×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

२० भाद्र २०८२

२० भदौ , काठमाण्डौ ।

आफूले विश्वका ७ वटा युद्ध समाप्त गरेको भन्दै पटक पटक आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्। यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् ।

Advertisement
Advertisement

न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा यो कदमले अमेरिकी सेनाको शक्ति र कडाइको बारेमा जनतालाई स्पष्ट सन्देश दिनेछ। तर, मन्त्रालयको नाम आधिकारिक रूपमा बदल्न अमेरिकी संसद (कङ्ग्रेस) बाट कानुन पास हुनु आवश्यक छ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको ‘डिपार्टमेन्ट अफ डिफेन्स’लाई सन् १९४९ सम्म ‘वार डिपार्टमेन्ट’ नै भनिन्थ्यो। दोस्रो विश्वयुद्धपछि कङ्ग्रेसले सेना, नौसेना र वायुसेनालाई एकै संरचनामा ल्याएर नयाँ ढाँचा बनाएको थियो। इतिहासकारहरूको भनाइअनुसार, त्यसबेलाको नाम परिवर्तनको मुख्य कारण मध्ये एक थियो– परमाणु युगमा विश्वलाई अमेरिका आफ्नो उद्देश्य युद्ध गर्नु नभएर युद्ध रोक्नु रहेको सन्देश दिन चाहन्थ्यो ।

एनबीसी न्यूजले पनि ह्वाइटहाउसका अधिकारीकारीहरूलाई उद्धृत गर्दै शुक्रबार ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने उल्लेख गरेको छ । ह्वाइट हाउसका अनुसार, कानुनी प्रक्रियाका कारण तत्काल नाम परिवर्तन नभए पनि यसले रक्षा मन्त्री पीट हेगसेथलाई ‘सेक्रेटरी अफ वार’ (युद्ध मन्त्री’ र ‘डिपार्टमेन्ट अफ वार’ जस्ता दोस्रो शीर्षकहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सन्देश र औपचारिक समारोहहरूमा प्रयोग गर्न अधिकार दिनेछ ।

ट्रम्पले सबै कार्यकारी मन्त्रालय र निकायहरूलाई आन्तरिक र बाह्य सञ्चारमा यी दोस्रो शीर्षकहरूलाई ‘मान्यता दिन र समायोजन गर्न’ निर्देशन दिनेछन्। अमेरिकी कांग्रेसले यसलाई सन् १७८९ मा युद्ध मन्त्रालयको रूपमा स्थापना गरेको थियो ।

राष्ट्रपति ह्यारी ट्रुम्यानले १९४७ मा राष्ट्रिय सुरक्षा ऐनमा हस्ताक्षर गरेर युद्ध मन्त्रालयलाई ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ मा परिवर्तन गरेका थिए। यस ऐनले सबै सैन्य सेवाहरूलाई एकै सचिवको नेतृत्वमा एकीकृत संगठनमा ल्याएको थियो।

त्यसअघि, युद्ध मन्त्रालय, नौसेना र वायुसेना अलग–अलग सञ्चालन भइरहेका थिए।सन् १९४९ मा, राष्ट्रिय सुरक्षा ऐन संशोधन गरी ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ को नाम परिवर्तन गरेर ‘डिपार्टमेन्ट अफ डिफेन्स’ (रक्षा मन्त्रालय) राखिएको थियो।

कारण, यसको संक्षिप्त रूप (एनएमई) ‘ईनमी’ (शत्रु) जस्तै सुनिन्थ्यो भन्ने चिन्ता थियो। ट्रम्पको आदेशले हेगसेथलाई नामलाई स्थायी रूपमा ‘युद्ध मन्त्रालय’ मा फर्काउनका लागि विधायिकी र कार्यकारी कार्यबाहीहरूको सिफारिस गर्न निर्देशन दिनेछ।

ट्रम्पले केही महिनादेखि नै यो नामलाई १८औं शताब्दीको स्वरूपमा फर्काउन चाहेको संकेत दिइरहेका थिए। उनले हालको नामलाई पर्याप्त ‘युद्धमुखी’ नभएको भन्दै आलोचना गरेका थिए। पछिल्लो महिनामा ओभल अफिसमा उनले भनेका थिए, ‘युद्ध मन्त्रालयको ध्वनि बलियो थियो र यससँग विश्वयुद्ध प्रथम र द्वितीयमा अमेरिकाले जितेको अद्भुत इतिहास जोडिएको छ।’

उनले थपेका थिए, ‘म केवल रक्षा मात्रै चाहन्नँ। हामीलाई रक्षा चाहिन्छ, तर आक्रमण पनि चाहिन्छ, युद्ध मन्त्रालय हुँदा हामीले सबै जितेका थियौं।’ रक्षामन्त्री हेगसेथलाई ट्रम्पले पहिले नै ‘युद्ध मन्त्री’ भनेर सम्बोधन गरेका थिए । उनी पनि नाम परिवर्तनको बलिया समर्थक हुन्।

उनले गत महिना मन्त्रिपरिषद् बैठकमा यसले मन्त्रालयभित्र ‘योद्धा भाव’ बलियो बनाउन मद्दत गर्ने बताएका थिए । बिहीबार साँझ जर्जियाको फोर्ट बेनिङ भ्रमणपछि वासिङ्टन फर्किँदै गर्दा हेगसेथले नयाँ नामबारे संकेत दिएका थिए। ‘युद्ध मन्त्रालयसँगै यात्रा गर्नुभएकोमा धन्यवाद,’ उनले आफूसँगै रहेका पत्रकारहरूलाई भने।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top