NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

ट्रम्पको व्यवहारपछि जियो पोलिटिक्समा भूकम्प

आइतवार फाल्गुन १८ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ फागुन , एजेन्सी ।

डोनाल्ड ट्रम्पको नीतिले अमेरिका प्रति सहयोगी देशहरूको विश्वास भूकम्पको तेन कम्पन्न जसरी हल्लाइदिएको छ। ट्रम्प एक प्रकारले ‘फिरौती लिएर सुरक्षा’ दिने कुरा गरिरहेका छन्। उनले युरोपेली देशहरूलाई आफ्नै सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टारमरलाई ह्वाइट हाउसमा एक्लो महसुस गराएका छन् । यदि यी दुई नेताले कूटनीतिक अनुभव प्रयोग नगरेका भए, जेलेंस्कीमाथि जस्तै अवस्था उनीहरूमाथि पनि आउन सक्थ्यो।

Advertisement

ट्रम्पका निर्णयहरूले भू–राजनीतिमा ठूलो हलचल ल्याएको छ। डोनाल्ड ट्रम्पले हात झट्काएपछि अब फ्रान्स युरोपेली देशहरूको सुरक्षाका लागि अघि आएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले भनेका छन् कि उनी रुसी खतराहरूको सामना गर्न युरोपेली देशहरूबीच परमाणु सुरक्षा निर्माणबारे छलफल गर्न तयार छन्।

अर्थात्, फ्रान्स अब रूसलाई रोक्न युरोपेली देशहरूमा परमाणु हतियार तैनाथ गर्न सक्ने संकेत गरेको छ। यसअघि नै एउटा रिपोर्ट आएको थियो, जसअनुसार फ्रान्स र जर्मनीबीच परमाणु हतियार स्थानान्तरणको विषयमा छलफल भइरहेको छ।

यस अन्तर्गत फ्रान्सले आफ्ना परमाणु हतियार जर्मनीमा तैनाथ गर्ने योजना बनाइरहेको छ। फ्रान्सेली अखबार ले मोंडे लाई दिएको अन्तर्वार्तामा म्याक्रोंले भनेका छन्, “जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जÞको अनुरोधपछि युरोपमा परमाणु हतियारबारे छलफल गर्न तयार छु।“

मानिन्छ कि फ्रेडरिक मर्जÞ जर्मनीका आगामी चान्सलर बन्न सक्छन्। उनी जर्मनीमा परमाणु हतियार तैनाथ गर्ने योजनाको खुला समर्थन गरिरहेका छन्। म्याक्रोंको टिप्पणी त्यस रिपोर्टपछि आएको हो, जसअनुसार फ्रान्स युरोपको सुरक्षा सुनिश्चित गर्न आफ्नो परमाणु प्रतिरोध क्षमता प्रयोग गर्न तयार छ।

युरोपलाई डर छ कि युक्रेनपछि रूसको अर्को लक्ष्य उनीहरू हुन सक्छन्। किंग्स कलेज लन्डन का किंग्स बिजनेस स्कूलका माइकल विटले न्यूजवीक लाई दिएको रिपोर्टमा भनेका छन् कि “फ्रान्सले युरोपेली देशहरूमा परमाणु हतियार तैनाथ गर्ने प्रस्ताव राख्नुको अर्थ हो— युरोपमा असुरक्षाको भावना बढेको छ।

उनीहरूलाई डर छ कि अमेरिका नेटोबाट बाहिरिन सक्छ। जसको अर्थ, अब युरोप आफ्नो सुरक्षाका लागि अमेरिकामाथि भर पर्न सक्दैन। उसले आफ्नो सुरक्षा आफै गर्नुपर्नेछ । म्याक्रोंले पोर्चुगिज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन् कि, “यदि युरोपले रक्षा मामिलामा ‘अधिक स्वतन्त्रता’ चाहन्छ भने, नेताहरूले परमाणु प्रतिरोधबारे रणनीतिक रूपमा ‘खुला’ छलफल सुरु गर्नुपर्छ।“

