NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कस्तो छ किमजोंग उन चढ्ने रेल ? बिहिबार भदौ १२ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने बिहिबार भदौ १२ , २०८२
नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने बिहिबार भदौ १२ , २०८२
अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने बिहिबार भदौ १२ , २०८२
एमाले नेतालाई छाडियो तर रास्वपा नेता अरनिको पाँडेलाई पक्राउ गरियो  बिहिबार भदौ १२ , २०८२
Next
Prev

समाचार

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१२ भदौ , काठमाण्डौ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फेरि नयाँ आप्रवासन नीति प्रस्ताव गरेको छ । जसले अमेरिकामा उच्च शिक्षा हासिल गर्ने वा स्वतन्त्र पत्रकारिता गर्ने सपना बोकेका लाखौँ विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।
ट्रम्प प्रशासनले थप कडा आप्रवासन नीति घोषणा गरेको हो । नयाँ नियमले विदेशी विद्यार्थी, पत्रकार र सांस्कृतिक आदान प्रदान कार्यक्रममा आउने आगन्तुक हरूका लागि हालसम्म कायम रहेको लचिलो भिसा अवधिलाई खारेज गरी निश्चित समय सीमा तोक्ने प्रस्ताव गरेको छ।
अहिलेसम्म, विद्यार्थी (एफ–१) र पत्रकार (आई) भिसामा अमेरिका आउनेहरूलाई अवधि तोक्ने गरिएको थिएन। उनीहरूले आफ्नो अध्ययन वा काम नसकिँदासम्म कानुनी रूपमा बस्न पाउँथे।
तर, नयाँ प्रस्तावित नियमले यो व्यवस्थालाई पूर्ण रूपमा बदल्दै एक निश्चित समय–सीमा लागू गर्नेछ, जसले अमेरिकामा रहेका र आउन चाहने लाखौं विद्यार्थी सहित विश्वभरका नागरिकहरू माथि गहिरो प्रभाव पार्ने देखिएको छ।
ट्रम्प प्रशासनले सार्वजनिक गरेको मस्यौदा अनुसार भिसाका श्रेणीअनुसार फरक–फरक समय–सीमा तोकिएको छ। विदेशी विद्यार्थी र सांस्कृतिक आगन्तुकले अब बढीमा चार वर्षको मात्र भिसा पाउनेछन्।
यदि कसैको अध्ययन चार वर्षभन्दा लामो छ भने, उनीहरूले अवधि थपका लागि छुट्टै आवेदन दिनुपर्नेछ, जुन स्वीकृत हुने कुनै ग्यारेन्टी हुनेछैन। विदेशी पत्रकारहरूका लागि २४० दिन (लगभग ८ महिना) को प्रारम्भिक भिसा अवधि तोकिएको छ।
यो अवधिपछि उनीहरूले अमेरिका बसाइ लम्ब्याउन चाहेमा पुनः आवेदन दिनुपर्नेछ।तर चीनसँगको बढ्दो तनावबीच, चिनियाँ पत्रकारहरू लाई भने केवल ९० दिनको मात्र भिसा दिइने प्रस्ताव छ।
ट्रम्प प्रशासनले यो नियम राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न र भिसा प्रणालीको दुरुपयोग रोक्न आवश्यक रहेको दाबी गरेको छ। पुरानो लचिलो प्रणालीले केही व्यक्तिहरूलाई भिसाको म्याद सकिएपछि पनि अवैध रूपमा अमेरिकामै बसेको सरकारको तर्क छ।
प्रशासनका अनुसार, यो परिवर्तनले अध्यागमन प्रणालीमाथि परेको बोझ कम गर्नेछ र अमेरिकी नागरिकहरूको हितको रक्षा गर्नेछ।यो नियमले विशेषगरी चार वर्षभन्दा लामो समय लाग्ने स्नातक, स्नातकोत्तर वा पीएचडी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित हुनेछन्।
प्रत्येक पटक भिसा नवीकरणको झन्झटिलो र अनिश्चित प्रक्रियाले उनीहरूको शैक्षिक यात्रामा मानसिक तनाव र अस्थिरता थप्नेछ। यसका अलावा अमेरिकाका विश्वविद्यालयहरू विदेशी विद्यार्थीहरूले तिर्ने महँगो शुल्कमा धेरै हदसम्म निर्भर छन्।
यो नियमले अमेरिकालाई शैक्षिक गन्तव्यको रूपमा कम आकर्षक बनाउन सक्छ, जसकारण विद्यार्थीहरू क्यानडा, अष्ट्रेलिया वा युरोपेली देशतर्फ आकर्षित हुन सक्छन्। यसले अमेरिकी शैक्षिक क्षेत्र र अर्थतन्त्रमा समेत नकारात्मक असर पार्न सक्छ।
यो नियमले पत्रकारहरूका लागि तोकिएको छोटो समय–सीमाले उनीहरूको स्वतन्त्र र गहिरो अनुसन्धान गर्ने क्षमतालाई सीमित पार्नेछ। विशेषगरी, लामो समय लाग्ने खोजमूलक रिपोर्टिङ लगभग असम्भव हुनेछ, जसलाई कतिपयले प्रेस स्वतन्त्रता माथिको अप्रत्यक्ष अंकुशका रूपमा व्याख्या गरेका छन्।
ट्रम्प प्रशासनले आप्रवासन नीति कडाइ गरेको यो पहिलो पटह होइन। सन् २०२० मा उनको पहिलो कार्यकालमा पनि यस्तै नियम ल्याउन खोजिएको थियो, तर अमेरिकाका प्रमुख विश्वविद्यालयहरू र शैक्षिक संगठनहरूको चर्को विरोधपछि त्यो योजना अघि बढ्न सकेन।
यो कदम ट्रम्प प्रशासनको समग्र कडा आप्रवासन नीतिकै एक हिस्सा हो, जसअन्तर्गत भिसा र ग्रीन कार्ड रद्द गर्नेदेखि नागरिकताका लागि आवेदन दिनेहरूको चरित्र, बसोबास र अमेरिकी मूल्यमान्यता प्रतिको निष्ठामाथि कडा जाँच गर्ने जस्ता नीतिहरू समावेश छन्।
यो नियमले अमेरिकालाई थप संरक्षणवादी र आप्रवासीप्रति अनुदार राष्ट्रको रूपमा उभ्याएको छ, जसले आगामी दिनमा लामो कानुनी र राजनीतिक बहस सिर्जना गर्ने निश्चित छ।
LS Auto
Tags: #अमेरिकामा विदेशी पत्रकार#नयाँ अमेरिकी भिसा नीति#विद्यार्थी र पर्यटक

लोकप्रीय

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

बिहिबार भदौ १२ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२

विचार

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

बिहिबार भदौ १२ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२

थप समाचार

कस्तो छ किमजोंग उन चढ्ने रेल ?
अन्तर्राष्ट्रिय

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

बिहिबार भदौ १२ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने
अन्तर्राष्ट्रिय

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
ताजा समाचार

अध्यक्षमा उठे विद्याले ओलीलाई जित्नै नसक्ने, अनि कारबाहीभोग्नुपर्ने

बिहिबार भदौ १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

कस्तो छ किमजोंग उन चढ्ने रेल ?

बिहिबार भदौ १२ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

नयाँ अमेरिकी भिसा नीतिः विद्यार्थी र पर्यटकका लागि समय तोकिने

बिहिबार भदौ १२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.