NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
Reading Time: 2 mins read
A A
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१७ असार, काठमाडौं ।
मोरङ, बेलबारीका २७ वर्षीय कैलाश तामाङको जीवन अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयको एउटा दस्तखतको पर्खाइमा लट्किएको छ।
पाँच महिनादेखि दुवै मिर्गौला फेल भएर मृत्युसँग संघर्ष गरिरहेका उनीसँग ज्यान बचाउने सबै आधार छन्, उनलाई मिर्गौला दिन तयार आमा छिन्, निःशुल्क प्रत्यारोपण गरिदिने अस्पताल छ र स्थानीय तहबाट सबै सिफारिस पनि छ।
तर, छैन त केवल एउटा प्रशासनिक स्वीकृति, जसको अभावमा उनको जीवनको घडी हरेक पल कमजोर बन्दै गइरहेको छ । आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कैलाशका लागि  नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाइदिएपछि तामाङ परिवारमा आशाको दियो बलेको थियो।
कैलाशकी आमा गीता तामाङले छोरालाई जीवनदान दिन आफ्नो मिर्गौला दिन तयार भइन् र चिकित्सकीय परीक्षणले पनि उनी प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि गर्यो।
तर, यो आशामाथि काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रशासनिक ढिलासुस्ती र प्रक्रियागत अड्चन कालो बादल बनेर मडारिएको  विरामी पक्षले आरोप लगाएका छन् ।
पीडित पक्षले प्रत्यारोपणका लागि आवश्यक सबै कागजात र स्थानीय तहका सिफारिससहितको फाइल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगे पनि त्यहाँका प्रशासन शाखाका प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले फाइल अगाडि बढाउन आनाकानी गरिरहेको आरोप लगाएका छन् ।
“आमाको विगतमा दोस्रो विवाह भएको विषयलाई कारण देखाएर कानुनी अड्चन देखाइएको छ,“ पीडित परिवारका सदस्यले भनेका छन्, “तर उहाँ अहिले पनि मोरङमै बस्नुहुन्छ र छोराकै लागि दौडधुप गरिरहनुभएको छ।
मोरङ जिल्ला प्रशासनले समेत आवश्यक सबै सिफारिस दिइसकेको छ। तैपनि काठमाडौं प्रशासनले हाम्रो पीडा बुझिदिएन।“  उनीहरूले यस विषयमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले समेत बेवास्ता गरेको आरोप लगाएका छन्।
“सबै प्रक्रिया पूरा भइसकेको छ। एउटा हस्ताक्षर नहुँदा मेरो छोराको ज्यान जोखिममा छ। उसको स्वास्थ्य दिनदिनै बिग्रिरहेको छ,“ कैलाशकी आमा गीताले भनेकी छन् ।
तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भने कुनै अधिकृतलाई किटान गरेर लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन्।
“अङ्ग प्रत्यारोपणका लागि प्रशासनले छुट्टै अनुमति दिनु पर्दैन। प्रत्यारोपणसम्बन्धी समितिमा प्रशासनको एक प्रतिनिधि रहने मात्र हो,“ उनले  नेपाल टाइम्ससँगको कुराकानीमा भनेका छन् , “यदि सबै प्रक्रिया नियमअनुसार छ भने कसैले रोकेर रोकिँदैन। कुनै प्राविधिक कारणले ढिलाइ भएको हुनसक्छ, तर नियतवश कसैको काम रोकिएको छैन र रोकिँदैन।“
 नेपालमा मृर्गाैंला प्रत्यारोपणको प्रक्रिया भने  लामो  छ।  नेपालमा अङ्ग प्रत्यारोपण, विशेषगरी मिर्गौला प्रत्यारोपणलाई “मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५“ र यसको नियमावली, २०७३ ले व्यवस्थित गरेको छ।
