×

NEPAL TIMES UPDATES

Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026

सुनको मूल्य आजपनि बढ्यो, कति पुग्यो ?

२१ फाल्गुन २०८१

२१ फागुन , काठमाण्डौ।

नेपालसंगै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः२९ सय डलर पार पुगेको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिले नयाँ ट्यारिफ लगाउने अडान लिदा व्यापार संकट गहिरिने सम्भावनाका कारण सुनको मूल्य वृद्धि भएको हो ।

Advertisement
Advertisement

आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २१.१५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१२ डलरमा कारोबार भईरहेको छ । यो वर्ष सुनको मूल्य ११ प्रतिशतले बढिसकेको छ ।

सुनको मूल्यले यो वर्ष हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । गत फेब्रुअरी २४ मा सुनको मूल्य प्रतिऔंस २ हजार ९५६ डलर पुगेको थियो ।अमेरिकी राष्ट्रपति ट्यारिफ लगाउने विषयमा अडिग रहदा लगानीकर्ता सुरक्षित लगानीका लागि सुनप्रति आकर्षित भएका छन् ।

यस्तै अमेरिकी डलर इन्डेक्स पनि ०.६ प्रतिशतले घटेको छ । जसका कारण डलरको भाउ गत डिसेम्बर पछिकै न्यून विन्दुमा पुगेको छ । यसले डलरबाहेक अन्य मुद्राधारकलाई सुनको खरिद सस्तो पर्न गएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२८ डलरले बढ्दै प्रतिऔंस ३१.९७ डलर पुगेको छ । यता घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसदिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ घोषणाले विश्वभर आर्थिक हलचल मच्चाएको छ। अमेरिका, चीन, क्यानडा र मेक्सिकोबीचको व्यापार तनाव चर्किँदै जाँदा लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित भएका छन्, जसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको छ।

ट्रम्प प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा थप महसुल लगाउने घोषणा गरेपछि व्यापार युद्धको संकेत स्पष्ट देखिएको छ।

मार्च ४ देखि लागू हुने नयाँ नियमअनुसार क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% अतिरिक्त महसुल तथा चीनबाट आयात हुने सामानमा १०% नयाँ कर लगाइएको छ ।

यसको प्रतिक्रियास्वरूप, चीन र क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा थप कर लगाउने घोषणा गरेका छन्। व्यापार युद्ध चर्किएसँगै विश्वभर वित्तीय अस्थिरता बढेको छ, जसले लगानीकर्तालाई सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित गरेको छ।

जब आर्थिक अस्थिरता बढ्छ, लगानीकर्ताहरूले स्टक मार्केट वा अन्य अस्थिर सम्पत्तिबाट पैसा झिकेर सुरक्षित लगानीतर्फ रुचि देखाउँछन्। सुन त्यसका लागि प्रमुख विकल्प हो।

ट्यारिफ घोषणापछि डलरमा कमजोरी देखिएको छ, जसले सुनको मूल्यलाई अझ माथि धकेलेको छ । यस्तै व्यापार युद्धले उत्पादन लागत बढाउने र मुद्रास्फीति उक्साउने भएकाले पनि सुनको भाउ उकालो लागेको विश्लेषण गरिएको छ ।

पछिल्लो केही दिनमा सुनको मूल्य १.५% ले वृद्धि भइसकेको छ। विश्वभरका सेयर बजारहरूमा गिरावट देखिएको छ, जसले थप सुनतर्फको आकर्षण बढाएको छ। लगानीकर्ता र अर्थशास्त्रीहरू अमेरिकी ट्यारिफको दीर्घकालीन असरबारे चिन्तित देखिएका छन् ।

Advertisement

यदि व्यापार युद्ध अझ चर्कियो भने, निकट भविष्यमा सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। यो स्थितिमा लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा रुचि राख्ने भएकाले सुनको मूल्य आगामी दिनमा थप उतारचढाव हुन सक्ने आँकलन गरिएको छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top