NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ? बिहिबार कार्तिक २० , २०८२
आज पनि वर्षा र हिमपात, तीन प्रदेशमा मौसम बदली बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

विश्वकै प्रदूषित शहर बन्दापनि सरकार बेखबर

मङ्लबार चैत्र २६ , २०८१
Reading Time: 1 min read
A A
काठमाडौंमा प्रदूषणको मात्रा १५० एक्यूआईभन्दा माथि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ चैत ,काठमाण्डौ।

आज पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । आईक्यू एयरले जारी गर्ने सूचीमा काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा आज पनि पुगेको हो । आज विहान काठमाडौँको एक्यूआई २६२ पुगेको थियो । यसलाई निकै अस्वस्थ मानिन्छ ।

५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ ।

LS Auto

विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवनलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ । काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् ।

त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।

डेढ हप्तायता काठमाण्डौको हावा प्रदूषित बनेको हो । खासगरी पछिल्ला समय विभिन्न ठाउँमा फैलिइरहेको डढेलोले काठमाण्डौको हावा प्रदूषित बनेको वातावरणविदहरुको भनाइ छ ।

ठाउँ–ठाउँमा सडक निर्माणको काम भइरहँदा धुलो धुवाँ उड्दा पनि हावा प्रदूषित भएको छ भने खेतबारीमा गहुँको छ्वाली लगायतका कृषि अवशेष जलाउँदा तथा गाडी र कलकारखानाको धुवाँले पनि प्रदूषण बढाएको छ ।

लगातार काठमाण्डौको हावा प्रदूषित बनिरहँदा यसलाई कम गर्नको लागि सरकारले कुनै योजना बनाएको छैन । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घरसंस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणको समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

हरेक वर्षको सुक्खायाममा वन डढेलो लगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ।
वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कुल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिए ।

प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ छ । यस्तै वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्नसम्बन्धित निकायबीच आरोपरप्रत्यारोप लगाउनु भन्दा आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताए ।

प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, गाडी प्रदूषण परीक्षण गर्ने गरेको जानकारी उनले दिएका छन् ।

यसबीच पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ । मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ । यो चिन्ताजनक तथ्यांक हो । प्रदूषणले घातक हद छुँदासम्म सरकार चुपचाप बसेकोमा नागरिकस्तरमा चिन्ता बढेको छ ।

यस्तो स्वास्थ्यलाई घातक हुने हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता र चिन्ता सरकारलाई नभएको भन्दै सामाजिक संजालमा मानिसहरुले आक्रोस पोखेका छन् । कतिपयले यो तहको वायु प्रदूषण इमर्जेन्सी मानिनुपर्ने बताएका छन् ।

यस्तोमा तुरुन्तै एक्सन लिइ हाल्नु पर्नेमा सरकारले उल्टै विश्वकै प्रदूषित रहेको काठमाडौंमा मानिसहरुको भीडलाई निवार्ध बढ्न दिएको छ । यतिबेलै काठमाडौंमा विभिन्न प्रदर्शन र विरोधका कार्यक्रमहरु दिनहुँजसो आयोजना भइरहेका छन् ।

बाहिर कम प्रदूषित क्षेत्रमा रहेकाहरु पनि आन्दोलनका लागि काठमाडौं पुगेका छन् । यस्तोमा उनीहरुको स्वास्थको समेत ख्याल गर्दै सरकारले या त आन्दोलनकारीको माग सम्बोधन तर्फ लागेर भीडभाड कम गराउनु पथ्र्यो वा केही दिनका लागि उच्च प्रदूषणका कारण निषेधित क्षेत्र नै घोषणा गर्नुपथ्र्यो ।

तर यी सबका बीच सरकार भने गभर्नर नियुक्तिदेखि दुर्गाा प्रसाइँ खोज्न त प्रदेशहरुमा भाषण दिनमै व्यस्त रहेको छ । सरकारले अहिलेको वायु प्रदूषणको जोखिमलाई कम आँकेको देखिन्छ ।

जबकी पाकिस्तान, भारत लगायतका मुलुकले प्रदूषण उच्च भएका बेला सवारीसाधनमा रोकदेखि कलेज–विद्यालय, कार्यालयसमेत बन्द गर्दै सेमिलकडाउनकै स्थिति बनाएर जोखिम कम गर्दै आएका छन ।

तर विश्वकै प्रदूषित शहर बन्दा पनि नेपाल सरकार हाईसञ्चोले बसेको छ । जबकी विज्ञहरुले प्रदूषण नियन्त्रणका लागि डढेलो नियन्त्रण, बढी धुवाँ निकाल्ने कारखाना केही समयलाई बन्द गर्नुपर्ने, जीवाश्म इन्धनका गाडीहरू जोर बिजोर गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।

नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार व्यक्तिको निधन भएको तथ्यांकले देखाएको छ । यो वर्षदेखि तथ्याङ्क अझै बढ्ने चिकित्सकहरुले बताएका छन् ।

Tags: #काठमाडौंमा सेमिलकडाउनको अवस्था#विश्वकै प्रदूषित काठमाडौं#सरकार बेखबर

लोकप्रीय

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२

विचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?
ताजा समाचार

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

रवि र छविको आज पेसी

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.