×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

च्याम्पियन ट्रफी जित्न भारतलाई १२ वर्ष लाग्यो

२६ फाल्गुन २०८१

२६ फागुन ,एजेन्सी ।

१२ वर्षपछि भारतले आइसिसी च्याम्पियन ट्रफी जितेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो । भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन ट्रफी जितेको थियो ।

Advertisement
Advertisement

भारतले उक्त फाइनलमा इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो । यसपल्ट भने भारतले अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै तेस्रोपल्ट उपाधि हात पारेको हो । भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो ।

भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो । न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो ।

भारतलाई जित दिलाउन कप्तान रोहित शर्मा नै निर्णायक बने । ८३ बल खेलेका उनले सात चौका र तीन छक्कासहित सर्वाधिक ७६ रन बनाए । श्रेयस अय्यर ४८, शुभमन गिल ३१, अक्षर पटेल २९ र हार्दिक पाण्ड्या १८ रनमा आउट हुँदा केएल राहुल ३४ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे ।

न्युजिल्यान्डका मिचेल सैन्टर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो । यससंगै २००४ को विजेता न्युजिल्यान्डको दोस्रो पटक उपाधि जित्ने सपना भने पुरा हुन सकेन् ।

तर उपाधि भारतले उचालेपनि दुई महत्वपूर्ण विधागत पुरस्कारमाथि भने किवी टोलीका खेलाडीले कब्जा जमाएका छन् । नवौं संस्करणमा गोल्डेन ब्याट र गोल्डेन बल दुवै पुरस्कार न्युजिल्याण्डका खेलाडीको पोल्टामा परेको हो ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई गोल्डेन ब्याट र सर्वाधिक विकेट लिने बलरलाई गोल्डेन बल प्रदान गरिन्छ । उपाधि विजेता भारतीय टोलीका कुनैपनि खेलाडी सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने बलरको सूचिमा अग्रस्थानमा रहन सकेनन् ।

प्रतियोगितामा न्युजिल्याण्डका युवा ब्याट्सम्यान रचिन रवीन्द्र सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा अग्रस्थानमा रहे । उनले प्रतियोगिता अवधिभर चार खेल खेल्दै कुन २६३ रन बनाए । यसक्रममा उनले दुईवटा शतक पनि हाने । त्यसैले उनले गोल्डेन ब्याट पाए ।

रचिनले आफ्नो टोलीलाई उपाधि दिलाउन नसकेपनि फाइनलमा ३७ रन बनाएका थिए । सर्वाधिक रन बनाउने सूचिमा भारतका श्रेयष ऐयर दोस्रो स्थानमा रहे । उनले पाँच खेलमा कुल २४३ रन बनाए । यसैगरी सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि न्युजिल्याण्डकै म्याट हेनरी पहिलो स्थानमा रहँदा उनले गोल्डेन बल पाए ।

म्याट हेनरीले चार खेलमा कुल १० विकेट लिए । उनले फाइनलअघि नै १० विकेट लिएका थिए । फाइनलमा उनी टोलीमा थिएनन् । यस्तै भारतका वरुण चक्रवर्ती दोस्रो र भारतकै मोहम्मद सामी तेस्रो तथा न्युजिल्याण्डका मिचेल सान्टनर चौथौ स्थानमा रहे ।

यी तीनैजना बलर केबल एक विकेटका कारण यो पुरस्कार हात पार्नबाट चुके । यस्तै सवोत्कृष्ट खेलाडी पनि न्युजिल्याण्डकै रचिन रविन्द्रले हात पारे ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top