एलएस अटोको एलईभी ०१ इलेक्ट्रिक एसयूभी नेपालमा, ५०० किमी रेन्ज

२१ फागुन ८१, बुधबार
Share this
700shares

२१ फागुन , काठमाण्डौ।

Advertisement

विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै नेपालमा विभिन्न कम्पनीहरू आफ्नो उपस्थिति बढाइरहेका छन् । यसैबीच, विश्वका ठूला अटोमोबाइल डिजाइन हाउसहरूमध्ये एक संघाई लञ्च अटोमोटिभ टेक्नोलोजीअन्तर्गतको ‘एलएस अटो’ नेपाली बजारमा प्रवेश गरेको छ ।

Advertisement

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उसले आफ्नो नयाँ एसयूभी ‘एलईभी ०१’ लञ्च गरेको छ । चिनियाँ नयाँ ऊर्जा सवारी साधन निर्माता एलएस अटो ले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल भित्र्याएको छ।

नेक्सन भेन्चर आधिकारिक वितरकको रूपमा नियुक्त भएपछि यो इलेक्ट्रिक गाडी नेपाल आएको हो। ५०० किमी रेन्ज, अत्याधुनिक प्रविधि र ५–स्टार सुरक्षा रेटिङ सहित एलईभी ०१ नेपाली बजारमा प्रवेश गरेको छ।

Advertisement

एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको लिथियम–आयन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले ९९ किलोवाट पावर र ३०० एनएम टर्क प्रदान गर्छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटामा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

एलईभी ०१ ले युरोपियन एनक्यापबाट ५–स्टार क्र्यास टेस्ट सुरक्षा प्रमाणपत्र प्राप्त गरेको छ। सुरक्षाका लागि १० एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, क्रूज कन्ट्रोल, हिल असिस्ट, अटो होल्ड लगायतका प्रविधिहरू छन्।

यस इलेक्ट्रिक गाडीमा ३६०–डिग्री क्यामेरा, वायरलेस चार्जिङ, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, हाइटेक ड्यासबोर्ड इन्टरफेस जस्ता अत्याधुनिक फिचरहरू राखिएका छन्।

नेक्सन भेन्चरले एलईभी ०१ को दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ । जसमा स्ट्यान्डर्ड एडिसन (SE) : ६१.९५ लाख र कम्फर्ट एडिसन (CE) : रु ६९.९५ लाख मूल्य रहेको छ ।

एलएस अटोले नेपालमा बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै शोरूम सञ्चालन गरिसकेको छ, भने ललितपुरको बालकुमारीमा अर्को शोरूम खोल्ने तयारीमा छ। साथै, काठमाडौँको मनमैजुमा आधिकारिक सर्भिस सेन्टर स्थापना गरिएको छ।

कम्पनीले नेपालभर चार्जिङ स्टेशनहरू स्थापना गर्ने रणनीति बनाएको छ। एलएस अटोले २०२५ मा एलईभी ०३ र एलईभी ०५ मोडेलहरू ल्याउने योजना बनाएको छ, जसले नेपाली बजारमा अझ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपालमा सस्तो सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि र अन्तर्राष्ट्रिय स्तरको डिजाइनसहित एलईभी ०१ एक लोकप्रिय इभी बन्ने विश्वास गरिएको छ।

यसका प्रमुख विशेषताहरुमा:

  1. ५०० किमी रेन्ज
  2. १० एयरब्यागसहित ५–स्टार सुरक्षा प्रमाणपत्र
  3. प्यानोरामिक सनरूफ र ३६० डिग्री क्यामेरा
  4. सस्तो मर्मत खर्च र लामो वारेन्टी
  5. नेपालभर चार्जिङ नेटवर्क विस्तारको योजना

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top