×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

२५ भाद्र २०८२

२५ भदौ , काठमाण्डौ ।

जेनजीहरुको आन्दोलनको प्रमुख निशानमा देशको अग्रणी सुपर मार्केट भाटभटेनी पर्न पुग्यो । आज भन्दा झन्डै ४० वर्ष अघि जहाँबाट भाटभटेनीको सुरु भएको थियो ।

Advertisement

त्यहाँ रहेको सुपर मार्केट सहित देशका धेरै सहरमा रहेका भाटभटेनीका सुपर मार्केटहरू अहिले खण्डहरु बनेका छन् । त्यसको एउटै कारण थियो ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले देखाएको अनावश्यक राजनीतिक रुचि । देशबाट दैनिक रोजगारी नपाएर १० हजार नेपालीहरू खाडीमा रगत र पसिना बगाउन गई रहेका छन् ।

सबै तिर निराशै निराशा भएका बेला पनि अरबौँको लगानी गरेर देशका प्रमुख शहरहरूमा अन्तर्राष्ट्रिय स्तरका सुपर मार्केटहरू खुली रहेका थिए ।

आम नेपालीहरूको मन भाटभटेनीले जित्न सफल भएकै हो । खोटाङको एउटा सामान्य किसान परिवारमा जन्मेर सरकारी जागिर त्यो पनि राष्ट्र बैङ्कको त्यागेर व्यवसाय गर्ने गुरुङको हिम्मत विरलै नेपालीले गर्न सक्छन् ।

तर आज त्यही व्यवसाय माथि चौतर्फी रूपमा हमला मात्र भएको छैन जलेर खरानी भएको छ । त्याहा कार्यरत हजारौं नेपाली बेरोजगार बनेका छन् । यो अवश्य पनि दुख कुरा हो ।

तर यहाँ सञ्चालक गुरुङले राजनीतिक दल र तिनका नेताहरूलाई दिएको चन्दाले जनतामा आक्रोश बढेको हो । आखिर भाटभटेनीका लागि किन आवश्यक थियो पार्टी कार्यालय बनाउने करोडौँको जग्गा एमालेलाई दान दिन ।

उनले सहकारी ठगीमा मुछिएका धनराज गुरुङलाई चन्दा दिन किन आवश्यक थियो ? हुन त उनले डाक्टर भगवान कोइरालाले सुरु गरेको बाल अस्पताललाई पनि ठुलो धन राशि सहयोग गरेका छन् ।

नेपालमा उनीभन्दा अन्य धेरै धनाढ्य भएपनि प्राकृतिक प्रकोप होस् या सामाजिक सहयोग मीनबहादुर नै अग्रणी दानवीर हुन् । तर जनआक्रोश भने नेकपा एमालेको पार्टीलाई कार्यालय भवन बनाउन दिएको जग्गा दान अनि अन्य नेताहरूलाई दिएको चन्दाका कारण बढेको हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

सरकारले व्यवसायीहरूलाई व्यवसाय गर्ने वातावरण बनाइ दिने हो । लगानी मैत्री कानुन निर्माण गर्ने हो अनि व्यवसायीले इमानदारीताका साथ राज्यलाई कर तिर्ने हो त्यो भन्दा बढी उद्योगी, व्यवसायी र सरकारमा रहने बिचको सम्बन्ध आवश्यक छैन।

यहाँ गुरुङले अनावश्यक सम्बन्धमा राजनीतिक दलका नेताहरू राख्न खोज्दा यस्तो अप्रिय घटना हुन पुग्यो । यसले पक्कै पनि नेपालमा व्यवसाय गर्नेहरूलाई पाठ सिकाएको हुनु पर्छ ।

तर जति नै जे भने पनि कुनै पनि व्यवसाय माथिको भौतिक आक्रमण गुणगान योग्य वा क्षम पक्कै पनि हुन सक्दैन । हिजो १० बाई १२ फिटको कोठाबाट काठमाडौँमा गुरुङले सुरु गरेको भाटभटेनी सुपर मार्केट नेपालको सबैभन्दा ठुलो र अग्रणी बन्न सफल भएको छ ।

काठमाडौँ लगायत यसले नेपालका प्रमुख सहरहरूमा दुई दर्जन भन्दा बढी आफ्नो शाखा विस्तार गरी सकेको छ । खोटाङ जिल्लाको सामान्य किसान परिवारमा जन्मे हुर्केका मीनबहादुर गुरुङले नेपाल बैङ्कको स्थायी जागिर छोडेर काठमाडौँको नक्साल नजिकै भाटभटेनीमा ग्रोसरी व्यवसाय सुरु गरेका थिए ।

भाटभटेनीमा २० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ भने करिब ७ हजारले रोजगारी पाएका छन् ।भाटभटेनी आज नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुपर स्टोरका रूपमा स्थापित भई सकेको छ ।