जर्मनीका सम्भावित चान्सलर मर्जÞले पनि फ्रान्स र बेलायतसँग परमाणु हतियार स्थानान्तरणबारे छलफल गर्नुपर्ने बताएका छन्। पूर्व युरोपेली राष्ट्र बेलायतले पनि अमेरिकाबाट अपहेलित भएर निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई स्वागत गर्दै आफूहरु युक्रेनी जनता र साझा युरोपको साथमा रहेको सन्देश दिएको छ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताएका छन् । आफ्नो देशले ‘यस्ता साथी’ पाएकोमा आफू निकै खुसी भएको बेलायत पुगेपछि जेलेन्स्कीले स्टारमरलाई भनेका थिए ।

यस युद्धमा आफ्नो साथ दिएकोमा जेलेन्स्कीले बेलायतलाई पनि धन्यवाद दिएका थिए । जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामाग्री आपूर्तिको लागि २ अर्ब २६ करोड पाउण्ड ऋण दिने सम्झौताा हस्ताक्षर गरेका छन् । यो बजेट हतियार खरिद गर्न खर्च हुनेछ ।

अमेरिकासँग करिब १०० वटा परमाणु मिसाइलहरूको भण्डार छ, जसको केही जर्मनीको रामस्टाइनस्थित अमेरिकी सैन्य आधारमा तैनाथ छन्। तर, डोनाल्ड ट्रम्पको बयानबाजीले युरोपको सुरक्षा प्रत्याभूति संकटमा परेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ प्रोफेसर माइकल विटले द वीक लाई भनेका छन्, “फ्रान्सले जर्मनी र युरोपलाई आफ्नो परमाणु सुरक्षा प्रदान गर्ने प्रस्तावले, अमेरिकी समर्थन हट्ने चिन्तालाई केही हदसम्म कम गर्न सक्छ। तर, जर्मनीले अघि सर्नुपर्छ र यस प्रयासलाई वित्तीय रूपमा समर्थन गर्नुपर्छ।“

साथै, उनले युरोपलाई आफ्ना ऊर्जा निर्भरताहरूलाई कम गर्नुपर्ने, बाह्य स्रोतहरूमा कम भरपर्नुपर्ने र घरेलु उत्पादनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्, किनभने ऊर्जालाई ब्ल्याकमेलिङको हतियारको रूपमा प्रयोग गर्न सकिन्छ।

ट्रम्प राष्ट्रपति बन्नुअघि पनि फ्रान्स र अमेरिकाबीच विभिन्न मुद्दाहरूमा विवाद रहेको थियो। फ्रान्स एक मात्र युरोपेली देश हो, जसको परराष्ट्र नीतिमा अमेरिकाको प्रभाव निकै कम देखिन्छ। विज्ञहरूका अनुसार, युक्रेन युरोपेली देशहरूमाथि फ्रान्सेली परमाणु हतियारहरूको भूमिकाबारे दबाब दिन खोजिरहेको छ, जसले बेलायतलाई पनि यस्तै कदम चाल्न बाध्य बनाउन सक्छ।

पछिल्लो तथ्याङ अनुशार फ्रान्ससँग हाल करिब २९० परमाणु हतियार छन्। फ्रान्सले १९६० मा पहिलो पटक परमाणु परीक्षण गरेको थियो। यसको परमाणु प्रतिरोध क्षमता मुख्य रूपमा ट्रायड सिस्टममा आधारित छैन, तर यसको रणनीतिक आणविक बल दुई प्रमुख भागमा बाँडिएको छः फ्रान्ससँग चारवटा परमाणु पनडुब्बी छन्।

प्रत्येक पनडुब्बीमा इंटरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल तैनाथ छन्। प्रत्येक मिसाइलले ६–१० वॉरहेडहरू बोक्न सक्छ। फ्रान्सको वायुसेनाले राफेल फाइटर जेटको माध्यमबाट क्रूज मिसाइल मार्फत परमाणु हमला गर्न सक्छ।

फ्रान्सले आफ्नो परमाणु कार्यक्रमलाई स्वतन्त्र रूपमा सञ्चालन गर्छ र यसमा अमेरिकाको कुनै प्रत्यक्ष प्रभाव छैन।

Tags: #ट्रम्पको व्यवहार#डोनाल्ड ट्रम्प#युरोपको रक्षा अब फ्रान्सले गर्ने

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.