेपाल र म्यानमारको भेट दशरथ रंगशालामै भएको हो । कप्तान अञ्जिला तुम्बापो सुब्बा अहिलेसम्म सबैले राम्रो खेलेका कारण उपाधि जित्न नै फाइनलमा फाइट गर्ने बताउँछिन्।

‘सबैले राम्रो खेल्नुभएको छ, आआफ्नो जिम्मेवारी बुझ्नु भएको छ । अहिलेसम्म सिल्भर मेडलमा छौं। अब गोल्डका लागि फाइट गर्नेछौं,’ उनले भनिन् । यसबीच नेपालले जित्नैपर्ने दबाबबीच खेल्दै छ भने म्यानमारलाई राम्रो खेले पुग्नेछ ।

फाइनलको अघिल्लो दिन प्रिम्याच कन्फ्रेन्समा यसको स्पष्ट झल्को देखियो । प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको सुरुदेखि भन्दै आएका छन्, नेपाली फुटबललाई चाहिएको भनेकै जित हो । नेपाली महिला फुटबलले अहिलेसम्म १२ पल्ट फरक–फरक प्रतियोगिताको फाइनल खेलिसकेको छ ।

तर, सबैमा एउट नतिजा छ, उपविजेता । नेपाली महिला टिमले लगभग चार दशक जति लामो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा एउटै पनि उपाधि जित्न सकेको छैन । एउटा मानकका रूपमा ‘जिंक’ स्थापित भएको छ ।

यसले भन्छ, नेपाल महिला फुटबलको फाइनल त पुग्छ, तर निर्णायक लक्ष्य आत्मसात् गर्न असफल हुने गर्छ । त्यसैले नेपाली महिला राष्ट्रिय टिममाथि दबाब नै छ, कुनै न कुनै बेला उपाधि जितेर देखाउनुपर्ने ।

यही दबाबको चाङमा परेर नेपालले उपाधि जित्ने लक्ष्यबाहेक अरू केही देख्नै सकेको छैन । हामी म्यानमारको सामना गर्न तयार छौं ।’ प्रशिक्षक तामाङ भन्छन्, ‘हामीलाई घरेलु मैदानमा फेरि एक पटक मौका आएको छ ।

यसपालि यसमा चुक्नुहुन्न । म्यानमार बलियो टिम हो । त्यही टिमलाई जित्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’ यस्तोमा प्रस्ट छ, एक किसिमले नेपाली टिमले आफैंले आफैंलाई दबाबमा राखेको छ । नेपाली फुटबलले के बुझ्न आवश्यक छ भने यो फोर नेसन्स कप आफैंमा कुनै आधिकारिक प्रतियोगिता होइन ।

नेपाली महिला फुटबलको दृष्टिकोणले यो प्रतियोगिता अहिले नै धेरै सफल साबित भएको छ । यसले प्रमाणित गरिसकेको छ, अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रचुर सम्भावना छ । यसमा लगानीमात्र गर्न सक्नुपर्छ, ठूला उपलब्धिहरू धेरै टाढा छैन  अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्नुको अर्थ नेपाली महिला टोली कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने होइन ।

यो फिफाको क्यालेन्डरमा खेलिएको खेल हो, जसको नतिजाले राष्ट्रको वरीयता सुधार्न सहयोग गर्ने छ ।जारी प्रतियोगिताको खास उद्देश्य आगामी जुनमा हुने एशियन कप छनोट, महिला विश्वकपको प्रारम्भिक छनोट र ओलिम्पिकको पनि प्रारम्भिक छनोटको तयारी हो ।

यद्यपि नेपालको लागि भने यो मैत्रीपूर्ण खेलमा मात्रै सीमित देखिँदैन । यो प्रतिष्ठाको लडाइँ नै बनेको देखिएको छ । किनकि नेपाल घरेलु भूमिमा उपाधि जित्न चाहन्छ । महिला फुटबल टोलीले अझैसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

बाह्र पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर पनि रजत पदकमा सीमित हुनुपरेको पीडा उसलाई बिर्साउनु छ र नयाँ इतिहास कोर्नुछ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top