किम बनाउँदैछन् सबैभन्दा ठूलो युद्धपोत, समुद्रमा विध्वंस मच्चिने

२ वैशाख ,एजेन्सी ।

उत्तर कोरियाका नेता किम जोंग उन फेरि एक पटक विश्वलाई चकित पार्ने जमर्कोमा छन् । अन्तरमहादेशिय क्षेप्यास्त्रहरु बनाएर अमेरिकासहितको टाउको दुखाएका किमले अब विश्वसामू अर्को चुनौती पस्कने तयारी गर्दैछन् ।

सार्वजनिक भएका नयाँ स्याटालाइट तस्वीरहरुले खुलासा गरेका छन् कि उत्तर कोरियाले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो युद्धपोत बनाइरहेको छ । यो जहाज यति विशाल छ कि किमका नौसेनामा अहिले रहेका सबै जहाजहरुभन्दा यो २ गुना ठूलो छ ।

Advertisement

म्याक्सार टेक्नोलोजी र प्लानेट ल्याब्सका तर्फबाट ६ अप्रिलमा लिएको तस्वीर सार्वजनिक भएको छ । यी तस्बीरहरुमा न्यान्पो शिपयार्डमा पानीमा एक निर्माणाधीन जहाज देखिएको छ ।

राजधानी प्योंगयांगबाट यो लगभग ६० किलोमीटर दक्षिणमा रहेको छ । सीएनएनको रिपोर्टका अनुसार एक्सपट्र्सको भनाइ छ कि यो १४० मीटर लामो गाइडेड–मिसाइल फ्रिगेट हो, जुन जमीन र समुद्रमा निशाना साध्ने मिसाइलहरु सम्पन्न छ ।

Advertisement

अमेरिकाको अर्ले बर्क–क्लास डिस्ट्रयर ५०५ फीट र कन्स्टलेशन–क्लास फ्रिगेट ४९६ फीट लामो छ । उत्तर कोरियाको यो जहाज भलै अमेरिकाको भन्दा सानो छ, तर किमको नौसेनाका लागि यो निकै ठूलो उपलब्धि हो ।

यद्यपि जहाजको अस्तित्व कुनै नयाँ कुरा भने होइन । वास्तवमा किम शासन आफ्नो सशस्त्र बलहरुको तीव्र आधुनिकरणमा लागेको छ । गतवर्ष उत्तर कोरियाको सरकारी टीभीमा देखिएको थियो कि किम जोंग उनले एक जहाजको निरिक्षण गरिरहेका थिए ।

तर एक्सपट्र्स ठान्दछन् कि यो जहाज अहिले पनि अधूरो नै छ । रडार, हतियार र सेंसर लगाउन कम से कम एक वर्ष अरु लाग्ने उनीहरुको दाबी छ । यद्यपि अहिले सार्वजनिक भएको तस्वीरहरुका बारेमा पनि विज्ञहरुले टिप्पणी गरिरहेका छन् ।

जसमा देखिएको छ मिसाइल लान्चर । जसमा एक्पर्टस्ले अनुमान लगाएका छन् कि यो जहाजमा भर्टिकल लन्च ट्यूब हुनेछ, जसले कयौं प्रकारका मिसाइलहरु हान्न सक्छ । अर्को छ फेज्ड–ऐरे रडारः विश्लेषकहरु ठान्दछन् कि यसमा फेज्ड–ऐरे रडार लागेको छ ।

जसले दुश्मनलाई तिव्र गतिमा ट्रयाक गर्न सक्छ । यो उत्तर कोरियाको पुरानो प्रविधिभन्दा उन्नत छ । यस्तै हाइपरसोनिक मिसाइलको खतराः साउथ कोरियाका एक रिटायर्ड एडमिरल किम डक–की को भनाइ छ कि यदी यो जहाजमा जनवरीमा टेस्ट गरिएको हाइपरसोनिक मिसाइल जडान भयो भने यस क्षेत्रको सुरक्षाका लागि खतरा हुनेछ ।

