NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता शनिबार कार्तिक १ , २०८२
चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त शनिबार कार्तिक १ , २०८२
नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए शनिबार कार्तिक १ , २०८२
ब्याजदर झरे पनि तरलता अझै प्रशस्त शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप शनिबार कार्तिक १ , २०८२
Next
Prev

समाचार

सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेश

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , काठमाण्डौ ।
उहिले उहिले राजामहाराजाका पालमा हिड्दा हिड्दै रैतीलाई बक्सिस दिने, जा गरिखा भन्दै जग्गै दिने, फलानोलाई यति पैसा दिनु, जागिर दिनु भन्दै बाटाबाटै हुकुम बक्सिने गरेका कुरा अहिले हाम्रो पुस्ताका लागि अनौठो लाग्न सक्छ ।

अहिले गणतन्त्र, संघीयराज्यमा सबैकुरा पारदर्शी र नियमसंगतले हुनुपर्छ भन्ने मान्यता छ । तर यसको विपरित अझै पनि हुकुमी शैली, बाटाबाटै तोकादेश लगाउने शैली गएको छैन। अब त झनै नेताहरुले गोजीबाट योजना झिक्ने र आफ्नोसमेत भागमा पर्ने गरी आसेपासेलाई बाड्ने चलन फस्टाएको छ ।

गाउँगाउँ, नगरनगरमा भएका छोटे राजाहरुले इतिहास बनिसकेका राजाहरुलाई अझै बिर्सन दिएका छैनन् । अहिले यस्तै सम्झाउने एउटा तोकआदेश सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

LS Auto

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेश अहिले सामाजिक संजालमा छ्याप्छ्याप्ती भइरहेको छ । जसको चौतर्फी विरोध भएको छ ।

हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध गरेका छन् । ३ वैशाखमा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामा समक्ष पेस भएको थियो ।

मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ । मेयर लामाको तोकपछि ३ गतेको मितिमा १८३२६ नम्बरबाट उक्त पत्र दर्ता भएको छ ।

मेयर लामाको आफन्त नाता पर्ने सैलुनका सञ्चालक सुसन घलानको अनुरोधमा उनी सैलुनको उद्घाटन गर्न गएको सोही क्रममा एसी जडानको लागि सहयोग गर्ने वचन दिएको मागपत्रमा उल्लेख छ ।

‘उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएका छु’, पत्रमा जनाइएको छ ।

सञ्चालक घलानले गर्मी अत्यधिक भएको र सैलुनमा ग्राहकको भिड बढिरहेकाले आरामदायक सेवा दिन एक थान एसीको आवश्यकता परेको मागपत्रमा बताएका छन् । साथै, हेटौंडामा लोडसेडिङ तथा अनियमित विद्युत् आपूर्तिका कारण सैलुनको सेवा अवरुद्ध हुने अवस्था आउने भएकाले इन्भर्टरको आवश्यकता रहेको घलानले बताएका छन् ।

यता सर्वत्र विरोध भइरहँदा पनि हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यलयबाट तोकआदेशमा धेरै काम हुने र भइरहेको बताउँदै यसलाई सामान्य लिनुपर्ने धारणा राखेका छन् ।

उपमहानगरबाट सैलुनलाई ‘ल्याब बनाउने’ योजना भएर एसी र इन्भर्टर सहयोग गर्न खोजिएको बारे आफूले जानकारी पाएको उनको भनाइ छ । उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले काम गर्छु भनेर स्थानीय सरकारको ढोकामा आएको युवालाई सहयोग गर्न खोजिएको भनेका छन् ।

हाल लागत योजना तयार पार्न भनिएको र माग भएको सामग्री दिने वा नदिने निर्णय हुन बाँकी रहेको उनले बताए । सर्वत्र विरोध हुनेगरी उपमहानगरपालिकाको कर्मचारी समक्ष पेस भएको सो पत्र बाहिर ल्याउने पात्र सैलुनका सञ्चालक घलान स्वयम् नै हुन् ।

उनले सैलुनको टिकटक आइडीबाट उक्त पत्र सार्वजनिक गरेका हुन् । मेयर लामाले केही समय अघि सोही सैलुनको उद्घाटन गर्दै, कपाल काट्ने, फेसियल गर्ने, नेल आर्ट गर्ने लगायतका सेवा समेत लिएकी थिइन् ।

सो समयमा मेयर लामाले केही भिडियो र केही फोटोहरू समेत खिचाएकी थिइन् । व्यवसायी त्यसमाथि पनि युवाहरूलाई प्रोत्साहन गर्न मेयर लामाको उद्देश्य अनुसार बनाइएका भिडियो र फोटो सहित सैलुन सञ्चालकले तोक आदेश भएको उक्त पत्र समेटेर टिकटक भिडियो बनाउँछन् ।

सोही भिडियोबाट स्क्रिन सर्ट गरेर निकालिएको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । यता उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले अहिले भने आफूले पत्र नरहेको र अनौपचारिक रूपमा केही जानकारी लिएको बताएका छन् ।

उनले नयाँ ढङ्गको व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्ने प्रयासमा रहेका युवाहरूलाई प्रोत्साहन गर्ने उपमहानगरपालिकाको कार्यक्रम अन्तर्गत सो विषय अघि बढाइएको उनले बताए ।

व्यवसाय प्रवद्र्धनको उद्देश्यअनुसार अघि बढाएको सो पत्रको विषयमा आर्थिक प्रशासन महाशाखा प्रमुख तिमल्सिनासँग बुझ्न उनले आग्रह गरेका छन् । यस्तै सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने विषय व्यवसायी प्रवद्र्धनको नीति अनुरूप भएको हेटौँडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बताएका छन् ।

मेयरलाई उपमहानगरपालिकालाई व्यवसाय प्रवद्र्धनको लागि सहयोग गर्ने अधिकार रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । माग अनुसारको सामग्री दिएर व्यवसाय प्रवद्र्धनका लागि सहयोग दिने आर्थिक प्रशासन हुँदै लागत मूल्याङ्कनको प्रक्रियामा पठाइएको उनको भनाइ छ ।

अधिकार क्षेत्र भित्रै रहेर मागमा आधारित सो सामग्री दिने तयारी भएको उनले बताए । विलासिता सामग्री माग भएकाले आलोचना भएको उनको भनाइ ।

Tags: #सैलुनलाई एसी र इन्भर्टर

लोकप्रीय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२

विचार

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२

थप समाचार

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता
अन्तर्राष्ट्रिय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो
अन्तर्राष्ट्रिय

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन
ताजा समाचार

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

ब्याजदर झरे पनि तरलता अझै प्रशस्त

शनिबार कार्तिक १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

शनिबार कार्तिक १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.