इजरायलमा खुल्यो रोजगारी ,१४६४ नेपाली कामदार माग, तलव सुविधा कति ?

Share this
722shares

२३ भदौ , काठमाण्डौ ।

Advertisement

इजरायलमा रोजगारीका लागि जान चाहने नेपाली नागरिकका लागि पुनः अवसर खुलेको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा काम गर्न १ हजार ४ सय ६४ जना नेपाली कामदार माग गरिएको छ । यसमध्ये १ हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुष रहेका छन् । ने

पाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता तथा त्यस अन्तर्गतको कार्यान्वयन प्रोटोकलअनुसार खोलिएको यस आवेदनमा तोकिएको योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया, उमेर हद, तलब, काम गर्ने समय, बिदा, आवास तथा आवेदनसँग सम्बन्धित खर्चबारे समेत वैदेशिक रोजगार विभागले विस्तृत जानकारी सार्वजनिक गरेको छ।

Advertisement

 

Image

Advertisement

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन खुला गरिएको हो। यस्ता केन्द्रमा गम्भीर अपांगता भएका तथा विशेष स्याहार आवश्यक पर्ने व्यक्तिको दैनिक हेरचाहका लागि नेपाली कामदार परिचालन गरिनेछ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार कुल १ हजार ४ सय ६४ जना कामदार छनोट गरिनेछ।

माग संख्यामा महिलाको संख्या पुरुषको तुलनामा निकै बढी छ। कुल मागमध्ये १ हजार १ सय ३२ जना महिला र ३ सय ३२ जना पुरुषका लागि अवसर रहेको छ। आवेदन दिनका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। त्यस्तै, आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

Image

उमेरको यो मापदण्ड पूरा नगर्ने उम्मेदवार आवेदन प्रक्रियामा सहभागी हुन पाउने छैनन्।इच्छुक उम्मेदवारले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमार्फत बुझाउनुपर्नेछ।

यसपटकको सूचनामा क्यामब्रिज अपस्किल इंगलिस टेस्टसम्बन्धी विषयसमेत उल्लेख गरिएको छ। आवेदनकर्ताको हकमा क्यामब्रिज अपस्किल इंगलिस टेस्ट अपग्रेडमा रहेका कारण परीक्षा दिनुपर्ने अवस्था आएमा तोकिएको मितिअनुसार परीक्षा सञ्चालन हुने विभागले जनाएको छ।

त्यसैले आवेदन दिन इच्छुक व्यक्तिले आफूलाई लागू हुने भाषा परीक्षा तथा अन्य आवश्यक प्रक्रियाबारे सूचना ध्यानपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ। अब कुरा गरौँ, इजरायलमा काम गरेबापत पाइने तलब र काम गर्ने समयको । छनोट भएका सहायक कामदारले मासिक ६ हजार ४ सय ४३ दशमलव ८५ इजरायली मुद्रा अर्थात् नयाँ इजरायली शेकेल बराबरको आधारभूत तलब पाउनेछन्।

यसबाहेक इजरायलको प्रचलित कानुनअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुनेछ।कामदारले सामान्य रूपमा सातामा ६ दिनसम्म र हप्तामा ४२ घण्टा काम गर्नुपर्ने व्यवस्था छ। उल्लेखित ४२ घण्टा नियमित कामको समय हो भने अतिरिक्त समय काम गरेमा इजरायली कानुनअनुसार अतिरिक्त पारिश्रमिक तथा ओभरटाइमको सुविधा लागू हुनेछ।

Image

कामदारले सातामा एक दिन बिदा पाउनेछन्। त्यस्तै, वार्षिक बिदाको व्यवस्था पनि इजरायल सरकारको प्रचलित कानुनअनुसार हुनेछ।खानाको विषयमा भने कामदार आफैंले आफ्नो खानाको व्यवस्था गर्नुपर्नेछ। अर्थात्, रोजगारदाताले कामदारका लागि खाना उपलब्ध गराउने छैन। तर बसोबासको हकमा भने रोजगारदाताले तोकिएको नियमअनुसार बस्ने सुविधा उपलब्ध गराउनेछ।

यद्यपि, उक्त बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । कामदारको करार अवधि सुरुमा एक वर्षको हुनेछ। रोजगारदाताले आवश्यकताअनुसार करार अवधि थप गर्न सक्ने व्यवस्था रहेको छ। करार अवधि थप हुँदै जाँदा इजरायलको प्रचलित नियम तथा सम्झौताअनुसार कामदारले रोजगारीलाई निरन्तरता दिन सक्नेछन्।

