×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

१५ आश्विन २०७५

एजेन्सी,असोज १५
दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्तरुपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

दुवै वैज्ञानिकलाई क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जनाएको छ । यसैबीच, स्वीडेनको अदालतले साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयन गरिएका ७२ वर्षीय फ्रान्सेली साहित्यकार जाँ–क्लाउड आर्नाेल्टलाई बलात्कारको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।

Advertisement
Advertisement

स्टकहोम जिल्ला अदालतले साहित्यकार आर्नाेल्ट दोषी रहेको पुष्टि भएको बताएको छ । आर्नाेल्टकी पत्नी स्वेडिस एकेडेमीको सदस्य रहेकी छन् । यही एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कारका विजयी घोषणा गर्दछ ।

यिनै दुईओटा विवादका कारण यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको छ । बलात्कारको आरोप नोभेम्बर २०१७ मा उठेको थियो । हलिउडका चर्चित व्यक्तित्व हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा दोषी पाइएसँगै साहित्यकार आर्नाेल्टको मुद्दा सार्वजनिक भएको हो ।

Advertisement
Advertisement

स्वीडेनको दैनिक अखबार ‘डाजेन्स न्यीटर’ले आर्नाेल्टमाथि १८ जना महिलाले बलात्कार, यौनशोषण वा तनाव दिएको दाबी गरेको खबर छापेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top