×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

स्पेसएक्सको स्टारशिप रकेट आकाशमै विस्फोट

२३ फाल्गुन २०८१

२३ फागुन , एजेन्सी ।

विश्वकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कको कम्पनी स्पेसएक्स ले फेरि ठूलो झट्का बेहोरेको छ। बिहीबार, स्पेसएक्सले प्रक्षेपण गरेको केही मिनेटमै आफ्नो स्टारशिप रकेटसँग सम्पर्क गुमाएको थियो।

Advertisement

त्यसपछि रकेट आकाशमै विस्फोट भएर भग्नावशेषमा परिणत भयो। यस मिसनको लाइभ स्ट्रीममा देखिए अनुसार, स्टारशिप अन्तरिक्षमा टुक्रिएपछि दक्षिण फ्लोरिडा र बहामासको आकाशमा आगोका टुक्राका धर्साहरू देखिएका थिए।

यो घटना रकेटको इन्जिन बन्द भई अनियन्त्रित रूपमा घुम्न थालेको केही क्षणमै भएको थियो। स्पेसएक्सका अनुसार, प्रक्षेपणपछि रकेटको इन्जिन अचानक बन्द भयो र यसले नियन्त्रण गुमाएर अन्तरिक्षमा घुम्न थाल्यो।

सार्वजनिक भिडियोहरूमा दक्षिण फ्लोरिडा र बहामास नजिक बेलुकाको आकाशमा आगोको बलजस्ता टुक्रा खसिरहेको देखिएको छ। यसै कारण, मियामी, फोर्ट लडरडेल, पाम बीच र अर्लान्डोका विमानस्थलहरूमा राति ८ बजेसम्मका लागि ग्राउन्ड स्टप (उडान रोक्ने प्रक्रिया) लागू गरिएको थियो।

स्टारशिपको असफलतापछि स्पेसएक्स ले आधिकारिक बयान जारी गर्दै भनेको छः “स्टारशिप माथि उड्दै गर्दा अनियन्त्रित रूपमा केही समस्या देखा प¥यो, जसका कारण सम्पर्क विच्छेद भयो। हामी यो परीक्षणको डाटाहरू अध्ययन गरेर यसको वास्तविक कारण बुझ्नेछौँ।

जस्तै कि, अघिल्ला परीक्षणहरूले सिकाइ दिएको थियो, आजको उडानले पनि हामीलाई स्टारशिपको विश्वसनीयता सुधार्नका लागि थप पाठ दिनेछ।“ स्टारशिप रकेटलाई पछिल्लो दुई महिनामा दोस्रो ठूलो असफलता भोग्नुपरेको छ।

यसअघि, जनवरी महिनामा पनि स्पेसएक्सको प्रक्षेपण असफल भएको थियो, जसको जलिरहेको भग्नावशेष टक्र्स र केकोस टापुमा खसेको थियो। बिहीबार, स्पेसएक्सले नक्कली स्याटेलाइटलाई अन्तरिक्षमा छोड्ने परीक्षण उडानको रूपमा विशाल स्टारशिप रकेट प्रक्षेपण गरेको थियो।

४०३ फिट (१२३ मिटर) अग्लो रकेट टेक्सासबाट प्रक्षेपण गरिएको थियो, तर हिन्द महासागरको माथि पुग्दा सम्पर्क टुट्यो। यस मिशनको मुख्य उद्देश्य अन्तरिक्षमा केही नक्कली स्याटेलाइट छोड्ने र त्यसपछि सुरक्षित रूपमा पृथ्वीमा फर्किने थियो, जुन सफल हुन सकेन।

सुरुवाती चरणमा रकेटको सफल प्रक्षेपण र पहिलो स्टेजको सफल रूपमा अलग हुनु भए पनि, त्यसपछि सम्पर्क विच्छेद भयो। नासाले पनि यो मिसनलाई नजिकबाट हेरिरहेको थियो, किनकि नासाले दशकको अन्त्यसम्म चन्द्रमामा अन्तरिक्षयात्रीहरू पठाउनका लागि स्पेसएक्सकै स्टारशिपलाई बुक गरिसकेको छ।

Advertisement

तर स्टारशिपले भने पछिल्लो समय लगातार असफलता मात्रै हात पारेको छ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top