NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
Reading Time: 1 min read
A A
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
६ साउन , काठमाण्डौं । 
नरेश भट्टविरुद्धको मुद्दा एक वर्षपछि धकेलियो
करिब एक वर्षअघि बेपत्ता भएकी मनासस पार्ककी  नेपाली नर्स तथा एक सन्तानकी आमा ममता काफ्ले भट्टको मुद्दामा न्यायको पर्खाइमा रहेका उनका परिवार र समर्थकहरूलाई ठूलो झट्का लागेको छ।
ममताका श्रीमान् नरेश भट्टविरुद्धको मुद्दा एक वर्षभन्दा बढी समयका लागि पछि सारिएको छ। नरेश भट्टमाथि आफ्नी श्रीमतीको हत्या, शव लुकाएको र शवको  नष्ट गरेको गरी तीनवटा गम्भीर आरोप लगाइएको छ।
मुद्दाको सुनुवाइ अब अक्टोबर २०२६ मा मात्र सुरु हुने भएपछि उनी कम्तिमा त्यतिन्जेलसम्म प्रहरी हिरासतमा रहनेछन्।  सुरुमा यो मुद्दाको सुनुवाइ आगामी सेप्टेम्बर २०२५ मा सुरु हुने तालिका थियो।
तर, अब यो अर्को वर्षको अक्टोबरका लागि सारिएको छ, जसको पूर्व–सुनुवाइ सम्मेलन १० सेप्टेम्बर २०२६ मा हुनेछ। प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए. अर्भिङले प्रतिरक्षा पक्षको यति लामो ढिलाइको मागमा सुरुमा आश्चर्य व्यक्त गरेकी थिइन्।
उनले नरेश भट्टविरुद्ध प्रारम्भिक आरोप दर्ता भएको दुई वर्षभन्दा बढी समयपछि मात्र सुनुवाइ हुनुलाई “अविश्वसनीय“ भनेकी थिइन्। यद्यपि, अभियोजन पक्षले आफ्नो व्यस्त कार्यतालिकाको कारण देखाउँदै सहमति जनाएपछि उनले मुद्दा स्थगित गर्न स्वीकृति दिइन्।
नरेश भट्टलाई ममता बेपत्ता भएको घटनामा संलग्न भएको आरोपमा गत अगस्ट २२ मा पक्राउ गरी शव लुकाएको अभियोग लगाइएको थियो। पछि डिसेम्बर ४ मा हत्या र शव नष्ट गरेको थप आरोप लगाइएको थियो।
मनासस पार्क प्रहरीले गत शरद ऋतुदेखि करिब ५० पटक खोजतलास गर्दा पनि ममताको शव वा अवशेष फेला पार्न सकेको छैन। शुक्रबारको सुनुवाइको सुरुमा प्रतिरक्षा पक्षका वकिल शालेभ बेन–अब्राहमले ममताको परिवारले भोग्नुपरेको पीडाप्रति गहिरो दुःख व्यक्त गरे।
उनले अभियोजन पक्षबाट २४ जना विज्ञ साक्षी प्रस्तुत गरिने र उनीहरूले उपलब्ध गराएको तथ्यांकको विश्लेषण गर्न थप समय आवश्यक परेको तर्क गरे।
उनले जुलाई २०२६ को मिति प्रस्ताव गर्न चाहेको तर अभियोजन पक्षका वकिल म्याथ्यु स्वीट र सारा सामीको कार्यतालिका व्यस्त भएकाले  त्यो सम्भव नभएको बताएका थिए ।
अभियोजन पक्षकी वकिल सामीले आफूहरू सेप्टेम्बर २०२५ को लागि तयार भए पनि भविष्यमा पुनरावेदन गर्न सकिने कुनै पनि मुद्दाबाट बच्नका लागि ढिलाइमा सहमत भएको बताएकी छिन् ।
न्यायाधीश अर्भिङले प्रमाण प्रस्तुतिका लागि पाँच हप्ताको समय तोकेकी छिन्, जसमा चार हप्ता अभियोजन पक्ष र एक हप्ता प्रतिरक्षा पक्षका लागि हुनेछ।
सुनुवाइका लागि ६ हप्ता छुट्याइए पनि कुनै अप्रत्याशित ढिलाइ हुन सक्ने भन्दै अक्टोबर ५ देखि नोभेम्बर १९, २०२६ सम्म सात हप्ताको समय छुट्याउन दुवै पक्षलाई निर्देशन दिइएको छ।
साथै, ३०० नागरिकमध्येबाट निष्पक्ष जुरी सदस्यहरूको छनोट प्रक्रियाका लागि एक हप्ता लाग्नेछ। सुनुवाइका क्रममा सुन्तला रङको जम्पसुटमा उपस्थित भएका नरेश भट्टले सुरुमा न्यायाधीशको प्रश्नको जवाफ दिएनन्, तर नेपाली दोभाषेमार्फत आफ्ना वकिलसँग छलफल गरेपछि उनले सहमतिमा टाउको हल्लाएका थिए ।
अदालतबाहिर आयोजित पत्रकार सम्मेलनमा ममताकी पूर्व सहकर्मी तथा अभियानकर्ता होली वर्थले अभियोजन पक्षको निर्णयप्रति गहिरो निराशा व्यक्त गरिन्। “हामी श्री स्वीट र सुश्री सामीको कदमबाट अत्यन्तै निराश छौँ,“ उनले भनिन्, “अदालतमा न्यायाधीश पनि यति लामो स्थगन दिन सहज महसुस गरिरहनुभएको थिएन।“ 
अर्की समर्थक तथा घरेलु हिंसा पीडित एन्जल रोडसले काफ्ले परिवारको पीडा व्यक्त गर्दै भनिन्, “यो परिवारलाई हरेक तवरले चुँडालिएको छ र यो स्थगन उनीहरूको पिठ्युँमा छुरा रोपेजस्तै हो। तर पनि उनीहरूले धैर्यतापूर्वक अदालतको आदेश स्वीकार गरे, उनीहरू केवल न्याय र शान्ति चाहन्छन्।“  वर्थले अन्त्यमा भनिन्, “न्यायमा ढिलाइ हुनुको अर्थ न्याय नै नहुनु होइन। तर, म यो भन्न सक्छु कि अहिलेको अवस्था पक्कै पनि सुखद छैन।“
०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका उडिन् ।
एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।
ममताको न्यायको लागि अमेरिकामा रहेका नेपालीहरुले  त्याहाको प्रहरीमार्फत दबाब अभियान समेत चलाइरहेका छन् । अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा  नरेश बेरोजगार थिए ।
अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।
अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।
उनलाई अन्तिम पटक  गतवर्षको जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेकी थिइन्।
जुलाई २८ मा आफ्नो बच्चा भर्याङ चढ्दै गरेको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई कसैले देखेको छैन।
LS Auto
Tags: #नरेश भट्टविरुद्धको मुद्दा#ममता काफ्ले बेपत्ता प्रकरण

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.