भाटभटेनी सामान खरिदका लागि मात्र नभई पर्यटकीय स्थलका रूपमा समेत चिनिन थालेको थियो । रोजगारीका लागि दैनिक १० हजार नेपाली विदेश गई रहेका बेला भाटभटेनी नेपालकै रोजगारी सिर्जनामा पनि नम्बर वान हुने लक्ष्यका साथ अघि बढी रहेको थियो ।

१०औँ राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागले भाटभटेनी सुपर मार्केटलाई वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मान समेत गरेको थियो ।

वस्तु उत्पादक तथा आपूर्तिकर्ताको लागि पनि भाटभटेनी सुपर मार्केट महत्त्वपूर्ण बजार हो । भाटभटेनीमा २५ सय भन्दा बढी बस्तु आपूर्तिकर्ता छन् ।

त्यसमा करिब ४५० नेपाली सप्लायर्स रहेका छन् ।देशमा निकै लामो समयदेखि उकुसमुकुस थियो । ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन, बेरोजगारी, नेताहरू र उनीहरूका छोराछोरीको भड्किलो जीवनशैलीलाई लिएर जनतामा तीव्र असन्तुष्टि थियो ।

सरकारले तमाम मुद्धाहरुलाई सम्बोधन गर्नुका साटो नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय ग¥यो । त्यसको तिन दिनपछि जेनजी समूहका नाममा आन्दोलन घोषणा भयो ।

भदौ २३ गते काठमाण्डौंको माइतीघर मण्डलामा सुरु भएको प्रदर्शनमा हजारौँ जेनजीहरु स्कुल तथा कलेजको ड्रेसमा सहभागी भए । जुलुस वानेश्वारमा रहेको प्रतिनिधि सभा भवन तर्फ अघि बढ्यो ।

प्रहरीले त्यही बल प्रयोग ग¥यो र १७ जना किशोरहरूको प्रहरीको गोली लागि मृत्यु भयो । त्यसपछि प्रदर्शनले उग्र रूप लियो । यति हुन नपाउँदै विद्रोहको ज्वाला जिल्ला जिल्ला सम्म पुगी सकेको थियो ।

आन्दोलनकै क्रममा इटहरीमा थप दुई जनाको मृत्यु भयो भने ४ सय बढी घाइते भए । यसको आक्रोश भोलिपल्ट भदौ २४ गते सङ्घीय राजधानीमा आन्दोलनकारी हरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू मात्र हैन पुराना दलका नेताहरूमाथि पोखे।

उनीहरूका निवासहरूमा आगजनी भयो । नेताहरू घरघरमा कुटिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मात्र पुगेन हेलिकप्टर चढेर बालुवाटारबाट भाग्नु पर्याे ।

देशको सबै भन्दा ठूलो पार्टी नेपाली काँग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु सहितले आफ्नै निवास बुढानीलकण्ठमा निर्घात कुटिए ।

प्रतिनिधि सभा, सिंहदरबार, बालुवाटार, शीतल निवास, काँग्रेस, एमाले, माओवादी लगायतका पार्टी कार्यालयहरू र अधिकांश सरकारी कार्यालय देशभर निशानामा परे । आगो लगाइयो ।

आन्दोलनको लक्ष्य र उद्देश्य पवित्र होला तर जेनजीमा नाममा भएको भौतिक संरचनाको आगजनी भत्र्सना योग्य बन्न पुगेको छ । यसको दोष राज्य र आन्दोलनकारी दुवैले लिनु पर्छ किन कि अब बन्ने नयाँ संरचना पनि तिनै आम नेपालीले गाँस काटेर तिरेको करले नै बन्ने हो ।

नेपालले विगतका दशकहरूमा असङ्ख्य आन्दोलन देखेको छ। ती आन्दोलनहरू कहिले शासन–सत्ताविरुद्ध, कहिले नीतिविरुद्ध उत्रिएका छन्।

तर, आन्दोलनको स्वरूप जस्तोसुकै भए पनि एउटा साझा त्रुटि देखिन्छ,सार्वजनिक वा निजी भौतिक संरचना तोडफोड र आगजनी। भत्काउन जति सजिलो हुन्छ, तर बनाउन फलामको चिउरा चपाए सरह कठिन हुन्छ।

सडकमा उत्रिएको जनशक्ति र आक्रोशले तत्काल परिवर्तनको बाटो देखाएपनि नष्ट गरिएका भवन, सवारीसाधन वा व्यवसाय फेरि निर्माण गर्न वर्षौँ लाग्छ।

Advertisement

यसबिचमा त्यसको भार आम नागरिकमै पर्छ । जे नहुनु थियो , त्यो भइसक्यो, अब इतिहासमै नकारात्मक रूपमा सम्झिने गल्ती जेनजीका नाममा गर्न हुँदैन।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top