×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

रविलाई थुनामा पठाउने आदेशविरुद्धको सुनुवाइ

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पठाउन आदेश गरेको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा यही चैत २२ गते उच्च अदाललत तुल्सीपुर बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Advertisement

उक्त, आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएका रविको निवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको थियो । ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइपछि निर्णय लिइँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको हो ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको मुद्दामा उच्च अदालत तुल्सीपुरको इजलासले लामिछानेलाई थुनामा बाहिर राखेर मुद्दा लड्न ठगीमा संलग्नको मनोबल बढ्ने र पीडितलाई थप पीडा हुने भन्दै थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशपछि २२ गते देखि नै प्रहरी नियन्त्रमा पुगेका लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधका रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले भने लामिछानेलाई एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध सरकारी वकिल र रवि स्वयंले गरेको पुनरावेदनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

यसविरुद्ध सर्वोच्च गएका रविले अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म लडाइँ जारी राख्ने बताएका छन् । यसअघि कारागार जानु अघि पनि रविले कानुनले दिएको व्यवस्था अनुशार सबै ढोकाहरु ढक्ढकाउने भताउदै आफ्ना कानून व्यवसायीहरुले सर्वाेच्च जाने तयारी गरिरहेको बताएका थिए ।

अदालतको आदेश अत्यन्तै सम्मान गर्ने यसै कारण शैक्षिक गिराफ्तरीका लागि मैंले आग्रह गरेको थिए, उनले भनेका थिए,प्रहरीले अदालतको आदेशको कार्यान्वयनका लागि जुन हिसाबको हर्कत देखायो त्यसप्रति मलाइ दुःख छ तर अदालतको आदेशप्रति म प्रतिवद्ध छु , उनले भनेका छन् ।

सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ।

जीबी राई भने फरार छन्। मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ७३ अनुसार, कुनै फौजदारी मुद्दामा थुनछेक आदेश भएमा, त्यसविरुद्ध एक तह माथिसम्म निवेदन दिन सकिने व्यवस्था छ।

तर जन्मकैद वा पाँच वर्षभन्दा बढी कैद सजाय हुनसक्ने कसुर परेमा भने दुई तहसम्म निवेदन दिने अधिकार हुन्छ,जसअन्तर्गत रवि सर्वोच्च अदालत गएका हुन् । यो प्रक्रियालाई कानुन व्यवसायीहरू त्यसलाई ‘७३ नम्बर निवेदन’ भनेर चिन्ने गर्छन्।

रविले सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वप्रथम प्रारम्भिक सुनुवाइ हुनेछ। त्यसपछि आज सर्वोच्च अदालतले उच्च अदालत बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

कैफियत प्रतिवेदन भन्नाले आरोपितलाई धरौटीमा छाड्ने या थुनामा राख्ने आदेश दिनुअघि अदालतले प्रस्तुत गरेका कारण, आधार र विवरणहरूको विस्तृत लिखित प्रतिवेदन हो। सर्वोच्चले उक्त प्रतिवेदन अध्ययन गरेर उच्च अदालतको आदेश सदर गर्ने वा बदर गर्दै नयाँ आदेश दिने विकल्प राख्नेछ।

सर्वाेच्चले उच्चको आदेश बदर गरेका रवि कारागारमुक्त हुनेछन् । सुप्रिम सहकारीमात्र होइन, रवि लामिछानेमाथि अन्य सहकारीहरू पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा चितवन—सहित कुल चारवटा अदालतमा ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेका छन्।

तीमध्ये चार वटामा सम्बन्धित जिल्ला अदालतहरूले उनलाई धरौटीमा रिहा गरेपछि रुपन्देहीको आदेश उल्टिएको छ । तर ती आदेशहरूप्रति सरकारी वकिल उच्च अदालत गएका छन्, जसको सुनुवाइ भने अझै बाँकी छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top