ह्वाइट हाउसमा अपहेलित जेलेन्स्कीलाई बेलायतमा स्वागत

१८ फागुन , एजेन्सी ।

ओभल अफिसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबाट अपहेलित भएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई बेलायतले भने भव्य स्वागत गरेको छ। अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भनाभन लगत्तै ह्वाइट हाउस छाड्न भनिएपछि अपमानको घुँट पिएर त्यहाँबाट निस्किएका जेलेन्स्की बेलायत पुगेका छन् ।

जहाँ उनलाई बेलायती प्रधानमन्त्री कियर स्टार्मरले स्वागत गरेका छन् । उनीहरुबीच द्विपक्षिय भेटवार्ता भएको छ । सो भेटवार्तामा युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ ।

Advertisement

ह्वाइटहाउसबाट अपमानित महसुस गरी बाहिरिएका जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले न्यानो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए ।

अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए । बीबीसीका अनुसार भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो । जेलेन्स्की शनिबार अमेरिका गएका थिए । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको छलफल तनावपूर्ण बनेको थियो । उनीहरुबीच बाझाबाझ भएपछि अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रद्द भयो ।

यो घटनाले युक्रेन–अमेरिका सम्बन्धलाई संकटमा पु¥याएको विश्लेषकहरुले बताएका छन् । यसबीचमा बेलायतका प्रधानमन्त्री स्टार्मर भने अमेरिका र युरोपबीच सेतु बन्ने प्रयासमा छन् । आइतबार स्टार्मरले लण्डनमा युरोपेली नेताहरुको बैठक आह्वान गरेका छन् ।

यो बैठकमा रुस–युक्रेन युद्ध अन्त्यको प्रयास र युरोपेली देशको रक्षा सुदृढीकरणबारे छलफल हुने बताइएको छ । यसबीच जेलेन्स्कीले बेलायतले दिने भनेको २.२६ विलियन पाउण्ड समेत हरियार किन्न प्रयोग गर्ने बताएका छन् ।

ह्वाइट हाउसको यात्रापछि डाउनिङ्ग स्ट्रीट पुगेका जेलेन्स्कीले युद्धको सुरुवातदेखि नै बेलायतले देखाएको समर्थनका लागि धन्यवाद ज्ञापन गरे । जेलेन्स्कीले बेलायती किंग चाल्र्ससँग समेत भेट गर्ने कार्यक्रम छ ।

भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे– ’प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।’

बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झुता अनुआर बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ ।

हाल बेलायतले युक्रेनलाई बार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ । यी ऋणको रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिको आम्दानीबाट भुक्तानी गर्ने भएको छ । ’आज युक्रेन र संयुक्त अधिराज्यले ऋण सम्झौतामा हस्ताक्षर गरे,’ जेलेन्स्कीले एक्समा एक पोस्टमा भने ।

यो ऋणले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउनेछ र रूसी सम्पत्तिबाट प्राप्त हुने राजस्वबाट भुक्तानी गरिनेछ । यो साँचो न्याय हो– ’युद्ध सुरु गर्नेले मूल्य चुकाउनै पर्छ ।’ जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले पनि इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए ।

’जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो,’ स्टारमरले लेखेका छन् । स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि सेयर गरेका छन् । स्टारमरले लेखेका छन– ’बेलायत आज र सधैं युक्रेनको साथमा उभिन्छ ।

म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनको भविष्यको सार्वभौमसत्ता र सुरक्षा सुरक्षित गर्ने न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने बाटो खोज्न कटिबद्ध छु ।’ अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नेटोलाई निरन्तरता दिने भन्ने चिन्ता बढ्दै जाँदा शिखर सम्मेलनले युरोपको रक्षा सहयोग बढाउने आवश्यकतामाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच उता युक्रेनी सेनाका सर्वोच्च कमान्डर ओलेक्सान्डर सिस्र्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहस गरेका आफ्ना राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सार्वजनिक रूपमा समर्थन गरेका छन् ।

टेलिग्राममा पोस्ट गर्दै सिस्र्कीले देशको सशस्त्र सेना युक्रेन, युक्रेनी जनता र यसका कमान्डर–इन–चिफ जेलेन्स्कीको साथमा उभिएको उल्लेख गरेका हुन् । सेना प्रमुख जनरल सिस्र्कीले लेखेका छन्, ‘हाम्रो शक्ति एकतामा निहीत छ।’

यस्तै अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधारगर्न सकिने बताएका थिए । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्ध लाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “पक्कै पनि।”

अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’ का लागि रहेको बताउँदै उनले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए ।

जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भने, “अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।” राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताएका थिए ।

तपाईँ ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भने, “हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उहाँले पत्रकारहरूको अगाडि विवादको बिषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।”

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top