NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट शुक्रबार भदौ २० , २०८२
पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ? शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट शुक्रबार भदौ २० , २०८२
ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ शुक्रबार भदौ २० , २०८२
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२
Reading Time: 1 min read
A A
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० भदौ , काठमाण्डौ ।

आफूले विश्वका ७ वटा युद्ध समाप्त गरेको भन्दै पटक पटक आफूले नोबेल शान्ति पुरस्कार पाउनु पर्ने दाबी गर्दै आएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा आदेशमा हस्ताक्षर गर्न लागेका छन्। यसअन्तर्गत उनले ‘डिपार्टमेन्ट अफ डिफेन्स’ अर्थात् रक्षा मन्त्रालयको नाम बदलेर ‘डिपार्टमेन्ट अफ वार’ अर्थात् युद्ध मन्त्रालय राख्न चाहन्छन् ।

न्यूज एजेन्सी पीटीआईका अनुसार, उनको भनाइमा यो कदमले अमेरिकी सेनाको शक्ति र कडाइको बारेमा जनतालाई स्पष्ट सन्देश दिनेछ। तर, मन्त्रालयको नाम आधिकारिक रूपमा बदल्न अमेरिकी संसद (कङ्ग्रेस) बाट कानुन पास हुनु आवश्यक छ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको ‘डिपार्टमेन्ट अफ डिफेन्स’लाई सन् १९४९ सम्म ‘वार डिपार्टमेन्ट’ नै भनिन्थ्यो। दोस्रो विश्वयुद्धपछि कङ्ग्रेसले सेना, नौसेना र वायुसेनालाई एकै संरचनामा ल्याएर नयाँ ढाँचा बनाएको थियो। इतिहासकारहरूको भनाइअनुसार, त्यसबेलाको नाम परिवर्तनको मुख्य कारण मध्ये एक थियो– परमाणु युगमा विश्वलाई अमेरिका आफ्नो उद्देश्य युद्ध गर्नु नभएर युद्ध रोक्नु रहेको सन्देश दिन चाहन्थ्यो ।

एनबीसी न्यूजले पनि ह्वाइटहाउसका अधिकारीकारीहरूलाई उद्धृत गर्दै शुक्रबार ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने उल्लेख गरेको छ । ह्वाइट हाउसका अनुसार, कानुनी प्रक्रियाका कारण तत्काल नाम परिवर्तन नभए पनि यसले रक्षा मन्त्री पीट हेगसेथलाई ‘सेक्रेटरी अफ वार’ (युद्ध मन्त्री’ र ‘डिपार्टमेन्ट अफ वार’ जस्ता दोस्रो शीर्षकहरूलाई आधिकारिक पत्राचार, सार्वजनिक सन्देश र औपचारिक समारोहहरूमा प्रयोग गर्न अधिकार दिनेछ ।

ट्रम्पले सबै कार्यकारी मन्त्रालय र निकायहरूलाई आन्तरिक र बाह्य सञ्चारमा यी दोस्रो शीर्षकहरूलाई ‘मान्यता दिन र समायोजन गर्न’ निर्देशन दिनेछन्। अमेरिकी कांग्रेसले यसलाई सन् १७८९ मा युद्ध मन्त्रालयको रूपमा स्थापना गरेको थियो ।

राष्ट्रपति ह्यारी ट्रुम्यानले १९४७ मा राष्ट्रिय सुरक्षा ऐनमा हस्ताक्षर गरेर युद्ध मन्त्रालयलाई ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ मा परिवर्तन गरेका थिए। यस ऐनले सबै सैन्य सेवाहरूलाई एकै सचिवको नेतृत्वमा एकीकृत संगठनमा ल्याएको थियो।

त्यसअघि, युद्ध मन्त्रालय, नौसेना र वायुसेना अलग–अलग सञ्चालन भइरहेका थिए।सन् १९४९ मा, राष्ट्रिय सुरक्षा ऐन संशोधन गरी ‘नेशनल मिलिटरी इस्ट्याब्लिशमेन्ट’ को नाम परिवर्तन गरेर ‘डिपार्टमेन्ट अफ डिफेन्स’ (रक्षा मन्त्रालय) राखिएको थियो।

कारण, यसको संक्षिप्त रूप (एनएमई) ‘ईनमी’ (शत्रु) जस्तै सुनिन्थ्यो भन्ने चिन्ता थियो। ट्रम्पको आदेशले हेगसेथलाई नामलाई स्थायी रूपमा ‘युद्ध मन्त्रालय’ मा फर्काउनका लागि विधायिकी र कार्यकारी कार्यबाहीहरूको सिफारिस गर्न निर्देशन दिनेछ।

ट्रम्पले केही महिनादेखि नै यो नामलाई १८औं शताब्दीको स्वरूपमा फर्काउन चाहेको संकेत दिइरहेका थिए। उनले हालको नामलाई पर्याप्त ‘युद्धमुखी’ नभएको भन्दै आलोचना गरेका थिए। पछिल्लो महिनामा ओभल अफिसमा उनले भनेका थिए, ‘युद्ध मन्त्रालयको ध्वनि बलियो थियो र यससँग विश्वयुद्ध प्रथम र द्वितीयमा अमेरिकाले जितेको अद्भुत इतिहास जोडिएको छ।’

उनले थपेका थिए, ‘म केवल रक्षा मात्रै चाहन्नँ। हामीलाई रक्षा चाहिन्छ, तर आक्रमण पनि चाहिन्छ, युद्ध मन्त्रालय हुँदा हामीले सबै जितेका थियौं।’ रक्षामन्त्री हेगसेथलाई ट्रम्पले पहिले नै ‘युद्ध मन्त्री’ भनेर सम्बोधन गरेका थिए । उनी पनि नाम परिवर्तनको बलिया समर्थक हुन्।

उनले गत महिना मन्त्रिपरिषद् बैठकमा यसले मन्त्रालयभित्र ‘योद्धा भाव’ बलियो बनाउन मद्दत गर्ने बताएका थिए । बिहीबार साँझ जर्जियाको फोर्ट बेनिङ भ्रमणपछि वासिङ्टन फर्किँदै गर्दा हेगसेथले नयाँ नामबारे संकेत दिएका थिए। ‘युद्ध मन्त्रालयसँगै यात्रा गर्नुभएकोमा धन्यवाद,’ उनले आफूसँगै रहेका पत्रकारहरूलाई भने।

Tags: #अमेरिकामा रक्षा मन्त्रालय#रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२

विचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट
अपराध

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय

ओलीले सी सँग लिपुलेक बारे बोलेकै हुन्,अडियो र भिडियो नै छ

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

जनतालाई प्रतिबन्ध लगाएर ओली फेसबुकमा सक्रिय, सर्वाेच्चमा रिट

शुक्रबार भदौ २० , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सी ले किन उत्तराधिकारी छानेनन् ?

शुक्रबार भदौ २० , २०८२
सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.