अब इजरायल जानका लागि आवेदन दिने क्रममा लाग्ने खर्चबारे पनि जानौँ।विभागले सार्वजनिक गरेको विवरणअनुसार इजरायल जाने कामदारले विभिन्न शीर्षकमा खर्च व्यहोर्नुपर्नेछ। नेपाल–इजरायल एकतर्फी हवाई भाडा प्रचलित बजारदरअनुसार हुनेछ। स्वास्थ्य बीमाका लागि उमेरअनुसार करिब ३ हजार ९ सय ८ देखि ४ हजार ९ सय ३१ रुपैयाँसम्म खर्च लाग्ने उल्लेख छ।

त्यस्तै, पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि ७ सय रुपैयाँ, पासपोर्टका लागि प्रचलित नियमअनुसारको शुल्क र स्वास्थ्य परीक्षणका लागि तोकिएको रकम खर्च हुनेछ।अंग्रेजी भाषा परीक्षण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी, आवश्यकताअनुसार कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणको खर्च लाग्न सक्नेछ ।

Image

वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था पनि सूचनामा उल्लेख छ। सामाजिक सुरक्षा कोषमा भने कोषको नियमअनुसार रकम जम्मा गर्नुपर्नेछ। यसैबीच, वैदेशिक रोजगार विभागले विगतमा आवेदन दिएका केही उम्मेदवारका सम्बन्धमा पनि महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ।

२०८३ साल जेठ १९ गते प्रकाशित विज्ञापनमा आवेदन स्वीकृत भएर लट्रीमा छनोट नभएका र अन्तिम आवेदन दिने दिनसम्म ४५ वर्ष ननाघेका उम्मेदवारको अघिल्लो विज्ञापनमा अनुमोदन भएको आवेदनलाई पिआइबिए को नो चेक मा पठाइने पठाइने विभागले जनाएको छ। तर यसअघिको आवेदन स्वीकृत भएको भन्दै सबै उम्मेदवार स्वतः छनोट हुने भने होइन।

नेपाल सरकार र इजरायल सरकारबीच भएको कार्यान्वयन प्रोटोकल तथा सम्झौताअनुसार सम्बन्धित निकायले योग्य सबै आवेदकलाई रोजगारी उपलब्ध गराउन बाध्य नहुने व्यवस्था पनि सूचनामा स्पष्ट गरिएको छ।विभागले आवेदनका क्रममा पेश गरिएका विवरण तथा कागजात गलत भेटिएमा उम्मेदवारको आवेदन जुनसुकै समयमा खारेज हुन सक्ने र प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुन सक्ने चेतावनी दिएको छ।

त्यसैले आवेदन भर्दा व्यक्तिगत विवरण, उमेर, कागजात र अन्य जानकारी सही रूपमा उपलब्ध गराउनुपर्नेछ।इजरायलमा रोजगारीका लागि ठूलो संख्यामा नेपाली कामदारको माग भएपछि वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाका लागि यो महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी महिलाका लागि १ हजार १ सय ३२ वटा पद छुट्याइएकाले महिला कामदारका लागि रोजगारीको ठूलो अवसर सिर्जना भएको छ।

त्यसैले आवेदन दिन इच्छुक उम्मेदवारले तोकिएको उमेर, नागरिकता, आवेदन अवधि, भाषा परीक्षण तथा अन्य योग्यता र सर्तहरू राम्रोसँग अध्ययन गरेर मात्र आवेदन दिन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। आवेदनको अन्तिम समय असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म रहेकाले इच्छुक उम्मेदवारले अन्तिम समय कुर्नुभन्दा अगावै अनलाइन आवेदन प्रक्रिया पूरा गर्नु उपयुक्त हुनेछ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जान चाहने नेपालीका लागि खुलेको यो अवसरमा कुल १ हजार ४ सय ६४ जनाको माग रहेको छ। आकर्षक तलबसँगै ओभरटाइम सुविधा, कानुनअनुसार बिदा र रोजगारदाताबाट बसोबासको व्यवस्था हुने भए पनि खाना तथा आवासको खर्चसम्बन्धी व्यवस्था भने उम्मेदवारले राम्रोसँग बुझेर मात्र आवेदन दिनुपर्ने देखिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top