उत्तर कोरियाका लागि यो गेम चेंजरभन्दा कम हुने छैन । तर साउथ कोरिया, जापान र अमेरिकाका लागि खतरा बढ्न सक्छ । वास्तावमा किमले नयाँ हतियारहरु र अंतरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरिरहेका छन् जुन अमेरिकासम्म मार हान्न सक्छ ।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको कडा प्रतिबंध छ, जसले उसलाई हतियार बनाउने सामाग्रि र प्रविधिसम्म पुग्नका लागि रोकेको छ । तर पनि किमका सेनाले तिव्ररुपम हतियारहरु त्यो पनि अत्याधुनिक हतियारहरु बनाइरहेको छ ।

एक्सपट्र्स भन्छन् कि रूस–उत्तर कोरियाको बढ्दो मित्रता यसको पछाडी हुनसक्छ । किम डक–की को पनि भनाइ छ कि रूसले शायद यो जहाजको मिसाइल सिस्टमको प्रविधि दिइरहेको छ । यूक्रेन युद्धपछि दुवै देशहरुको सम्बन्ध थप प्रगाढ भएको छ ।

पुटिन र किमले एकअर्काको देशको औपचारिक भ्रमण गरिसकेका छन् । यसबीच उत्तरले आफ्ना सैनिकहरु रूसको सहयोगका लागि युद्धमा पठाएको छ । यसअघि सन २०२१ मा अमेरिकाको एक रिपोर्ट आएको थियो जसमा भनिएको थियो कि उत्तर कोरियाको नौसेनामा ४०० साना युद्धपोत र ७० पनडुब्बिहरु छन् ।

तर धेरैजसो पुराना र साना छन् । यसको दुई मुख्य युद्धपोत, नाजिन–क्लास फ्रिगेट, १९७० को दशकको हो र अहिले काम नलाग्ने भएको छ । उत्तर कोरियाले तनाव थपिरहेका बेला उता इरानसंग भने अमेरिकाको पुरानै तनाव छ ।

ईरानको तिव्ररुपमा बढीरहेको परमाणु कार्यक्रमलाई लिएर ईरान र अमेरिकाबीच वार्ता पनि भइरहेको छ । तर अझै आशंकाहरु यथावत नै छन् । दुई देशबीच पहिलो चरणको वार्ता ओमानमा भयो ।

अब दोस्रो वार्ताका लागि ठाउँ कहाँ हुने भन्नेमा असामन्जस्य कायमै छ । यद्यपि यसबीच रोमको नाम पनि आइरहेको छ । तर ईरानले भने वार्ता फेरी पनि ओमानमा हुने दाबी गरेको छ ।

यसको अलावा अमेरिकी अधिकारीहरुले पनि वार्ता कहाँ हुने भन्नेमा प्रष्ट पारेका छैनन । यसबीच, राष्ट्रपति डोनाल्ड ट्रंपले सोमवार फेरि परमाणु वार्ताको गतिमा ढिलाई भइरहेको भनेका छन् ।

एल साल्भाडोरका राष्ट्रपतिसंगको बैठकका क्रममा ओभल अफिसमा ट्रंपले भने, मलाई लाग्छ कि उनीहरुले हामीलाई आफ्नो जालमा फसाइरहेका छन्’ । यता इटाली सरकारका एक अधिकारीले अबको बैठक शनिवार नै रोममा हुने विश्वास व्यक्त गरेका छन् ।

इटालीका विदेश मंत्री एटोनियो तजानीले पनि रोममा हुने संकेत गरेका छन् । विश्व दुई फरक मोर्चामा एकैपटक चुलिँदो अस्थिरताको साक्षी बन्दैछ । एकतर्फ उत्तर कोरियाको नौसैनिक शक्ति प्रदर्शन, अर्कोतर्फ इरान–अमेरिका परमाणु तनाव।

यी दुवै मोर्चा अमेरिकी रणनीतिक दबाबमाथिको खुला चुनौती हुन्। यस्तो अवस्थामा, के हामी शीतयुद्धको नयाँ अध्यायतर्फ प्रवेश गरिरहेका छौं? उत्तर अझै अनिश्चित छ,तर संकेतहरू गम्भीर रुपमा देखिएका छन् । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top