यो कानुनले अङ्ग दान र प्रत्यारोपणलाई नैतिक, कानुनी र पारदर्शी बनाउने लक्ष्य राखेको छ। नाता पर्ने व्यक्तिबाट  यदि मिर्गौला दिने व्यक्ति बिरामीको नजिकको नातेदार जस्तैः आमा, बुबा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, श्रीमान्, श्रीमती, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा आदि हो भने प्रक्रिया तुलनात्मक रूपमा सहज हुन्छ।
तर  यदि नाता नपर्ने व्यक्तिले भावनात्मक सम्बन्ध जस्तैः लामो समयदेखिको मित्रता को आधारमा निस्वार्थ रूपमा मिर्गौला दान गर्न चाहेमा प्रक्रिया अलि जटिल हुन्छ र यसमा थप छानबिन आवश्यक पर्छ।
यसमा सबैभन्दा पहिले, मिर्गौला लिने (बिरामी) र दिने (दाता) दुवैको विस्तृत स्वास्थ्य परीक्षण गरिन्छ। रगतको समूह , तन्तुको मिल्दोपन  र अन्य स्वास्थ्य अवस्थाहरू उपयुक्त छन् कि छैनन् भनेर हेरिन्छ।
दुवै पक्षको नागरिकता, नाता प्रमाणित, विवाह दर्ता , वडा कार्यालयको सिफारिस, प्रहरी रिपोर्ट विशेषगरी नाता नपर्नेको हकमा जस्ता कागजातहरू तयार पारिन्छ।
सम्पूर्ण चिकित्सकीय र कानुनी कागजातहरू तयार भएपछि प्रत्यारोपण गरिने अस्पतालको “अङ्ग प्रत्यारोपण स्वीकृति समिति“ मा निवेदन पेस गरिन्छ।
समितिले पेस भएका सबै कागजात, नाताको सम्बन्ध र दानमा कुनै आर्थिक प्रलोभन वा जबरजस्ती छ÷छैन भन्ने कुराको गहन छानबिन गर्छ। समिति सन्तुष्ट भएपछि मात्र प्रत्यारोपणका लागि स्वीकृति प्रदान गर्छ।
समितिबाट स्वीकृति प्राप्त भएपछि अस्पतालले तोकेको समयमा मिर्गौला प्रत्यारोपणको शल्यक्रिया गरिन्छ। ऐन अनुसार, हरेक प्रत्यारोपण केन्द्र (अस्पताल) मा एक “अङ्ग प्रत्यारोपण समन्वय समिति“ हुनुपर्छ।
यसैलाई व्यवहारमा “स्वीकृति समिति“ पनि भनिन्छ। यसको मुख्य भूमिका भनेको अङ्ग दान र प्रत्यारोपणको सम्पूर्ण प्रक्रिया नैतिक र कानुनी रूपमा सही छ भनी सुनिश्चित गर्नु हो। नियमावली अनुसार, अङ्ग प्रत्यारोपण समन्वय समितिमा  सम्बन्धित अस्पतालको प्रमुख÷निर्देशक  अध्यक्ष रहन्छन् ।
र  सम्बन्धित विषयको विशेषज्ञ चिकित्सक , सम्बन्धित विषयको विशेषज्ञ शल्यचिकित्सक , एनेस्थेसियोलोजिस्ट , सम्बन्धित अस्पतालको नर्सिङ प्रमुख, नेपाल सरकारले तोकेको कानून अधिकृत वा प्रतिनिधि  र प्रमुख जिल्ला अधिकारीले तोकेको  अधिकृत स्तरको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि  सदस्य रहन्छन् भने  अस्पतालले तोकेको प्रशासकीय अधिकृत  सदस्य–सचिव रहन्छन् ।
 मिर्गौला प्रत्यारोपणमा जिल्ला प्रशासन कार्यालयको भूमिका सिधै अनुमति दिने नभई, समितिमा एक सदस्यको रूपमा रहेर कानुनी र प्रक्रियागत पक्षहरूको अनुगमन र प्रमाणीकरण गर्नु रहन्छ ।
समितिको बैठकमा प्रशासनका प्रतिनिधिको उपस्थिति र हस्ताक्षरले प्रक्रियालाई कानुनी मान्यता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ।
LS Auto
Tags: #प्रत्यारोपण#मृगौला पीडित

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.